बोको हरामको कब्जाबाट ६० महिला भाग्न सफल

२०७१ असार २३ गते, सोमबार

काठमाडौ, २३असार। नाइजेरियामा इस्लामिक लडाकु समूह बोकोहरामको अपहरणमा परेका ६० जना भन्दा बढी महिला र युवतीहरु भाग्न सफल भएका छन् ।लडाकुहरु दाम्बोआ नजिकैको सैन्य शिविरमा आक्रमण गर्न गएका बेला ६३ जना महिलाहरु भाग्न सफल भएको सुरक्षा श्रोतलाई उधृत गर्दै बिबिसीले जनाएको छ । नाइजेरियाली सेनाले बोकोहराम लडाकु संग दाम्बोआमा भएको भिडन्तमा ५० जना भन्दा बढी लडाकु मारिएको दावी गरेको छ ।
उत्तर पूर्वी राज्य बोर्नोको दाम्बोआ नजिकैबाट बोकोहरामले गएको महिना ६८ जना महिलालाई अपहरण गरेको थियो । त्यसअघि गएको अप्रिलमा अपहरणमा परेका २ सय छात्राको अवस्था भने अझै पनि थाहा हुन सकेको छैन ।
बोकोहरामले ति छात्राको मुक्तिको बदलामा सरकारको नियन्त्रणमा रहेका आफ्ना लडाकु र उनीहरुका आफन्तलाई रिहा गर्नुपर्ने शर्त राखेपनि सरकारले अस्वीकार गरेको छ । गएको हप्ता सरकारी सेनाले लडाकू समूहमा भर्ती हुनका लागि महिलाहरुलाई प्रशिक्षण दिईरहेका तीन जना महिलालाई पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु