पानीमाथि दौडिएर विश्व रेकर्ड

२०७१ फाल्गुन ६ गते, बुधबार

काठमाडौँ ।एक जनाले पानीमा ४०० फुटको दौड लगाए । झट्ट सुन्दा तपाईलाई पनि यो खबर पत्यार लाग्ने छैन । तर, तपाईले पत्याउनै पर्दैन यही सत्य हो।उनको यो कारनामा देखेर हेर्नेहरु हेरेको हे-यै भए । चीनका जिलिआंग शाईले पानीमाथि एक वा दुई मिटर होइन, पुरै ४०० फुटसम्म बग्दो पानीमा दौडेर विश्व रेकर्ड कायम गरेका हुन् । यसरी पानीमा दौडिएर विश्व रेकर्ड कायम गर्ने शाखोलिन भिक्षु हुन् ।
यी भिक्षुले पानीमा १ सेमी मोटाई भएको काठको फल्याक राखेर ६ पटकको लगातारको कोशिसपछि यो जोखिमपूर्ण विश्वरेकर्ड कायम गर्न सफल भएका हुन् ।
अझ रोचक कुरा त उनले यसरी अरुको विश्व रेकर्ड तोडेका होइनन्, आफ्नै विश्व रेकर्ड तोडेका हुन् । शाईले सन् २००९ मा पनि पानीमा दौडिएर विश्वरेकर्ड बनाएका थिए । तर, त्यतिबेला उनले ५० फुट मात्र दौडिन सकेका थिए । यो कामका लागि उनले मात्र ४५ सेकेन्ड लिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु