माओबादी एकता अहिलेको आवस्यकता – नबराज सिम्खडा”जिज्ञासु”

२०७१ फाल्गुन ३ गते, आईतवार

फागुन १ अर्थात जनयुद्ध दिवस।समाजमा रहेका गरिब निमुखा सर्बहारा महिला दलित मुश्लिम जनजाती लगायत हेपिएका चेपिएका पिछडिएका उत्पिडित उपेक्षित सिमान्तकृत समुदाय तथा सामाजिक आर्थिक राजनैतिक भौगोलिक एबम बर्गिय रुपबाट बिभेदमा पारिएका समस्त जनताको निम्ति इतिहासको स्वर्णिम दिन तथा त्यही समाजका सामन्ती शोषक दलाल भ्रष्ट निरंकुशबादीहरु पुजिबादी तानाशाह तथा हेपाह चेपाह प्रबृती भएका समाजका ठुला ठालाहरुको निम्ति यो कालो दिन।
जनताको अधिकारको स्थापनाको खातिर जनताद्वारा शाषक बिरुद्ध भौतिक युद्ध सुरु गरेको दिन लाई हामिले जनयुद्ध दिवस भन्छौ त्यो ऐतिहासिक दिन आज हो।आजभन्दा २० बर्ष ९ दिन अगाडि अर्थात २०५२ माघ २१ गते संयुक्त जनाअन्दोलन संघर्ष समितिका सम्योजक डा.बावुराम भट्टराई द्वारा देशमा बिध्यमान विभिन्न शोषण दमनको अन्त्य गर्नुपर्ने लागायत विभिन्न जनजिविका को सवालहरु जोडेर तयार पारिएको ४० बुदे माग पत्र तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाउदा त्यसको कुनै सुनुवाही नभएपछी त्यसको ९ दिन पछि अर्थात आजैका दिनबाट रोल्पा रुकुम सिन्धुली र गोरखा बाट बिधिबत रुपमा जनयुद्धको सुरुवात भएको थियो।
जति बेला नेपालमा जनयुद्द सुरु हदै थियो त्यतिबेला म सानै थिए त्यो के हो कस्तो हो यसको काम के हो के गर्छ माओबादि भनेका कस्ता मान्छे हुन मलाइ केही थाह थिएन।जब माओबादीले जनयुद्ध सुरु गर्यो त्यो बाट म प्रभाबित भए किन कि त्यतिबेला उनिहरुले जनताका पक्ष्यमा काम गरेका थिए चाहे त्यो गाउका गरिब चुस्ने सामन्त लाई कारबाही गरेर होस या चर्को ब्याज मा पैसा लगाउने अनि तिर्न नसक्दा गरिबका लालपुर्जा गायब बनाउने गाउका मुखियालाइ जुत्ताको माला र कालो मुसो दलेर लालपुर्जा फिर्ता गराएर होस।जे भएपनी माओबादिले देश जनताको पक्ष्यमा धेरै राम्रो कामको सुरुवात गरेको थियो जसको कामबाट प्रभाबित भएर हजारौ गरिब निमुखा सर्बहारा दलित महिला जनजाती लगायत सम्भ्रान्त र सामन्तीहरु बाट हेपिएका चेपिएका दवाइएका अनि राज्यबाट विभेद गरिएका सबै जनता माओबादिले शुरु गरेको जनयुद्धमा सामेल भए। देशको आमूल परिबर्तनको लागि,देशमा देखिएको सामाजिक आर्थिक राजनैतिक लगायतका शोषण दमन अन्याय अत्याचार को अन्त्य तथा देशमा बर्गिय मुक्तिको निम्ति आफ्नो प्राण आहुती दिन तयार भए बलिदानी दिए।जसको कारण आज देशमा केही परिबर्तन आएको छ २३८ बर्षे सामन्ती एकात्मक राजतन्त्रको अन्त्य भै गणतन्त्र आएको छ।यो जनयुद्धको एउटा महान उपलब्धी हो।जुन गणतन्त्र ल्याउन सामन्ती एकात्मक राज्यसत्ता भत्काउन बर्गिय बिभेद्को अन्त्य गर्नको निम्ति १७ हजार नेपाल आमाका सन्तानले ज्यान गुमाए हजारौं अझै पनि बेपत्ता छन उनिहरु कहाँ छन के गर्दै छन ज्युदो छन कि मरिसके कुनै अत्तोपत्तो छैन।त्यस्तै हजारौ घाइते अपाङ छन उनिहरुको घरमा बिहान खाए बेलुका के खाउ भन्ने छ्।खान नपाएर अकाल मर्नुपर्ने अवस्था छ।हिजो जनयुद्धमा लागेर शत्रुको नजरबाट बचेका हरु नाफाको जिन्दकी जिएकाहरु अहिले आफ्नो जिविका चलाउनैको निम्ति साउदी कतार दुबही मलेसिया लगायत का ठाउमा कुल्ली समान भै गुलामी गर्न बाध्य छन।यिनिहरुको बिषयमा न राज्यले केही गर्यो न त पार्टिले नै।यो हामी सबैको लागि दुखको कुरा हो।
जनयुद्ध क्रमिक रुपले अगाडि बढ्दै जादै गर्दा ज्ञानेन्द्रले कु गरि लात हानेपछी बाच्ने आधार खोजिरहेका तत्कालीन सात राजनैतिक दल र माओबादिबिचको सहमतिले देशमा सामन्ती राजतन्त्रको अन्त्त भयो गणतन्त्र आयो।जब उत्साह उमंग र खुसियालिका साथ देशमा गणतन्त्र आयो त्यसबाट सबै भन्दा बढी खुसी तिनै माओबादिहरु भएका थिए तिनै परिबर्तनका निम्ति बलिदानी दिन तत्पर भएका योद्धाहरु भएका थिय तिनै गरिब निमुखा सर्बहारा हरु उत्पीडित उपेक्षित पिछडिएका बर्ग भएका थिए किन कि उनिहरमा ठूलो आशा थियो अब हाम्रो बर्ग ले देशको शासन गर्छ गरिबका नेताले देश चलाउछन गरिबका हरेक समस्या समाधान गर्न तयार हुनेछन हाम्रो दुखका दिन गए।
तर बिडम्बना जे सोचेर जनयुद्ध सुरु गरिएको थियो जे उदेश्य थियो जुन लक्ष्य थियो त्यो सबै पूरा हुन त सकेनन।जनताले चाहेको जस्तो परिबर्तन हुन सकेन त्यो आफैमा दुखको कुरा हो।सबै उदेश्य पूरा नभएपनी केही परिबर्तनका पक्कै भएको हो।तर त्यत्रो जनयुद्ध जनआन्दोलनबाट प्राप्त केही महत्वपूर्ण उपलब्धिहरु आज फेरि धरापमा परेका छन हिजो परिबर्तनका निम्ति लड्नेहरु बलिदानी दिनेहरु आफ्ना सारा स्वार्थ त्यागेर जनताको मुक्तिको निम्ति लाग्नेहरु आज टुक्रटुक्रामा बिभाजित भएका छन।यो एउटा अतिनै दुखको कुरा हो।जुन फुट र आन्तरिक द्वन्दको फाइदा उठाउदै हिजो परिबर्तनका बिरुद्धमा उत्रनेहरु शाशकहरुको पृष्ठपोषको काम गर्नेहरु जनयुद्ध दबाउन कम्मर कसेर लाग्नेहरु आज यो देशको मालिक बनेर ती तमाम योद्धाहरुको बलिदानिबाट प्राप्त गणतन्त्र धर्मनिरपेक्षता समाबेशिता लगायतका परिबर्तनका एजेन्डाहरुलाइ सिध्याएर फेरि देशमा उहीँ पुरानै एकात्मक निरंकुश तानाशाहि शाशन्सत्ता स्थापना गरि नया राजा बन्ने प्रयत्न गरिरहेका छन।जुन परिबर्तनकारी जनताको निम्ति सबैभन्दा ठुलो दुखको कुरा हो।
त्यसैले परिबर्तनबिरोधिहरुको षड्यन्त्रलाई चिर्न असफल पार्न प्राप्त उपलब्धिको रक्षा गर्नको निम्ति सारा क्रान्तिकारी एकजुट हुनु अहिलेको आवस्यकता हो।एकतामा नै शक्ति हुन्छ भन्ने कुरा हामिले बुझिसकेका छौ र फुटबाट सफल हुन सकिँदैन भन्ने कुरा पनि जानिसक्यौ यो भन्दा धेरै जान्न जरुरी छैन।हिजो हामी एक थियौ लक्ष्य एउटै थियो उदेश्य एउटै थियो सङ्गै मर्ने र बाच्ने कसम खाएका थियौ आफ्ना सारा स्वार्थ छाडेर तन मन र बचनले बर्गिय मुक्तिलाइ शिरोपार्य गरेर ज्यानको प्रवाह नगरी बर्ग बैरिबिरुद्ध जाइ लागेका थियौ र न हामीले यति उपलब्धी हासिल गरेका थियौ।त्यसैले मित्रहरु आउनुस अझै पनि एकजुट हुन प्रयत्न गरौ।आफ्ना स्वार्थ त्याग्ने प्रयत्न गरौ सबैले आफ्नो गल्तिलाइ स्विकार्दै फेरि जनतामा जाने प्रयत्न गरौ र उपलब्धिको रक्षा निम्ति तिनै जनता सामु गुहार मागौ र जनताको निम्ति फेरि लड्ने प्रतिबद्दता गरौ।यदि हामिहरु अझैपनी मिल्न नसक्ने हो भने एक हुन नसक्ने हो भने यसरी नै एक्लै एक्लै हिडिरहने हो भने तपसी हामि त सकिन्छौ नै त्यत्रो बलिदानीबाट प्राप्त उपलब्धी पनि सिद्धिने निश्चित छ।त्यसैले बेलैमा सोचौ र गम्भीर बनौ प्रबासबाट आग्रह गर्न चाहन्छु।लाल सलाम। – सल्लाहकार सदस्य नेपाली जनप्रगतिशिल मंच कतार

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु