अखिल नेपाल महिला संघ क्रान्तिकारीको सम्मेलन रुपन्देहीमा हुने

२०७२ श्रावण २ गते, शनिबार

काठमाडौँ । देशभरका मुक्तिकामी महिलाहरु रुपन्देहीमा जम्मा हुने भएका छन् । नेकपा माओवादी निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैठौँ राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएको छ । उनीहरु उक्त सम्मेलनमा भाग लिन रुपन्देही आउने भएका छन् । संघको पार्टी महासचिव विप्लवको उपस्थितिमा सम्पन्न केन्द्रीय समितिको बैठकले असोज २० र २१ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । काठमाडौँमा असार २७ र २८ गते बसेको बैठकले सो निर्णय गरेको हो । छैठौँ राष्ट्रिय सम्मेलन आयोजक समितिकी संयोजक बन्दु चन्दले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी बैठकका निर्णय सार्वजनिक गर्दै सो राष्ट्रिय सम्मेलन रुपन्देहीमा गर्ने सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु