एमाले र एमाओवादीको जनवादी हुँकार – भरत दाहाल

२०७१ फाल्गुन २३ गते, शनिबार

अहिलेको दलाल पूँजीवादी राज्य संरचनाभित्र नेपालको संकटको समाधानका कुनै आधारहरू छैनन् । सत्ता जुन वर्गले नियन्त्रण गरेको छ, संकटको दायरा विस्तार पनि त्यसैले गरेको छ । संविधान निर्माण र समाजभित्रका अन्तर्विरोधहरूको समाधानको नारा जसले उरालिरहेको छ, द्वन्दको योजना पनि त्यसैले संगठित गर्दै आएको छ । शान्तिका नाममा विदेशीहरूबाट आयात भैरहेको अपार धनदेखि सहमतिका बहानाममा रातदिन चलिरहेका दलालहरूका बैठकहरूसम्मको सम्पूर्ण ध्यान नेपालको भू–राजनीतिलाई आ–आफ्नो रणनीतिमा उपयोग गर्ने खेलमा केन्द्रित छन् ।
नेपाललाई साम्राज्यवादी बजार रणनीतिको प्रयोगशालाका रूपमा प्रयाग गर्ने योजना दन्तर्गत संकटको पुन?त्पादन र नविकरण भैरहेको छ । नेपालीहरूमा छद्म चेतना निर्माण गरेर भ्रमको पर्दा खडा गर्नका लागि शासन प्रणालीका रूपहरूको नाम परिवर्तन गरिंदै आएको छ । मतदाताहरूलाई विभाजित गरेर कज्याउनका लागि शासक पात्रहरूका चेहराहरू बद्लिएका छन् । तर नेपाल र नेपालीका समस्याहरू त्यहि बिन्दूमा छन्, जहाँबाट यी ६४ बर्ष अगाडि कार्यान्वयन हुने आश्वासन दिईएका थिए । भारतका तात्कालिन प्रधानमन्त्रि जवाहरलाल नेहरूले राणा र कांग्रेसका बीचमा सत्ता साझेदारी गर्न भनेर दिएको मौखिक आदेश (दिल्ली सम्झौता)ले उद्घोष गरेको प्रजातन्त्रको प्रश्न अझैसम्म सुल्झिएको छैन । विपी कोइरालाले सुनाएको समाजवादी नेपालको आधा जनसंख्या खाडीमा कुल्लि भएर जीवन निर्वाह गरिरहेको छ ।
एमाले र एमाओवादीको जनवादी हुँकार ती ग्याङहरू साम्राज्यवादका जगेडा शक्ति मात्र हुन भन्ने तथ्यका रूपमा अनावरण भएको छ । ‘निरङ्कूस राजाहरू’ले खडा गरिदिएका राष्ट्रिय अर्थतन्त्रका संरचनाहरू अब भ्रष्टाचारी नेताहरूका महलका रूपमा दर्शन गर्न सकिन्छ । नेपालीहरूको पकडभित्र न एउटा मूख्य नदि बाँकि छ । मेचीदेखि महाकालिसम्म देखिने झकिझकाउ बजारको मालको ९९ प्रतिसत हिस्सा न नेपाली पूँजीबाट उत्पादन भएको छ । सकृय जनशक्तिको अभावमा कृषि प्रधान देशको एकतिहाइ जमिन बाँझो छ । बाँकि एकतिहाइ जमिन माफियाकरण भैसकेको छ । ६४ बर्षसम्मको कुलिनतन्त्रले घनिभूत रूपमा विकास गरेको एउटै कुरा हो– वर्ग र समुदायहरूका बीचमा आयातित द्वन्दको वातावरण, अन्त्यहिन विभाजनको प्रयास । वर्तमान साम्राज्यवादी माफियातन्त्रबाट देशका समस्याहरू कहिल्यै समाधान हुने छैनन् । दलाल शासकहरूको कसरत संकटको समाधान गर्नु होइन, लोकतन्त्रको खोल ओढेर संकटलाई जनताको एउटा हिस्साबाट अनुमोदन गराउनु हो ।
अन्तर्राष्ट्रिय माफिया वर्गले जब आफ्नो सत्तामा चुनौति आएको महसुस गर्छ वा त्यस्तो चुनौतिलाई छद्म परिवर्तनको आडमा चिर्नुपर्ने आवश्यकता महसुस गर्दछ, तब त्यसले आफ्नो आधारभूत स्वार्थमा धक्का नलाग्ने गरी दलालहरूका बीचमा झगडा परेको स्वाङ पार्न लगाउँछ । फरक फरक मुद्दाहरू उठाउन लगाउँछ । त्यसले प्रदेशका नाम र संख्या, शासकीय स्वरूप, निर्वाचन प्रणाली जस्ता बेतुकका मुद्दाहरूमा दलालहरू भिडाउँछ तर कालापानी, सुस्ता, नदि सम्झौता, बिप्पा आदिमा दलालहरूलाई भिड्न दिँदैन । राष्ट्रिय अर्थतन्त्र माफियाहरूलाई बिक्रि गर्ने कुरामा विवाद गर्न दिँदैन । डार्फर घोटाला काण्डमा एकाध बबुरा पुलिसहरूलाई कार्वाहि गरेको देखाउन लगाएर लोकतन्त्र आवरणको माफियातन्त्रलाई जनताबाट अनुमोदित भएको चटक देखाउन लगाउँछ तर आफ्ना खास एजेन्टहरूलाई आरोपित हुन दिंदैन । लोकतन्त्रका नाममा आज जुन दलियतन्त्र लादिएको छ, यो साम्राज्यवादी तन्त्रलाई जन अनुमोदित देखाउने एउटा कला हो । यसमा दलको नामकरण गरेर ग्याङहरूका पसल खोलिएका हुन्छन् ।
यस्ता ग्याङका मुखियाहरूले लोकतन्त्रका नाममा पागलले झैं वर्वराउने अधिकार पाएका हुन्छन् । चुनावपछि केहि गर्न नसक्ने गरी माफियाका एजेन्टहरूलाई वैधानिकता दिनका लागि मतदाताहरूलाई लाहाछाप हान्ने ‘अधिकार’ दिईएको हुन्छ । कथित रूपमा आफैद्वारा निर्वाचित गराईएका निकायहरूलाई समेत अन्धकारमा राखेर अन्तर्राष्ट्रिय माफिया सरदारहरूको उपस्थितिमा गुमनाम रीसोर्टहरूमा सौदाबाजि हुन्छ, जसलाई दलीय वार्ताको जामाले छोपिन्छ । कमिशनको भाबण्डा पूरा भएपछि सर्वसम्मतिबाट अपर कर्णालि बेचिन्छ र जनतालाई भड्किएर आफ्नै ग्याङका मानिसहरूको लगामभन्दा बाहिर जान नदिन केहि बुख्याँचाहरूलाई संसदमा भिन्न मत राखेर कुर्लन लगाईन्छ । अख्तियारका भ्रष्टहरूले भ्रष्टाचारका धुरी खाँबाहरूका फाईल उडाएर बबुराहरूलाई पक्रँदै र थुन्दै सुशासनको चाहना राख्ने जनताका आँखा आपूmतिर केन्दिीत गराईरहन्छन् ।
यस्ता नानाथरी मायावी दृष्यहरू नेपालीहरूले दशकौंदेखिरूपमा हेर्दै आएका छन् । म?भूमीमा ठोक्किएको सूर्यको किरणले पैदा गर्ने लहरले न कहिल्यै मृगतृष्णा शान्त पार्छ न त त्यो दृष्यबाट हराउँछ । आशै आशमा दर्जन पुस्ताको सास लिईसकेको यो दुश्चक्रको कारण खोतलेर बाटो निश्चित गर्नु बाहेक हाम्रा अगाडि संकटको समाधानको अर्काे कुनै विकल्प छैन । इतिहासमा पटक–पटक अस्विकृत र असफल भएका घटना, विषय र पात्रहरूलाई बोकिरहनु र तथ्यहरूलाई शिक्षाका रूपमा ग्रहण गर्न नसक्नु सबैभन्दा ठूलो मानवीय कमजोरी हो । यस्तो गल्ती पशु जगतमा पनि अपवादका रूपमा देख्न सकिन्छ । साम्राज्यवादले नेपालमा आफ्नो बजारको जुन राजनीति गरिरहेको छ, हामी त्यसैको चक्रब्युहमा फसेका छौं । यहाँ दलहरूको राजनीति न हिंजो थियो, न आज छ, न त भोलि नै हुनेछ । सत्तावादी दलहरू नेपाली जनमतलाई निरपेक्ष रूपमा विभाजन गरेर साम्राज्यवादको सत्तालाई टेको दिने हतियार हुन् ।
चल्तीमा ल्याईएकोे लोकतन्त्र ‘फुटाउ र राज गर’को सिद्धान्तमा आधारित माफियातन्त्रको परिमार्जित संस्करण हो । यसले नेपालीहरूलाई देशका लागि जुट्न नदिने संकल्प बोकेको छ । दलको आवरणमा जनता जुधाएर मार्ने र साम्राज्यवादका एजेन्टहरूलाई एकढिक्का बनाउने नीति यसको अभिष्ट हो भन्ने तथ्य हामीले दशके चटक ९०५२–०६२० पछि आयोजित दिल्ली मिलन समारोह (१२ बुँदे) का रूपमा हेरिसकेका छौं । यो तमासालाई सघाउनु भनेको आफ्नै बधशाला निर्माणको शिल्पकार बन्नु मात्र हो । हाम्रो समस्याको जड स्कूलिङमा छ । पराधिन शासनतन्त्रलाई भरथेग गर्नका लागि २००७ सालपछि जुन प्रकारको ‘स्कूल अफ थट’ यहाँ विकास गरिएको छ, समस्याको मूल यसैभित्र छ ।
यसको सारतत्व हो– ऐजे?वाद । अर्थतन्त्र ऐजे? । माल बजार ऐजे? । राजनीति ऐजे? । शासन प्रणालि ऐजे? । दलहरू ऐजे? । नैतिकता ऐजे? । ऐजे?को कतै जरा हुँदैन । अर्काको आङमा उम्रिन्छ, रस चुसेर अर्कालाई खियाउँछ, आपूmलाई हुर्काउँछ र यसैगरी बर्षैपिच्छे जीवन चलाउँछ । यसले नानाभाँतिका छद्म विचारधाराहरूको कारखाना खोलेर नेपालीहरूलाई फुट्ने दिशामा मलजल ग-यो तर जुट्नका लागि राष्ट्रिय विचारधारालाई उम्रन दिएन । राष्ट्र र जनताको मुद्दालाई कहिल्यै पनि दलहरूको मुद्दा बन्न दिएन । दलका नाममा विभाजित गरिएका हामीहरू राष्ट्रका लागि एकसाथ उभिने जमिन कहाँ छ ? कुन धरातलमा उभिएर हामी संकट समाधानका लागि एकसाथ योगदान गर्न सक्छौं ? परचक्रिहरूको लखेटाईबाट सुरक्षाका लागि देशभक्तहरूलाई ओत दिने साझा छहारी के हो ? षडयन्त्रकारीहरूको चक्रब्युहमा नफस्ने गरी उत्पीडित वर्ग समुदायहरू अघि बढ्न सक्ने बाटो के हो ? यी प्रश्नहरूको जबाफ पराधिन माफिया तन्त्रले दिंदैन । किनभने द्वन्द र अस्थिरताको खाल त्यसको सर्वाेत्तम बजार हो ।
यो खालबाट आजैदेखि निस्कनु पर्छ । राष्ट्र कुनै अमूर्त अवधारणा होइन । यो सार्वभौम इलाकाभित्र बसोबास गर्ने नागरीकहरूको जीवन प्रणालि हो । राष्ट्रलाई खाडीमा कुल्लीको जीवन गुजारिरहेका नेपालीहरूको अस्मिताभित्र परिभाषित गरिनु पर्छ । यो बेरोजगार र सुकुम्बासीहरूको दैनिक जीवनमा देखिनु पर्छ । साम्राज्यवाद र त्यसको राज्य प्रणालिले छेउ किनार लगाएका वर्ग र समुदायहरूको आवाजका रूपमा यो सश्लेषित हुनु पर्छ । यहाँका सबै मौलिक सँस्कृतिहरू राष्ट्रका रूपमा संबोधित हुनु पर्छ । तर यी सबै कामहरूको थालनीको आधारभूत सर्त हो– ‘फुटाउ र शासन गर’को षडयन्त्रमा आधारित साम्राज्यवादी ‘स्कूल अफ थट’को पूर्ण अस्विकृति, पराधिन दलहरूसँग सम्बन्ध विच्छेद र दलाल सत्ताको अन्तेष्ठि । सबैले आपूmलाई राष्ट्रको सार्वभौम अस्तित्वभित्र खोज्नु पर्छ । यो भन्दा बाहिर कसैको अस्तित्व रहने छैन । राष्ट्रको पहिचान रहे मात्र यसका अंगहरूको चिनारी रहन्छ । आमा रहे मात्र सन्तानहरूको संरक्षण हुन सक्दछ । यसका लागि एकीकृत विचारधाराको आवश्यकता छ । यसले नै राष्ट्रिय चरित्रका आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, नैतिक, मनोबैज्ञानिक मूल्यहरूको निर्माणको बाटो खोल्छ र उत्पीडित वर्गसमुदायहरूलाई लडाएर शासन गर्ने साम्राज्यवादी दुश्चक्रको अन्त्य गर्दछ । लोकतन्त्रको आवरणमा साम्राज्यवादले हामीलाई आफ्नो परतन्त्रतिर धकेलिरहेको छ, हामीले राष्ट्रिय–साँस्कृतिक आन्दोलनलाई संगठित गर्नु पर्दछ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु