गुरुकुल बन्द तीन सय विद्यार्थीको बिचल्ली

२०७१ पुष १ गते, मंगलवार

काठमाडौ, १ पुस। गुरुकुल नेसनल उमाविका तीन सय विद्यार्थी बिचल्लीमा परेका छन् । शिक्षक र सञ्चालकबीचको झगडाका कारण महिनौंदेखि कलेजमा पढाइ हुन सकेको छैन,विद्यार्थीहरु अन्यत्र पनि स्थानान्तरण हुन पाएका छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्ले गुरुकुल बन्द गर्ने निर्णय गरेको छ ।
दुई वर्षदेखि तलब नपाएपछि शिक्षकहरुले यसै शैक्षिक सत्रदेखि पढाउन छाडेका थिए । लामो समयदेखि अध्यापन नगराएर विद्यार्थीको विचल्ली बनाएको भन्दै परिषद्ले कलेज बन्द गर्ने निर्णय गरेको हो ।
सञ्चालकहरुलाई पक्राउ गर्नुपर्ने र आफूहरुले पढ्न पाउने वातावरण बनाउन आग्रह गर्दै विद्यार्थीहरुले बुधबार परिषद्मा निवेदन दिएका थिए । परिषद्ले बुधबार र बिहीबार कलेज अनुगमन गरेको थियो । विद्यार्थीको विचल्ली भएको विषयमा परिषद्ले शुक्रबार कलेजका प्रिन्सिपललाई नै बोलाएर छलफलसमेत गराएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार