सप्तकोसीको पूर्वी तटबन्धमा खतरा

२०७२ असार १८ गते, शुक्रबार

काठमाडौ, १८ असार । सप्तकोसीमा आएको बाढीले पूर्वी तटबन्धमा कटान सुरु गरेपछि कोसी प्रभावित क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण बाढीले पूर्वी तटबन्धतर्फ कटान सुरु गरेको स्थानीयको आरोप छ ।
सप्तकोसीमा आएको बाढीले सुनसरी प्रकाशपुरको २३५२ र २६४० स्परमा बराहक्षेत्र गाविसको पुल्ठे गौडामा कटान सुरु गरेको छ । सप्तकोसीले स्पर नम्बर २३५२ मा धार परिवर्तन गरी पूर्वी तटबन्धतर्फ कटान सुरु गरेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढ्नेक्रम जारी छ । विहीबार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५६ हजार ७ सय ६५ क्युसेक पुगेको थियो । समान्यतयाः सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत मान्निछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु