कोमामा गएको विरामीलाई मृत घोषणा गर्ने क्रममा जुरुक्कै उठेपछि..

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौँ । उनी कयौ दिनदेखि कोमामा थिइन् । ‘गुलियन बेरी सिन्ड्रोम’को शिकार भएका कारण उनको शरीरका सबै अंगले काम गर्न बन्द गरिसकेको थियो । उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो ।
उनको बच्ने सम्भावना नदेखिएपछि चिकित्सकहरुले जैनी बोनका श्रीमानसँग सोधे–क अब उनको लाइफ सपोर्ट सिस्टम बन्द गरौं ? यो सुन्ने बित्तिकै मृत ठानिएकी बोन जुरुक्कै उठिन्।
यद्यपि उनका श्रीमानले लाइफ सपोर्ट सिस्टम बन्द गर्न अस्वीकार गरेका थिए । जैनीले भनिन्–मैले मेरा श्रीमनसँग भनेकी थिएँ कि मेरो रोग उपचारहीन भयो र ठिक हुने सम्भावना नरहे मर्न चाहन्छु । सिन्ड्रोमका कारण उनी सुन्न त सक्थिइन् र केही गर्न सक्दिन थिइन् । यसका बावजुद उनले जब श्रीमानसँग लाइफ सपोर्ट सिस्टम हटाउने कुरा गरेको सुनिन् तब उनका श्रीमानले अस्वीकार गरे, तब उनी जुरुक्कै उठिन् ।
जैनीले भनिन्–म रिफ्लेक्ट टेस्टमा पनि कुनै प्रतिक्रिया दिइरहेकी थिइन् । चिकित्सकमा म ठिक हुने कुनै आशा थिएन । दिमागको एउटा ठुलो भाग क्षतिग्रस्त भएको थियो ।
गुलियन बेरी सिन्ड्रोम (जीबीएस) मा अज्ञात भाइरसले नाशामा आक्रमण गरेर विरामीलाई अचानक अपाङ्ग बनाउने गर्दछ। यसले हात, खुट्टा बन्द गरिदिन्छ । बेलायतमा मात्रै हरेक वर्ष करिब १२०० मानिस यस सिन्ड्रोमको शिकार हुने गरेका छन् ।
सरकारी भवनको सर्वे गर्ने जैनीले भनिन्–गत वर्ष १४ मार्चमा उनले खुट्टामा सुई चुमेको महशुस अन्तिम पटक गरेकी थिइन् । उनी सेन्ट्रल लण्डनको टावर ब्लकमा त्यतिबेला एक्लै थिइन् । जब खुट्टामा दुखाई बढ्दै थियो । उनी जसोतसो ट्रेनमा बेडफोर्डशायरस्थित आफ्नो घर पुगिन् । त्यहाँबाट उनलाई अस्पताल लगियो । जहाँ उनलाई गुलियन सिन्ड्रोमको शिकार भएको बताइयो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु