भाकपा-माओवादी र नक्सलबाडीबीच एकता

२०७१ बैशाख २७ गते, शनिबार

काठमाडौँ । भारतमा दीघकालीन जनयुद्धसञ्चालन गरिरहेको पार्टी भारतीय कम्युनिस्ट पार्टी-माओवादी) र ‘क्रान्तिकारी अन्तर्रााट्रयतावादी आन्दोलन’ -रिम) को संस्थापक पार्टीये एक भारतीय कम्युनिस्ट पार्टीमा-ले) नक्सलबाडीबीच हालै पार्टीकता सम्पन्न भएको छ । मई दिवसको ऐतिहासिक दिन पारेर भाकपा -माओवादी) का जनरल सेक्रेटरी कमरेड गणपति र भाकपा -माले ) नक्सलवाडीका सेक्रेटरी कमरेड अजिथको हस्ताक्षरका साथ एकता घोषणापत्र र्सार्वजनिक गरिएको छ । सो घोषणापत्रमा मार्क्सवाद-लेनिनवाद-माओवाद पार्टीे पथप्रदर्शक सिद्धान्त हुने र भारतीय क्रान्तिको दिशा दीघकालीन जनयुद्ध हुने कुरा प्रस्ट पारिएको छ । हजारौँ सहिदहरूको बलिदान खेर जान नदिने र अन्ततः साम्राज्यवादको दक्षिण एसियाली किल्ला ध्वस्त पार्ने प्रतिबद्धता जनाइएको छ । यो एकताले नेपाललगायत विश्वका क्रान्तिकारीहरूमा पनि नयाँ उत्साह र ऊर्जा थपेको छ । उक्त घोषणापत्रको पूण् विवरण यसप्रकार छ- भारतका माओवादी पार्टीलाई एउटै पार्टी आबद्ध गरौँ ! विश्व र्सवहारावर्गको अन्तर्रााट्रय दिन, गौरवशाली मे दिवसका अवसरमा हामी भारतका माओवादी पार्टी भाकपा माओवादी) र भाकपा -मा-ले ) नक्सलवाडी, महान् जिम्मेवारी बोध र दृढ विश्वासका साथ एउटै पार्टीभारतीय कम्युनिस्ट पार्टी-माओवादी) का रूपमा एकताबद्ध भएको कुरा घोषणा गर्दछौँ । यसरी विश्वर्सवहारावर्गको अभिन्न अङ्ग भारतीय र्सवहाराको अग्रदस्तालाई मजबुुत बनाएर हामी भारतीय क्रान्ति र विश्वर्सवहारा क्रान्तिका लागि पहिलेभन्दा थप दृढताका साथ लाग्ने कुराको प्रतिबद्धता जाहेर गर्दछौँ । सन् १९६७ को महान् नक्सलवाडी आन्दोलनसँगै माओवादी आन्दोलनले आकार लिएको हो । पार्टी संस्थापक कमरेडहरू चारु मजुमदार र कन्हाइ चर्टर्जीको नेतृत्व र उत्प्रेरणामा क्रान्तिकारी आन्दोलन र दरिलो पार्टीनर्माणका लागि हजारौँ नेता, कार्यकर्ता तथा आमजनताले आफ्नो बहमूल्य जीवनको बलिदान गरेका छन् । सन् १९७० दशको आरम्भको धक्का र कमरेड चारु मजुमदारको सहादतपछि कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू विभिन्न समूहमा विभाजित भए । क्रान्तिकारी शक्तिहरूले आ-आफ्नो क्षेत्रमा आन्दोलनलाई अगाडि बढाउने क्रममा त्यस क्षेत्रका क्रान्तिकारीहरूलाई एउटै पार्टी आबद्ध गर्ने गम्भीर प्रयासहरू गर्दै आएका छन् । चार दशकभन्दा बढीको यो लामो प्रक्रियामा दुइ प्रमुख घटक भारतीय कम्युनिस्ट पार्टीमाले) पिपुल्स वार र माओवादी कम्युनिस्ट केन्द्र सन् २००४ को २१ सेप्टेम्बरमा एउटै पार्टीारतीय कम्युनिस्ट पार्टी-माओवादी) का रूपमा एकीकृत भए । यसले एउटै केन्द्र निर्माण गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरे र समाजवादमार्फ् साम्यवादसम्म पुग्ने कार्यका लागि मजदुर किसान र उत्पीडत तह र तप्काका जनसमुदायलाई सङ्गठित गरे अघि बढ्न ठूलो उत्सह प्रदान गर्यो । त्यसैगरी भारतीय कम्युनिस्ट पार्टीमा-ले) नक्सलवाडीले विर्सजनवादी के. वेणु र अवसरवादी के. रामचन्दनले नेतृत्व गरेको सिआरसी, सिपिआइ -एमएल)का विरुद्ध भीषण सङ्र्घष्ा गर्दै सही अर्थका माओवादीहरूसित एकता गर्ने प्रयास निरन्तर रूपमा गर्दै आयो । यही लामो प्रयासका परिणाममा भारतीय कम्युनिस्ट पार्टीमाओवादी) र भारतीय कम्युनिस्ट -माले) नक्सलवाडी एकताबद्ध भएका छौँ र यसले हाम्रो पार्टी -माओवादी) थप मजबुत भएको छ । यस एकताले निसन्देह रूपमा, एकातिर शासक वर्ग र साम्राज्यवादका विरुद्धको दीघकालीन जनयुद्धमा आमउत्पीडित जनताको जनपरिचालन र अर्कोतिर संशोधनवाद र विर्सजनवादका विरुद्ध मार्क्सवाद- लेनिनवाद-माओवादलाई आत्मसात गरेर क्रान्तिकारी पार्टीाइनका साथ निरन्तर सङ्र्घष् गर्दै जाँदा, केही समय लागे पनि सही अर्थका माओवादी पार्टी एउटै पार्टी एकताबद्ध हुन सक्छन् भन्ने कुरा प्रमाणित भएको छ । हाम्रो पार्टीार्क्सवादी-लेनिनवादी समूहका रूपमा देशका विभिन्न भागमा रहे र काम गरिरहेका क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्ने कार्यलाई निरन्तरता दिइरहनेछ । एकीकृ त पार्टी मार्क्सवाद-लेनिननवाद-माओवादलाई आपनो पथप्रदर्शक विचारका रूपमा लिएको छ र सिर्जनात्मक प्रयोगमार्फ् यसको रक्षा, विकास गर्दै यसलाई थप समृद्ध तुल्याउने छ । क्रान्तिकारी व्यवहारबाट आर्जित पाठको समीक्षा गर्दै र विश्वर्सवहारावर्गको आन्दोलननसित सम्बद्ध विगतको अनुभवबाट शिक्षा लिँदै यसले क्रान्तिको दिशा र व्यवहारको थप विकास गर्ने छ । यसले सामन्तवाद र साम्राज्यवादविरोधी नयाँ जनवादी क्रान्तिको कार्यभारलाई आफ्नो काँधमा लिन्छ । यो क्रान्ति सांस्कृतिक क्रान्तिमार्फ् निरन्तर क्रान्ति गर्दै त्रसमाजवाद हुँदै साम्यवादी दिशामा अघि बढ्छ । साम्राज्यवाद, सामन्तवाद र दलाल पुँजीवाद नयाँ जनवादी क्रान्तिका निसाना हुन् र यसको मूल सारतत्त्व ग्रामीण सशस्त्र क्रान्ति हो । क्रान्तिको बाटो दीघकालीन जनयुद्ध हो । सामन्तवाद र आमजनताबीचको अन्तर्विरोध प्रधान रहेको छ । साथै विश्वस्तरमा साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताबीचका अनतर्विरोध पूधान अन्तर्विरोध रहेको छ । यो विश्वका अन्य आधारभूत अन्तर्विरोधहरूसित जोडिएर तीव्र बन्दै गएको छ । यस एकताको प्राप्तिले भारतीय क्रान्तिको अग्रदस्ताको रूपमा रहेको भाकपा -माओवादी) लाई क्रान्तिको कार्यभार पूरा गर्ने थप उत्साह र ऊर्जा प्रदान गरेको छ । दशकौँको हाम्रो अथक सङ्र्घष् महान् कम्युनिस्ट नेताहरू, लाला योद्धाहरू र उत्पीडित आमजनताको बलिदानले भाकपा -माओवादी) जनयुद्धलाई भारतमा छापामार आधार इलाका र लालासत्ताका रूपमा विकसित गरेको छ र फलस्वरूप मध्य तथा पूर्बी भारतमा क्रान्तिकारी जनसमितिहरूको निर्माण गरिएको छ र जसलाई जनमुक्ति सेना र जनमिसिलसियाले सुरक्षा प्रदान गरेका छन् ।
यो प्राप्ति सबैभन्दा भीषण दमन अभियानका सर्न्दर्भमा आर्जित गरिएका हुन्, जुन यतिबेर जनताविरुद्धको युद्ध-‘अपरे सन ग्रिन हन्ट’ का नामले कुख्यात छ । यसक्रममा दशौँ लाख जनताको निर्ममतापर्ूवक हत्या गरिएको छ । हत्या, बलात्कार, घरहरूमा आगो लगाउने, अन्नबाली नष्ट गर्ने र जनताको उठिबास गराउने जस्ता अमानवीय र जघन्य कुकृत्यहरू सामान्य भएका छन् । अहिले भारतीय सत्ताले यस क्षेत्रमा हवाइ र स्थल सेनामार्फ लगातार आक्रमणको अभ्यास गरिरहेको छ । निर्मम दमन र हत्याका बाबजुद पनि दर्ीघकालीन जनयुद्ध छालमय भएर निरन्तरतामा छ । पश्चिमी घाट -यो भाकपा – माओवादी) को विशेष इलाकाका नाम हो -अनुवादक) को दक्षिणी किनारातर्फ हालै भएको विस्तार साम्राज्यवादको दक्षिणएसियाली खम्बालाई ध्वस्त नपारुन्जेलसम्म क्रान्तिको ज्वाला निरन्तर फैलिरहने छ भन्ने कुराको प्रमाण हो । साम्राज्यवादीहरू र यसका दलालहरू पारपाइनसक्नुको सङ्कटमा फसेका छन्, क्रान्तिकारीहरूका लागि स्थिति अनुकूल बनेको अहिलेको विश्वपरिस्थितिमा साम्राज्यवादी विश्वमा वर्ग सङ्र्घष् र माओवादीहरूले चलाएको जनयुद्ध र उत्पीडित मुलुकका साम्राज्यवाद विरोधी शक्तिहरूले चलाएको आन्दोलन चर्किँदै जाने छ । भारतमा शासक वर्गले एकातिर मध्य तथा पूर्बी भारतमा चार लाखभन्दा बढी सैन्यशक्ति प्रयोग गरेको छ- जहाँ वर्ग सङ्र्घष्ा क्रान्न्ितकारी गृहयुद्धका रूपमा तीव्र बन्दै छ छ, उत्पीडित जनताको क्रान्तिप्रकिो प्रतिबद्धता र जनमुक्ति सेनाको ठास उपस्थितिका कारण वैकल्पिक क्रान्तिकारी नयाँ जनवादी राज्यसत्ताको केन्द्रका रूपमा विकसित हुँदै छ । उनीहरू पश्चिमी घाट जहाँ वर्गसङ्र्घष् नयाँ किसिमले विकसित भइरहेको छ, त्यहाँ सैनिकीकरणको प्रक्रियालाई अगाडि बढाइरहेका छन् । त्यसैगरी अर्कातिर मजदु र किसान आदिवासी दलित र आमउत्पीडन जनताका विरुद्ध जनविरोधी भूमण्डलीकरणका नीतिहरू थोपरिएका कारण जुझारू सङ्र्घष्ाले दिशा लिन थालेको छ । यस किसिमको अनुकूल वातावरणको सदुपयोग गर्दै पार्टी क्रान्तिकारी आन्दोलनलाई अझ उच्च र व्यापक बनाउन हरसम्भव प्रयास गर्दै आफ्नो अन्तर्रााट्रय जिम्मेवारीलाई अझ राम्ररी पूरा गर्ने छ ।
असाध्य दुद मनीय स्तिथिमा रहेका बहुसङ्ख्यक भारतीय जनताका पीडा र दुखप्र ती गहिरो पीडा बोध गर्दै विश्वसाम्राज्यवादको अमानवीय व्यवस्था र यसले विश्वव्यापी रूपमा खडा गरेको विध्वंसात्मक वातावरणीय स्थिति र मानजीवनको अस्तित्त्वप्रति सचेत बन्दै हजारौँ सहिदहरू जसले साम्यवादका लागि आफ्नो जीवन समर्पित गरे र रातो झन्डालाई आफ्नो रगतले सिञ्चित गरे, उनीहरूको मूल्यको सम्झना गर्दै हामी यो एकतालाई क्रान्तिका लागि शक्तिशाली हतियारका रूपमा लिने कुराको सपथ खान्छौँ –
गणपति
जनरल सेक्रेटरी
भाकपा -माओवादी)
अजिथ
सेक्रेटरी भाकपा -माले, नक्सलबाड

प्रतिक्रियाहरु