नाकले टाइप गरेर कीर्तिमान

२०७१ पुष १६ गते, बुधबार

काठमाडौँ । भारत हैदराबाद निवासी मोहम्मद खुर्सिद हुसेनले नाकले सबैभन्दा छिटो टाइप गर्न सक्ने व्यक्तिको उपाधि पाएका छन् । हुसेनले ४७.४४ सेकेन्डमा एक सय तीन शब्द टाइप गरेर विश्वकीर्तिमान बनाएका हुन् । गिनिज वल्र्ड रेकर्डले उनलाई कीर्तिमान उपलब्ध गराएको हो ।
दुवै हात पछाडि बाँधेर उनलाई टाइप गर्न भनिएको थियो । ‘गिनिज वल्र्ड रेकर्डले मलाई आफ्नो नाकले जतिसक्दो छिटो यो वाक्य टाइप गर्न चुनौती दिएको छ,’ उनले टाइप गरेका थिए । यसअघि यति शब्द टाइप एक मिनेट ३३ सेकेन्डमा भएको थियो । साथै यही वाक्य औँलाले ३.४३ सेकेन्डमा टाइप गरेर उनले अर्को कीर्तिमानसमेत बनाएका छन् ।
नाकले सकेसम्म छिटो टाइप गर्न उनले विगत तीन वर्षदेखि निरन्तर अभ्यास गर्दै आएका थिए । हरेक दिन उनी ६ घन्टा नाकले टाइप गर्ने अभ्यास गर्थे ।‘मजस्तै रेकर्ड बनाउन चाहनेले निरन्तर अभ्यास गर्नुपर्छ । हरेक दिन कति मिलिसेकेन्ड छिटो भइएको छ भन्ने याद गर्नुपर्छ र धैर्य राख्नुपर्छ,’ उनले भने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु