माओवादीलाई मातृकाको शुभकामना

२०७१ मंसिर १४ गते, आईतवार


काठमाडौँ । नेकपा (माओवादी) का संयोजक मातृका यादवले नयाँ पार्टी गठन गरेका नेक्रविक्रम चन्द ‘विप्लव’ लाई शुभकामना दिएका छन् ।
उनले आफूहरुले गर्न नसकेको काम विप्लवले गर्न खोजेको भन्दै शुभकामना दिए । ‘हामीले गर्न नसेकेको काम उहाँले गर्न खोज्नुभएको छ’, यादवले भने, ‘कम्युनिष्टहरुमा अरुको विरोधमा रमाउने प्रवृत्ति हुन्छ, तर म विप्लवजीलाई शुभकामना दिन्छु ।’
यद्यपि विप्लवले भने जसरी क्रान्ति गर्न सजिलो नभएको यादवको भनाइ छ ।अहिले सशस्त्र संघर्षभन्दा माओवादीधारका कम्युनिष्टहरुबीच कार्यगत एकता वा एकतामार्फत क्रान्तिकारी धार निर्माण गरी जनआन्दोलन गर्ने समय भएको उनले बताए ।
विप्लवको चाहना पत्रिवै भए पनि एमाओवादी र नेकपा–माओवादीमा प्रदूषित भइसकेका मानिसहरुको जमात लिएर हिंडेकाले क्रान्ति हुनेमा आशंका गरे ।
‘एमाओवादी र ‘किरण’ दाईको पार्टीमा प्रदूषित भएर गन्हाएका मानिसहरु त्यहाँ छन्’, यादवले भने, ‘ठूलो वैचारिक र व्यवहारिक रुपान्तरणबिना विप्लवजी अगाडि बढ्न सक्नुहोला जस्तो लाग्दैन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु