नारी दिवस र महिला मुक्तिको प्रश्न- पृथीछक बुढा ‘ग्लोभिभोना’

२०७१ फाल्गुन २४ गते, आईतवार

नारी दिवस मार्च ८ मा संसार भरिका महिलाहरुले मनाउदै आइरहेका छन् । त्यो दिवस ८ मार्च २०१५ मा पनि १०५औँ नारी दिवस मनाइने छ । समानताको माग गर्दै मनाउन शुरु गरिएको यो दिवस सन् १९०९ मा सोसलिष्ट पार्टी अफ अमेरिकाले पहिलो पटक २८ फरवरीमा मनाउन शुरु गरेको थियो जुन दिवस अहिले मार्च ८ मा हरेक वर्ष मनाउने गरिन्छ । यो दिन महिलाहरुले बिभिन्न माग राख्दै मनाउदै आइरहेका छन् । महिला दिवसको एक शताब्दीको यो इतिहासमा धेरै दिवसहरु मनाइए अन्ततस् नारीहरु प्रतिको भेदभाब रोकिएको छैन । नारी हिँसाले निरन्तरता नै पाइरहेको छ ।
अझै पनि आधा भन्दा बढी संसार ओगटेको नारीहरु युगौ देखी रक्षात्मक अवस्थाबाट गुज्रिदै आएका छन । मानिसहरुको संख्यामा बहुसंख्याक मानिसहरु नारि नै छन् तर बिचारनिय कुरा यो छ कि यो स्थितिमा पनि नारी किन रक्षात्मक स्थितिमा पुग्यो । नारी जताततै बन्धनमा छ । भनौँ, नारी हरेक तौर तरिकाबाट वन्धन पारीएको छ । जन्मेदेखी मरुन्जेलसम्म कसै न कसैको वन्धनमा पारीएका हुन्छन् । वच्चा हुँदा वावुको वन्धनमा, वावुले विदाई गर्यो, विबाह भयो, लोग्ने मान्छेको वन्धनमा । बृद्द भयो फेरी छोराको वन्धनमा । वन्धन कर्ता फेरिदै जान्छन तर वन्धनवाट कहिले नारी मुक्त हुन सक्दैन, किन त रु एकै उमेरका छोरा छोरी, छोरा अबेला राति घर फर्केर आउछ परिवारले प्रवाह गर्दैन तर छोरी जो अवेला आए भने प्रश्न गरिन्छ, छोरीको जात रात सांझ कहाँ गएकी रु के हो यो जात भनेको रु
घरवाटै शुरु हुन थाल्छ छोरीको शोषण । छोरीले यो गर्नु हुन्छ, यो गर्नु हुन्न । एक पाइला वाहिर गयो । समाजको त्रास । सामाजिक वन्धन । त्यहि पुरुष जो हरेक समय नारीको सौन्दर्य प्रति प्यासी रहन्छ । हो त्यहि समाजले पुरुषको समर्थन र नारीको पाईला पाईलामा भत्सर्ना गरेको छ । उसका हरेक पाइलाको चियो गरेको छ यो समाजले । नारीलाई वोल्न पनि मनाही गरेको छ, पोथी वासेको शुभ हुदैन अरे १११ कति कर्मठ नारीहरु सधै चुलो र चौकोमै जीवन विताए । समाज भित्रको जन्जिर यो कति पीडामय छ । पुरुषहरु एकान्त पाउनु हुन्न, नारीको अस्मिता अतिक्रमण गर्न हमेशा लालांयित हुन्छन । जब नारिको अस्मिता लुटिएर जान्छ जो लुत्नेवालाको समर्थन गर्ने त्यहि समाजले नारीलाई तिरस्कार गर्छ र पुरुष वकाईदाका साथ कुनै अवरोध स्वातन्त्र रुपमा अर्को अतिक्रमको लागि फेरी नारि प्रतिको लालांयित जारि राख्छ ।
समाज, सभा, सम्मेलन, संगठन र चुलो चौको जताततै नारि सुरक्षित छैनन् । असुरक्षित छ नारी, मानौ नारि जंगलको हरिण हो जो भाग्ने काम गरिरहेको छ । पुरुष हिंश्रक जनावर हो जो हरिणलाइ आक्रमण गर्न तल्लिन रहन्छ । स्वातन्त्रताको नारा दिने मान्छेहरु होउ, जबसम्म संसारको आधा भन्दा वढी संख्या भएको नारीहरु,अल्पसंख्याकको रुपमा रहेको पुरुषहरुको मुठ्ठी भन्दा वाहिर आउदैनन तवसम्म वास्तविक रुपमा कहिले स्वतन्त्रताको अनुभूति गर्न सकिने छैन । यो त्यस्तै प्रक्रिया हो, जो ९५ प्रतिशत गरिबहरु, अल्पसंख्याकको रुपमा रहेका मात्र ५ प्रतिसत पुजिवादीहरुको मुठ्ठीमा नियन्त्रण कायम गर्नु हो । यस प्रकारको विसंगति ध्वस्त गर्नको लागि महिला उत्पादन मुलक कार्यहरुमा अग्रसर हुनु पर्छ । महिला यौन पुतली मात्रै हो भन्ने भावना र महिला बच्चा जन्माउने मेसिन मात्रै हो भन्ने कथित मान्यतालाई खतम पार्न नारि आफै जुर्मुराउने हो । पुँजीवादी सामाजिक प्रणालीमा उत्पादन प्रणाली समान स्तरको हुदैन । अब नारि समानताको निम्ति लड्ने हो । समाजका जति पनि अंतर्बिरोधहरु छन् ति अंतर्बिरोधहरु जस्तै जातीय, लिंगीय, धार्मिक र आर्थिक । यी चारै वटा बिधमान असमानता हटाउनको लागि एकले मात्रै पहल कदमी गरेर हुने होइन । यसको चारै हाँगाहरु सक्रिय हुनै पर्दछ । त्यो भनेको वर्गीय अन्तरविरोध समाधान गर्नु नै मुख्य एजेन्डा हो । वर्गीय मुक्ति बिना समाजका बिधमान असमानता खतम पार्न सम्भब हुदैन । त्यसैले आम पिडित महिलाहरु होउ, आफ्नो सामाजिक जन्जिर तोडेर वाहिर आउ र हेर, वाहिर पनि संसार छ । अनुभूति गर । वाहिर अझै खुल्ला संसार छ । संसार तिमीहरुकै हो । वहुमत तिमीहरुकै छ । जित निश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु