खाए खा नखाए घिँच त हुदैन होला नि ? – श्यामकुमार बुढा

२०७१ फाल्गुन २७ गते, बुधबार

जो ले जे भनेपनि दशवर्ष लडीयो, यो एउटा धुर्व सत्य हो । आज मुलतः नेतृत्वकै गडवडीले गर्दा जनसेना सकियो, रगतले साटीएको हतियार सकियो, जनसत्ता सकियो, पार्टी फुट्यो र आज वचेको पार्टीपनि गुट्जन्य गतिविधीले दिनदिनै रसातल तिर गइरहेको छ । यो देखेपछि आउने आक्रोसलाइ कस्ले छिन्नसक्छ र ? म वाँच्दासम्म म वाहेक ?
अव कुरा रह्यो के गर्ने भन्ने ? म पनि ठ्याक्कै अडकिएको त्यहिँ हो । पार्टीमा संघर्ष गर्ने कुरा विगतमा प्रशस्तै भएकै हुन । मणी थापा, मातृका देखि किरणसम्मको दुइलाइन संघर्ष र पार्टी विभाजनहरु सवैले देखे जानेकै कुरा हो । ती हामी भन्दा धेरै ठुला व्यक्तित्व र प्रभावशाली मानिसहरु थिए । उनीहरुको हालत पनि आज सवैले देखे जानेकै छ । अनि यहि विन्दुमा हामीले गर्ने संघर्षलाइ पनि हेर्न र वुझ्न सकिन्छ । यसर्थ पहिलोकुरा, संघर्ष गर्दापनि यी गत संघर्षहरुको सटिक समिक्षा नगरि संघर्ष गर्नुको कुनै अर्थछैन । दोश्रो, हालसम्मको राजनितिक गतिविधीहरुको समिक्षा नगरि गरिने संघर्षले नयाँ केहि गर्दैन । यी दुइकुराको सटिक समिक्षा र निष्कर्ष आजको खाँचो हो । यो विना कोहिले पनि नयाँ केहि गर्दैनन् । किनकि हामी यहि भुँवरीमा हराएको यहिँ हो ।
पार्टीमा संघर्षको नाममा २÷४ जना वा हजारौं जना तल्लो स्तरका कार्यकर्ताले जे जति संघर्ष गरेपनि नेतृत्वको घौंटो अँध्यारो रहुन्जेल कसैको केहि लाग्ने रहेनछ । जनता फलामे किल्ला भनेको पनि नेतृत्व ठिक हुँदासम्म न रहेछ, त्यस्तै सचेत र संगठित जनतामात्र फलामे किल्ला भन्ने विगतको माओवादी निष्कर्ष पनि नेता नकुहिँदासम्म मात्र रहेछ । जुन कुरा हाम्रै परिवेशको एक्काइसौ सताव्दीको प्रतिक्रान्ति रोक्ने जनसेनाको विघटन हेरे हुने भो भने गत संविधानसभाका दुइ चुनाव हेरे पुग्छ । जनता सचेत भएर के गर्नु नेता कुह्यो भने सवै डुव्डो रहेछ ।
यसर्थ पहिलोः यदि राजनिति गर्नुछ भने नेताले पादेको पनि वसाउँछ भन्दै चाकरी गर । देश दुनियाँ छोड । चाकरीमा निर्लिप्त होउ । यसैमा तिम्रो भलो छ । होइनभने दोश्रो होः अतितमा गरिएको कामप्रति गर्व गर । जहाँ जहाँ छौं त्यहिँवाट अहिलेको पार्टी र नेताप्रति निर्मम आलोचनात्मक रुक अपनाउदै व्यवसायीक कामलाइ जोड देउ । अव अहिल्यै क्रान्तिको तिर्खालाग्यो भनेर हतारोमा दौडदै हिँड्नु राम्रो हँदैन कि ?
म त अचम्म पर्छु बा ! नेतृत्ववाट विगारिएको प्रति आक्रोश व्यक्त गर्नपनि नपाइने । तथापी साथिहरुले मलाइ पार्टीको भित्रिसंघर्षमा भागलिन गरेको आग्रहलाइ सम्मान गर्दछु । तर म व्यक्तिगत रुपमा भने विलकुलै खुसि नै छु । मेरो व्यक्तिगत एवम पारिवारिक समस्याका कारण म अव पार्टीमा वार्किङ एण्ड वाइटिङ डग वनेर काम गर्न सक्दैन, वाच डग चाँहि हुने भएँ । तर जवर्जस्त खाए खा नखाए घिँच त हुदैन होला नि ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु