संविधानसभा तुरुन्त खारेज गर : गजुरेल

२०७१ मंसिर १८ गते, बिहीबार

काठमाडौं । नेकपा – माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संबिधानसभा तुरुन्त खारेज गरि राष्ट्रिय सभा गठन गरिनुपर्ने बताएका छन् ।
नेकपा–माओवादी सुनसरीले इटहरीको पार्टी कार्यालयमा बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी उपाध्यक्ष गजुरेलले यस्तो बताएका हुन् ।पार्टीका कोचीला इञ्चार्ज र केही केन्द्रिय सदस्यहरु सहित इटहरी आएका माओवादी उपाध्यक्ष गजुरेलले अहिलेको संबिधानसभा प्रतिगामी तत्वहरुको हातमा परेको हुँदा जनताले चाहेको र तिनीहरु आफैले तोकेको मितीमा संविधान जारी नहुने समेत दावी गरे ।उनले संविधानसभा तुरुन्त बिघठन गरी राष्ट्रिय सभा गठन गरीनु पर्ने अन्यथा मुलुकमा आन्दोलनको आधीवेरी ल्याउने चेतावनी दिए ।
माओवादी उपाध्यक्ष गजुरेल राष्ट्रिय सभा गठन पश्चात आफुहरुपनि त्यसमा सामेल भई सबै दल मिलेर संविधान निर्माण प्रक्रियाबारे छलफल गर्न सहमत जनाउने नत्र संविधानवाहिर बसेर आन्दोलन मच्चाउने चेतावनी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु