माओवादीको पत्रकार सम्मेलन नाचघरमा

२०७१ मंसिर १५ गते, सोमबार


काठमाडौं, १५ मंसिर ।नेकपा माओवादीले अपरान्ह १ बजे रास्ट्रीय नाचघर जमलमा पत्रकार सम्मेलन गर्ने भएको छ । चितवनमा भएको भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेपछि विस्तृत कार्ययोजना, नयाँ पार्टीको संगठनात्मक प्रस्ताव र भावी योजना पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागिएको हो । केही दिन अघि भएको केन्द्रीय समितिको बैठकको निर्णयहरु आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको जनाइएको छ । त्यसका लागि राष्ट्रिय नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेता खड्गबहादुर विश्वकर्माले बताए । पार्टीको नाम वैद्य अध्यक्ष रहेको नेकपा माओवादीमा रहेको ड्यास र मातृका यादव नेतृत्वको नेकपा माओवादीमा रहेको जस्तो कोष्ट नभएको नेकपा माओवादी राख्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु