चीनद्वारा साढे १४ अर्ब सहयोगको घोषणा

२०७१ चैत्र १५ गते, आईतवार

काठमाडौ, १५ चैत ।चीन भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिका लागि ९० करोड आरएमबी १४ अर्ब ५० करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।परराष्ट्र मन्त्रालयका एक अधिकारीले राष्ट्रपति यादवसँगको भेटमा चिनियाँ राष्ट्रपतिले ९० करोड आरएमबी (चिनियाँ मुद्रा) उपहारस्वरुप सहयोग गर्ने घोषणा गरेको जानकारी दिए । ‘यो रकम कोदारी राजमार्गको स्तरोन्नतिका लागि खर्च गर्ने सहमति भएको छ,’ उनले भने ।
यसबाहेक चीनले आगामी पाँच वर्षमा १५ सय नेपाली विद्यार्थीलाई विभन्नि छात्रवृत्ति दिने घोषणा पनि राष्ट्रपति सीले गरे । चीनले नेपाललाई उपलब्ध गराउने सहयोगबारे यसअघि नै नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराएका थिए ।

प्रतिक्रियाहरु