आजदेखि काठमाडौमा प्लास्टिकको झोला प्रयोग गर्न प्रतिवन्ध

२०७२ बैशाख १ गते, मंगलवार

काठमाडौ, १ बैशाख । सरकारले आजदेखि काठमाडौमा प्लास्टिकको झोला प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । वातावरण मन्त्रालयको अगुवाइमा पहिलो चरणमा उपत्यकामा र दोस्रो चरणमा साउनबाट सबै जिल्लामा प्लास्टिकका भोला प्रतिवध लगाइएको छ । गएको भदौमा संसदको वातावरण संरक्षण समितिले दिएको निर्देशन अनुसार वैशाखदेखि प्लास्टिकका झोला प्रतिबन्ध गर्न लागिएको हो ।
सरकारी नियम अनुसार अव २० इन्च चौडाइ, ३५ इन्च लम्वाइ ४० माइक्रेन भन्दा कम तैल भएको प्लास्टिक उत्पादन गर्न पाइदैन । कुनै व्यक्ति वा संस्थाले उत्पादन गरेर विक्रीवितरण गरे कसुरको मात्रा हेरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिकामा उल्लेख छ । बोक्नेलाई चै कस्तो कारवाही गर्ने निर्देशिकाले बोलेको छैन, तर छलफल भइरहेको छ ।
काठमाडौको कुल फोहरमध्ये झन्डै २५ प्रतिशत प्लास्टिकजन्य फोहर छन् । त्यही फोहोरलाई कम गरेर वाताबरण सफा बनाउन कानुन नै बनाएर प्लाष्टिक प्रतिबन्ध लगाइएको वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल बताउछन ।
आजभन्दा झण्डै ८० बर्षअघि अमेरिकाबाट सुरु भएको प्लाष्टिका झोला प्रयोग गर्ने अभियानमा त्यसको ३० बर्षपछि आइपुगेको थियो । नेपालमा सयभन्दा धेरै कम्पनीले हरेक दिन तीन सय टन भन्दा धेरै त्यस्ता प्लास्टिकका झोला बनाउँछन् । प्लास्टिक उत्पादक संघका अनुसार यो अवधिमा घरमै र उद्योगकै रुपमा प्लास्टिकको झोला बनाउने काममा ५० हजार भन्दा धेरै आवद्ध भइसकेका छन् भने प्लास्टिको प्रयोग झन बढेको छ । विहान काठमाडौमा ¥याली पनि निकालिएको छ ।

प्रतिक्रियाहरु