जलविद्युतमा २ अर्ब रूपैयाँ बराबरको साधारणा सेयर निष्काशन हुदै

२०७२ श्रावण ६ गते, बुधबार

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी, सिनर्जी पावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र म्याग्दी ग्रुप पावर लिमिटेडले निकट भविष्यमै सवा २ अर्ब रूपैयाँ बराबरको साधारणा सेयर निष्काशन गर्ने भएका छन् । ति कम्पनीहरुले सेयर निष्काशन अनुमतिका लागि नियामक नेपाल धितोपत्र बोर्डमा अावेदन दिएका छन् । जलविद्युत लगानी तथा विकास कम्पनीले मात्रै २ अर्व रुपैंयाको शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष छ । त्यसैगरी, सिनर्जी पावर कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि ७ करोड रुपैंया बरावरका ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीले पनि पहिलो चरणमा स्थानीय बासिन्दाका लागि ४ करोड ६५ लाख ७१ हजार ४ सय रुपैंया बरावरका ४ लाख ६५ हजार कित्ता शेयर निष्कासनको तयारी गरेको छ ।
त्यसैगरी म्याग्दी गु्रप पावर कम्पनीले पनि ४ करोड ८६ लाख ८६ हजार रुपैंया बरावरका ४ लाख ८६ हजार कित्ता सेयर निष्काशनको तयारी गरेको हो ।कम्पनीका अावेदनलार्इ धितोपत्र बोर्डले प्रक्रियामा लगेको जनाएको छ । चालू अार्थिक वर्षको बजेट भाषणमा सरकारले रेमिटान्सको रकम जलविद्युत क्षेत्रमा लगानी गराउने उदेश्यले रेमिट हाइड्रोको कन्सेप्ट अघि बढाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु