मोदी भ्रमण कति सफल कति असफल – रामशरण न्यौपाने

२०७१ श्रावण २२ गते, बिहीबार


प्रारम्भः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुइ दिने नेपाल भ्रमणलाई यहाँका ठूला संसदवादी भन्ने राजनीतिक पार्टीले यो भ्रमण ऐतिहासिक र उपलब्धी भयो भनिरहेका छन् । भने केही साना पार्टी र र्सवसाधारण जनताले यो भ्रमण नेपाललाई दोस्रो सिक्किम बनाउने दिशातिर उन्मुख छ भनिरहेछन् । मोदीको नेपाल भ्रमण केका लागि थियो – र यहाँ मोदी आइसकेपछि के-के भयो – भन्ने कुरा त सबै बाहिर आइसकेकै छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमण विशेषतः नेपालको जलस्रोतमाथि हस्तक्षेपको लागि थियो । किनकि उसले यहाँ आइसकेपछि नेपाली राजनीतिक पार्टी र तिनका नेताहरुलाई रिझाउनका लागि संविधानसभामा गरिएको सम्बोधनले नै प्रस्ट देखाउँछ । बोल्ने क्रममा मोदीले के भनेका छन् भने बुद्ध नेपालमै जन्मेका हुन् ।’ यो कुरा आज मोदिले भन्नु पर्दैन । नेपाली जनतालाई थाहा भएकै कुरा हो । अर्को कुरा नेपालको संविधान नेपालीले नै बनाउने कुरा यो पनि नेपालीलाई थाहा भएकै कुरा हो । यस्ता किसिमका कुरा गरेर मोदीले नेपाली नेताहरुलाई रिझाउन खोजेको कुरा प्रस्ट देखिन्छ । दूइ दिने मोदीको नेपाल भ्रमण सकिन लाग्दा यो भ्रमणलाई भारतिय विदेश मन्त्रालयले नयाँ युगको सुरुवात गरेको भन्दै फोरँसी’को सिद्धान्तको रुपमा लिएका छन् जसमा ँको-अपरेसन -सहकार्य)’, कनेक्टिभिटि -सर्म्पर्क)’, कल्चर -संस्कृति)’, कन्स्िटच्युसन -संविधान)’ का क्षेत्रमा मदत गर्ने भनेका छन् । कोअपरेसन अर्न्तर्गत मोदिले नेपाललाई आफ्नो पोल्टामा पार्न उसले १ खर्ब सहुलियत ऋृण दिने घोषणा पनि गरेको छ भने पञ्चेश्वर विकास प्राधिकरण गठन तथा एकवर्षभत्र डीपीआर तयार पार्ने र माथिल्लो कर्णालीको विकास परियोजना सम्झौता ४५ दिनभित्र गर्ने गरी दुइ देशका प्रधानमन्त्री स्तरीय बैठकमा हस्ताक्षर गरिएको छ । त्यस्तै दोस्रो कनेक्टिभिटी अर्न्तर्गत पश्चिम नेपाल र भारतको उत्तर प्रदेश तथा दिल्लीलाई जोड्न महाकालीमा मोटर गुड्ने पुल बनाउने घोषणा र हुलाकी मार्गको दोस्रो फेज १ वर्षभत्र बनाइसक्ने योजना रहेका छन । तेस्रो संस्कृति अर्न्तर्गत नेपालको प्रमुख धार्मिक स्थल पशुपतिनाथ मन्दिरलाई २५ क्वीन्टल सेतो चन्दन उपहार, धर्मशाला निर्माणमा सहयोगको घोषणा, पाशुपत क्षेत्रको उत्खनन तथा संरक्षणका लागि २५ करोड भारु सहयोग गर्ने र लुम्बिनी तथा जनकपुरको विकासका लागि नेपालले अघि सार्ने प्रस्तावमा सहयोग गर्ने घोषणा गरेका छन् । चौंथोमा संविधान निर्माणमा सबै राजनीतिक दलका नेता र सरकारलाई विशेष मन्त्रण गरेका छन् । सबै दललाई पार्टीीदा माथि उठेर देशबारे सोच्न र सबैले अपनत्व महशुस गर्ने संविधान बनाउन जोड दिएका छन् ।
मोदी नेपाल आइसकेपछि के-के भयो त ?
दुबै देशका प्रधानमन्त्रीले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको आयोजना विकास सम्झौता -पिडिए)का लागि लगानी बोर्ड नेपाल र ग्रान्धी मल्लिकार्जुन राव -जिएमआर) समूहलाई छलफल गरी ४५ दिनभित्र निश्कर्षा पुग्न र ऊर्जा क्षेत्र व्यापार सम्झौताका कार्य पनि सोही अवधिभित्र पुरा गर्न निर्देशन दिएका छन् । दुबै देशका प्रधानमन्त्रीले उक्त क्षमता र आकारका आयोजनाहरुको विकास नेपालको विकासका मुख्य माध्यम बन्नेमा जोड दिंदै अरुण तेस्रो, माथिल्लो मस्याङ्दी र तामाकोशी तेस्रो आयोजनाको पिडिए सम्बन्धी काम पनि चाँडो निष्कर्षा पुर्याउनु पर्ने चाहना गरेका छन् ।
सिमाको सम्बन्धमा कालापानी, सुस्तालगायतको नेपाल-भारत सीमासम्बन्धी निरूपण गर्न बाँकी रहेका प्रमुख विषय समाधान गर्नुपर्नेमा दुबै प्रधानमन्त्रीले जोड दिंदै नेपाल-भारत संयुक्त आयोगको हालै सम्पन्न तेस्रो बैठकले परराष्ट्र सचिव स्तरिय सीमा कार्यदल गठन गरी सीमास्तम्भ निर्माण, पुनःस्थापना, सम्भारका साथै दशगजा क्षेत्रको निक्र्योल र अन्य प्राविधिक कार्य सम्पादन गर्ने निर्ण्राो स्वागत गरेको छ ।
दुबै देशका प्रधानमन्त्रीबीच पन्चेश्वर विकास प्राधिकरण छ महिनाभित्र स्थापना गर्न र पञ्चेश्वर विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन -डिपिआर)लाई अन्तिम रुप दिई एक वर्षभत्र आयोजना कार्यान्वयनको सहमती गरेका छन् । भारतीय पक्षले सहमती भएका ९८ प्रतिशत स्टिप म्याप’ मा चााडो हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका छन् ।
पेट्रोलियम पदार्थको ढुवानीमा सहजीकरणका लागि पहिलो चरण अर्न्तर्गत रक्सौल-अम्लेखगञ्ज पाइपलाइन निर्माण र दोस्रो चरणमा काठमाडौंसम्म विस्तार गर्न भारत सरकार सहमत भएको छ ।
त्यसैगरी नेपाल सरकारले पहिचान गरी प्राथमिकतामा राखेका पूवाधार विकास तथा उर्जा योजना परियोजना कार्यान्वयनका लागि भारत सरकारले एक अर्ब अमेरिकी डलर सहुलीयतपूण् ऋण उपलब्ध गराउने घोषणा गर्नुका साथै भारतीय प्राविधिक तथा आर्थिक सहयोग -आइटिइसी) र कोलम्बो प्लान अर्न्तर्गत हाल प्रदान गरिदै आएको क्षात्रवृत्तिको संख्यालाई एकसय ८० बाट दुइसय ५० पुर्याएको घोषणा गरेको छ । नेपाल-भारत मैत्री शिक्षा कार्यक्रम अर्न्तर्गत भारतले त्यहाँका प्रशिद्ध बनारस, कोलकत्ता र दिल्ली विश्वविद्यालयमा स्नातकोपाधी हासिल नगरेका विद्यार्थीलाई अल्पकालिन शिक्षा तथा भ्रमणका अवसर उपलब्ध गराउने भएको छ ।
दुबै प्रधानमन्त्रीले संयुक्त आयोगको बैठकमा सहमति भएअनुसार सिमापार प्रशारण लाइन विकासको काम दु्त गतिमा अघि बढाउन सम्बन्धीत अधिकारीहरुलाई निर्देशन दिनुभएको छ भने दुबै पक्षले बाढी र डुबानजस्ता समस्या सम्बोधनका लागि समन्वय एवम् परामर्श गर्न सहमति जनाएका छन् ।
कोशी टप्पु नहर, कोशी पश्चिम नहर र गण्डक नहर पद्धतिको पुस्थापनाका साथै अतिरिक्त नेपाली भूमिमा सिँचाई सेवा पुर्याउन ँलिफ्ट सिस्टम’मा रुपान्तरण गर्न भारत सहमत भएको छ । उक्त परियोजनासम्बन्धी विस्तृत विवरण नेपाली पक्षले भारतलाई उपलब्ध गराउने छ ।
महेन्द्रनगर भएर बग्ने महाकाली नदीमा मोटर सञ्चालन हुने बहुपथिय ठूलो पुल निर्माणका निम्ति भारतले सहयोगको सुनिश्चितता गरेको छ भने सिमा नाका दार्जुला र झुलाघाटमा सवारीसाधन सञ्चालन योग्य पुल बनाइदिन नेपाल सरकारले गरेको अनुरोधप्रति भारतीय पक्षबाट सकारात्मक जवाफ आएको पनि सो वक्तव्यमा उल्लेख छ ।
ँमध्यपहाडी लोकमार्ग अर्न्तर्गत पूर्वि खण्ड -चिवाभञ्ज्याङ-गणेशचोक ६१ किलोमिटर, जोरसल-तमोर-सङ्क्रान्ति ३७ किलोमिटर, सङ्क्रान्ति-म्याङलुङ ६८ किलोमिटर, भोजपुर-दिक्तेल ८८ किलोमिटर, हलेसी-हिलेपानी ४० किलोमिटर र घर्ुर्मि-खुर्कोट ६० किलोमिटर) पूरा गर्न सरकारले गरेको अनुरोधप्रति भारतले सकारात्मक जवाफ दिएको छ’ – बव्यव्यमा भनिएको छ ।
प्ोखरा-भैरहवा र लखनउबीच प्रत्यक्ष हवाई सर्म्पर्क कायम गर्न नेपालले जनकपुर, भैरहवा र नेपालगञ्जमाथिको आकाश भएर नेपाल प्रवेश गर्ने तीन अतिरिक्त हवाई बिन्दुको अनुमतिका लागि अनुरोध गरेको र दुवै मुलुकका प्रधानमन्त्री नेपालको अनुरोधका साथै हवाई सेवा सम्झौतासम्बन्धी विषयहरु समाधान गर्न दुवै देशका अधिकारीहरुलाई आगामी छ महिनाभित्र बैठक गर्न निर्देशन दिनुभएको छ ।
नेपालको अत्यधिक महत्वपूण पारवहन अधिकार स्वीकार गर्दै दुबै देशका प्रधानमन्त्रीले पारवहन प्रक्रिया सरलीकरणका साथै पारवहन बिन्दूमा रहेका वाहनहरुको शीघ्र आवागमनमा सहजीकरण गर्न पारवहन सन्धिको मर्म अनुसार आवश्यक उपाय अवलम्बन गर्न सहमती जनाउनुभएको छ । उहाँहरुले चाँडोभन्दा चाँडो वाहनान्तरणका ढाँचालाई अन्तिम रूप दिई त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
नेपालले व्यहोर्नुपरेको भारतसँगको व्यापार घाटाबारे नेपाली पक्षले उठाएका विषयलाई सम्बोधन गर्न प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि, कृषि उत्पादनमा स्यानीटरी एन्ड फोटोस्यानिटरी -एसपिएस) मापदण्ड र गैरभन्सार अवरोध छुट, कृषि उत्पादनको विकासमा सहयोग, नेपाली मालसामानलाई भन्साररहित भारतीय बजारमा पहुँच उपलब्ध गराउन उत्पत्तिको प्रमाणसम्बन्धी प्रावधानमा लचकता अपनाउनुपर्नेमा नेपाल सरकारले जोड दिएको छ ।
भारतले नेपाली तयारी पोशाक, तामा, पित्तलका भाँडावतृन र कत्थामा प्रतिकारी महसुल -सिभिडी) लगाउँदा भारततर्फो निकासीमा समस्या भएकाले त्यो हटाउन नेपाल सरकारले अनुरोध गर्नुका साथै वनस्पती घिउ, तामाजन्य उत्पादन, एके्रलिक यार्न र जिङ्क अक्साइडमा लगाइएको परिमाणात्मक बन्देज हटाउन पनि आग्रह गरेको थियो । नेपालको उक्त अनुरोधप्रति भारतले सकारात्मक जवाफ दिंदै नेपालको व्यापार असन्तुलन घटाउने सबैभन्दा उपयुक्त माध्यम जलविद्युत विकास र यहाँ उपभोग गरेर बचेको बिजुली भारत निर्यात हुने सुझाव दिएको वक्तव्यमा उल्लेख रहेको छ ।
मोदी भ्रमणबारे धेरैथरी विश्लेषण
भारतीय प्रधानमन्त्रीको दर्ुइ दिने नेपाल भ्रमणलाई राष्ट्रिय तथा अन्तर्रराट्रय सञ्चार माध्यमले अति महत्वका साथ कभरेज’ गरे । यसमा सबैभन्दा बढि चीनका सञ्चार माध्यम देखिए भने भारतका केही सञ्चार माध्यम सकारात्मक देखिए पनि केहीले मोदीको आलोचना पनि गरेका छन् । मोदीको भ्रमणलाई भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डीया’ले मोदीको भाषणमा नेपाली भाषको प्रयोगले नेपालीको मन जित्न सफल भएको उल्लेख गरेको छ ।द हिन्दुस्तान टाइम्स’ले सन् १९९० मा संसदीय व्यवस्थाको पुनस्थापना भएपछि कुनै विदेशी सरकार प्रमुखले नेपालको संसदमा सम्बोधन गरेको पहिलो अवसर भन्दै यसले दुबै छिमेकी राष्ट्रको सम्बन्धमा विषयवस्तुलाई छोएको कुरा लेखिएको छ । ँनवभारत टाइम्सले मोदीले प्रोटोकल तोडेर पूवनिर्धारित कार्यक्रमबिना नै र्सवसाधारणसँम्ग हात मिलाएको र कुराकानी गरेको ल्लेख गरेको छ । पत्रिकाको अगाडि लेखिएको छ मोदिले बाटोमा हिँड्दा र्सवसाधारण जनताको मन जित्न हात मिलाउँदै हिँड्नाले सुरक्षाकर्मीलाई हैरानी बनाए ।
चिनियाँ सरकारी सञ्चार माध्यमले मोदी भ्रमणलाई अभिरुचीपूवृक हेरेको देखिएको छ । सरकारी समाचार एजेन्सी सिन्हाले मोदी भ्रमण नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ दिा दिने दुलभ मौका र नयाँ मोडका रुपमा हेरेको उल्लेख छ । सिँहा अगाडी लेख्नुहुन्छ – नयाँ दिल्लीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यको उम्मेदवारीमा नेपालबाट र्समर्थनको अपेक्षा राखेको छ ।’
चिनियाँ पत्रिका ँचाइना डेली’ले भारतीय प्रधानमन्त्रीको दुइदिने नेपाल भ्रमणलाई जलस्रोतमाथि गुमेको आफ्नो वर्चश्व पुनः प्राप्त गर्ने तिर उल्लेख छ । चाइना डेलीको अगाडी पृष्ठमा ँनयाँदिल्लीले यहाँको अपार जलस्रोतमा भारतीय लगानीका लागि प्रोत्साहित गर्न धेरै वर्षखर्च गर्यो तर भारत र नेपालका संयुक्त परियोजना नेपालको र्सार्वभौमसत्तामाथि हुनसक्ने खतराको कारण देखाउँदै रोकिएका छन् र उक्त खाली ठाउँमा चीनलाई अनुमति दिइरहेको छ ।’
प|mान्सेली समाचार संस्था एएफपीले मोदीको भ्रमणको मुख्य एजेन्डा उर्जा सहमतीहरुलाई गथि दिनु नै हो भने यो क्षेत्रमा प्रतिद्वन्द्वी चीनको प्रभावलाई काउन्टर दिन केन्द्रित रहेको उल्लेख गरेको छ । उक्त समाचारमा के भनिएको छ भने ँभारतका दक्षिणपन्थी राष्ट्रवादी नेता मोदी गत मेमा शक्तिमा आएपछि यो क्षेत्रमा चीनको बोलवालालाई कम गर्न नेपालबाट र्समर्थन खोजिरहेका छन ।’ एएफपीको यो समाचचार आइसकेपछि यसलाई अन्तर्रराट्रय अरु बहुचर्चीत सञ्चार माध्यमहरुले पनि यसलाई प्रशारण गरिरहेका छन् । न्युयोर्क टाइम्समा गार्डीर हृयारिस ँभारतीय प्रमको भ्रमणबाट नेपाल मन्त्रमुग्ध’ शिर्षको समाचारमा लेख्छन् -मोदीको आर्थिक विकास र सुशासनको अभियानको सन्देश नेपालमा जोडदार रूपमा प्रतिध्वनित भयो । यी दुबैबाट यो देश दशकौंसम्म वञ्चित थियो ।’
अमेरिका पत्रिका द वाल स्टिट जर्नल’ले मोदीले घोषणा गरेको एक अर्ब अमेरिकी डलरबराबरको सहुलीयतपूण ऋणको उल्लेख गर्दै यसलाई दक्षिण एसियामा आफ्नो क्षेत्रीय शक्ति पुनस्थापित गर्ने प्रयास भएको बताएको छ । पछिल्लो समय नेपालमा चिनको प्रभाव बढेको उल्लेख गर्दै जर्नलले अगाडी लेखेको छ – ँसिमा विवाद तथा नीतिमाथि विविध द्वन्द्वका कारण पछिल्लो समय यो क्षेत्रमा भारतका केही सम्बन्ध तिक्त भएका छन् । यति नै बेला चीनले भने श्रीलंका, पाकिस्तान तथा बंगलादेशमा बनदरगाह तथा नेपालमा जलविद्युत आयोजनामा लगानी गरेर आफ्नो प्रभाव बढाएको छ ।
बेलायती समाचार संस्था रोयर्टसले मोदीको भ्रमण क्षेत्रीय कुटनीतिलाई अघि बढाउन केन्द्रित भएको उल्लेख गरेको छ । रोयर्टसले लेखेको छ – प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै मोदीले यो क्षेत्रमा साना देशसँगको र्समर्थन हासिल प्रयत्न गर्ने कोसिस गरिरहेका छन् । द इकोनोमिक्स टाइम्स’ले प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणले उनको सरकारको फोकस छिमेकीहरुप्रति उजागर रहेको कुरा उल्लेख गरेको छ ।
मोदी भ्रमणबारे दलका नेताहरुको विश्लेषण
१) मोहन वैद्य किरण अध्यक्ष, नेकपा-माओवादी
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको दुइ दिने भ्रमण बारे माओवादीका अध्यक्ष किरणले यो भ्रमण पूण रूपमा असफल भएको घोषणा गरेका छन् । रिपोर्टस कल्वको एक कार्यक्रममा उनले भनेका छन् – मोदीजीको भाषण कला र जनतासँग भेट गर्ने लगायतका स्वभावले उहाँ व्यक्तिगत रुपमा नेपालमा लोकप्रियता हुनुभयो तर उहाँको भ्रमण राजनीतिक रुपमा असफल रह्यो ।’ उहाँले थप्नुभयो भारतीय पक्षले उर्जा सम्बन्धमा गर्न चाहेको पिटिए र पिडिए सम्झौता हुन नसकेको कारण पनि मोदीको भ्रमण असफल नै हो । तर संसदमा बोलेको कुरा केही सकारात्मक भएपनि बुलेटबाट ब्यालेट, सम्राट अशोकबाट गौतमबुद्ध बनेको भनि नेपालको शान्ति-प्रक्रियाको सम्बन्धमा मोदीले एमाओवादी अध्यक्ष प्रचण्डतिर लक्षित गरेको देखिन्छ । तर उनले भनेजस्तो
सस्त्रबाट शास्त्रतर्फो यात्रा भन्दा पनि नेपालमा अब फेरि पनि शस्त्रकै यात्रा आवश्यक रहेको बताए । हाम्रो विचारमा ँनेपालमा फेरि शसस्त्र युद्ध आवश्यक छ । जनवादी संविधान नबने हामी सशस्त्र युद्धमा जान्छौं ।’ हाम्रो भारतीय जनतासँग राम्रो सम्बन्ध छ तर त्यहाँका दलाल शाषक वर्गसँग भने आफुहरुको सम्बन्ध राम्रो नभएको कुरा सत्य हो । भारतमा शसस्त्र व्रि्रोह गरीरहेको नक्सलवादी माओवादीसँग हाम्रो विचार सिद्धान्त मिल्छ तर व्यवहारिक सम्बन्ध रहेको छैन ।
२) पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष, एनेकपा -माओवादी)
भारतिय प्रधानमन्त्री मोदीको दुइ दिने भ्रमण बारे एनेकपा -माओवादी)का अध्यक्ष प्रचण्ड भननुहुन्छ – यो भ्रमणलाई पर्ूण्ा रूपमा सफल भएको मान्न सकिन्छ । मोदीले संसदमा गरेको सम्बोधनले नेपाल-भारत दुइ देश बिचको सम्बन्ध अझ राम्रो बन्नेछ । प्रधानमन्त्री मोदीले नेपालको विकासमा आर्थिक लगानी गर्ने कुराले नेपाललाई सहयोग नै पुर्याउने छ । मोदीको संसद भवनको सम्बोधन सकारात्मक रहेपनि भारतीय संरचनाप्रति हाम्रो आशंका रहेका छन् । मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको बताउँदै उनले नेपालीको मन र मस्तिष्क दुबै जितेका बताएका छन् । संसदको भाषणमा आफुलाई अशोक सम्राटको भूमिकासँग तुलना गरेको स्मरण गर्दै उनले भने – ँनेपालको शान्ति-प्रक्रियालाई यति गहिरो र गम्भिरतासँग बुझििदनुभएकोमा धनयवाद छ ।’
३) बाबुराम भट्टर्राई वरिष्ट नेता एनेकपा -माओवादी
एमाओवादी नेता बाबुराम भट्टर्राई भन्नुहुन्छ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुइ दिने नेपाल भ्रमण सफल भएको मान्न सकिन्छ । उनले आफ्नो ट्वीटरमा लेखेका छन् -भारतीय प्रधानमन्त्री मोदीले संसदलाई सम्बोधन मार्फ् सबै नेपाली जनताको मन जितेका छन् । उनको सम्बोधन निकै जादुगी थियो ।’
४) कमल थापा, अध्यक्ष राप्रपा नेपाल
मोदी भ्रमणका विषयमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्नुहुन्छ – मोदीले संसदमा सम्बोधन गर्ने क्रममा नेपाल संघिय गणतन्त्रमा गएकोमा स्वागत छ भन्नु, गलत कुरा हो । बोल्न नहुने कुरा बोल्नु भएको छ यो ठिक भएन । उहाँले यो बोल्ने कुरा होइन । मोदी भ्रमणलाई पूण रूपमा सफल भयो भनेर प्रचार गर्नु हुँदैन ।
५) मिनेन्द्र रिजाल सञ्चारमन्त्री तथा नेता नेपाली कांग्रेस
मोदी भ्रमणले मुख्यत दर्ुइ देशबिचको सम्बन्ध अब नयाँ शिराबाट अघि बढ्नेछ । मोदीले भ्रमणमा सबै पक्षसँग गहन छलफल गरेर अगाडी बढेकाले अब कुनैपनि गुनासो रहने छैन यसकारण मोदी भ्रमण पूण रूपमा सफल हुन् गएको छ । यो भ्रमणबाट नेपालको अगाडी अवसर नै अवसर भएकाले फाइदा लिनु सक्नुपर्ने बताए । उनले संसदमा सम्बोधन गर्ने क्रममा १९५० को सन्धीलाई पुनरावलोकन गर्न भारतीय प्रधानमन्त्री तयार भएको खुलासा गरे ।
६) सुसिल कोइराला प्रधानमन्त्री, नेपाल सरकार
भारतीय प्रधानमन्त्री मोदीको दुइ दिने नेपाल भ्रमणका बारेमा कांग्रेस सभापति तथा नेपाल सरकारका प्रधानमन्त्री सुसिल कोइराला भन्नुहुन्छ पूण् रुपमा सफल हुन् नसकेपनि मुलत सफल नै भएको मान्न सकिन्छ उनले ँनेपालमा चिनको बढ्दो लगानिबारे भारतीय चिन्ता हाँस्यास्पद भएको बताएका छन् ।’ भारतले चाहे जस्तो अधिकार दिन सकिदैन । मोदीको नेपाल भ्रमणका क्रममा विद्युत व्यापार सम्झौता हुन नसकेको आफु पनि निरास भएको उनले बताए । हुलाकी राजमार्ग निर्माण र महाकालीमा पुल बनाउने घोषणा कायार्नन्वयनमा भएको ढिलाइमा असन्तुष्टि जनाउँदै उनले फेरि पनि प्रतिवद्धता अनुसार काम नभए दुबै देशले विश्वसनियता गुमाउने चेतावनी दिएका छन् ।
७) मुमाराम खनाल वामपन्थि राजनीतिक विश्लेषक
भ्ारतीय प्रधानमन्त्रीको यो भ्रमण वास्तवमा दुइ राष्ट्र बिचमा आर्थिक विकास गर्नका लागि केन्द्रित देखिन्छ । मोदिको सकारात्मकतालाई हाम्रो फाइदामा कसरी बदल्ने भन्ने मुख्य कुरा हो । भारतले आफुलाई विश्व शक्तिका रूपमा उभ्याउन खोजिरहँदा उसले छिमेकी राष्ट्रको आन्तरिक कुरामा नअल्झिने संकेत दिएको छ । तर उसले चाँहदैमा सम्बन्ध ठिक हुने वा नचाहँदैमा सबै कुरा बिग्रिहाल्ने भने होइन । यसमा हाम्रो शासकवर्गले कति फाइदा लिन सक्छन् भन्ने कुरा हो । यसका लागि हामीले राष्ट्रिय सहमति कायम गर्ने, दुइ पक्षिय सम्बन्धलाई समानताका आधारमा परिभाषित गर्ने, हिजोका सन्धी सम्झौताहरुलाई कहाँ पुनरावलोकन गर्नुपर्ने आदि जस्ता कुराहरुमा हामीले गृहकार्य गर्ने हो भने यसले सकारात्मक परिणाम दिनसक्छ । नत्र विश्व राजनीतिमा भूमिका खोजिरहेको भारत झन आक्रामक ढंगले आउनेछ ।
८) जोगेन्द्र शर्मा नेता भारतीय मार्क्सवादी
मोदी सरकार मार्फ् भारतीय कर्पोरेट पुँजीवादी एवम् घरानियाँहरूले नेपालको प्राकृतिक स्रोत साधन लुटेर भारतमा लाने तयारीमा लागिरहेका छन् । उनीहरू नेपालको विकासका नाममा भारतीय उद्योगी घरानियाँलाई नेपालको ढोका खोल्न चाहन्छन् । पुँजीपतिहरू नेपालमा आएर उद्योग खोल्छन्, सेवा प्रवाह गर्छन्, शिक्षा प्रवाह गर्छन् र यहाँका प्राकृतिक श्रोतहरू लिएर जान्छन् । मोदी भारतीय कर्पोरेट हाउसका लागि यो सब गरिरहेका छन्, नेपालका लागि होइन । भारतमा चाँडै जनआन्दोलन उठ्ने र मोदी सरकारको हालत कांग्रेसको भन्दा खराब हुनेछ । विकास भनेको अग्ला घर बन्नु, बाटो फराकिलो बन्नु र कारखाना खुल्नु मात्रै होइन ।
निश्कर्ष
मोदीको भ्रमणलाई अहिले राष्ट्रिय अन्तर्रराट्रय रूपमा चर्चाको विषय बनेको छ । उनको भ्रमणलाई अन्तर्रराट्रय ठूला सञ्चार माध्यमले झन बढि महत्व दिइरहेका छन् । उनिहरु सबैले भनेका छन् कि यो भ्रमण नेपालको जलस्रोतमाथिको ठाडो हस्तक्षेपको निम्ति हो । भने केहीले यो छिमेकी देश चिनलाई कमजोर पार्न नेपाललाई रुझाउन खेल हो भनिरहेका छन् । नेपालीहरुले पनि यो भ्रमणलाई दोस्रो सिक्किम बनाउने योजना हो भनेका छन् । सारमा मोदी भ्रमण सबै हिसावले असफल भएको छ । किनकी उसले चाहेको काम एउटा पनि हुन् नसक्दा अहिले भारतमा निरास पैदा भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु