यसकारण एमाओवादीसित पार्टीएकता असंभव – हस्तबहादुर केसी

२०७० मंसिर २९ गते, शनिबार


पटक पटक नेकपा-माओवादी र एकीकृत नेकपा-माओवादी पार्टर्ीीकताको प्रसंगले व्यापक चर्चा पाउने र आम नेपाली क्रान्तिकारीहरु र जनताको वीचमा व्यापक भ्रम सिर्जन गरिने काम हुँदै आएको छ । जुन जुन बेला एमाओवादी जनताका वीचबाट नांगिदै र एक्लिदै जाने र नेकपा-माओवादी जनताका वीचमा स्थापित हुँदै जाने, उसले अगाडि सारेका राजनीतिक एजेण्डाहरु स्थापित हुँदै जान्छन् र नेकपा- माओवादी नेपाली क्रान्तिको एकमात्र भरपर्दो र निर्ण्ाायक र नेतृत्वदायी शक्तिको रुपमा स्थापित हुने अवस्थामा पुग्दछ, त्यही बेला नेकपा- माओवादी र एकीकृत नेकपा – माओवादी) बीचको एकताको विषयलाई निकै उचाईका साथ उचाल्ने र व्यापक रुपमा भ्रम सिर्जना गरिने, नेकपा- माओवादी पार्टर्ीींत्तिभित्र र बाहिर समेत यसको व्यापक हल्ला खल्ली मचाउने, के के न भए जस्तो देखाउने गरिदै आएको छ । किन यस प्रकारका भ्रमपूण् हल्लाहहरु फिजाइन्छ त – यी कुत्सित हल्लाहरु फिजाउने तत्व कुन हो र उसले कुन आसय र उदेश्यका साथ यस प्रकारका हल्लाहरु फैलाउने प्रयास र कसरत गर्दै एकता संभव छ कि छैन त – सम्भव छ भने त्यसका आधारहरु के के हुन् – र असंभव छ भने त्यसका आधारहरु के के हुन् त – र पार्टर्ीीकता ठिक छ बेठिक छ – पार्टर्ीीकता गर्न आवश्यक छ कि छैन – छ भने किन छ र छैन भने किन छैन – पार्टर्ीीकता गरे के फाइदा हुन्छ र नगरे के वेफाइदा वा नोक्सानी हुन्छत नेपाली नयाँ जनवादी क्रान्तिका निम्ति यी तमाम प्रकारका जिज्ञासा र प्रश्नहरु नेकपा- माओवादीको आम पंक्ति भित्र र जनताको वीचमा व्यापक चासो र जिज्ञासाको विषय बन्न पुगेको छ । यस लेखमा माथि उल्लेखित नेकपा- माओवादी र एमाओवादीका वीचमा फैलिने पार्टर्ीीकताका वारेमा वास्तविकता के हो त – भन्ने विषयमा प्रकाश पार्ने प्रयास गरिने छ ।
हामी सबैले बुझनै पर्ने र बुझदै पनि आएको कुरा के हो भने नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् उदेश्यका साथ वि.स. २००६ साल वैसाख १० गते -सन् १९४९ अप्रिल २२) का दिन नेपाल कम्युनिष्ट पार्टीीे स्थापना भएकेा हो । पार्टर्ीीथापनाका हिसाबले नेपाली कम्युनिष्ट आन्दोलनले आज ६४ वर्ष८ महिना पुरा गरि सकेको छ र यो आन्दोलन करीब ३० वर्षपहिले देखि फुट विभाजन र अलगावको शिकार बन्दै आएको छ । अहिलेसम्म आइपुग्दा पनि नेपाली कम्युनिष्ट आन्दोलन भित्रको फूट र विभाजन हुने प्रक्रिया रोकिने अवस्थामा छैन । अहिलेसम्म पनि नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामै छ । नेपाली कम्युनिष्ट आन्दोलन किन र के कारणले विभाजन हुन पुग्यो यसका पछाडि के कस्ता दार्शनिक सैद्धान्तिक, वैचारिक र राजनीतिक तथा सांगठनिक कमजोरीहरु रहेका छन् त – फुटेर जाने वा फुटाउने शक्ति मध्ये कुन तत्व बढि दोषि बन्दै आएको छ त -अतः नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध -युनिफाइड) गर्ने दार्शनिक, वैचारिक, सैद्धान्तिक राजनीतिक एवं सांगठनिक ताकत कोसीत छ त – आदि गहन विषयहरु आज हाम्रा सामु खडा हुन पुगेका छन् । यी विषयहरुमा व्यापक छलफल गर्नु पर्ने, बहस गर्नु पर्ने र एउटा वैज्ञानिक निष्कर्षा पुग्नु पर्ने वेला आएको छ । यी विषयहरु पनि यस लेखमा समाविष्ट गर्न आवश्यक छ ।
आज नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्ष८ महिना पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलन भित्र वर्ग संर्घष्ा र अन्तरसंर्घष्ा एवं विचारधारात्मक दुइलाइन संर्घष्ाका अनेकौ जटिल, वा•ा टिङ्गा र कहालिलाग्दा घुम्तिहरु रहेका छन् । र यो आन्दोलनकारी ब ३० बर्षेखि अनेकौ समुह-उपसमुहहरुमा विभाजित रहदै आएको छ । अतः सारमा यहानेर वुझनुपर्ने कुरा के हो भने नेपाली कम्युनिष्ट आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दर्ुइ परस्पर विरोधी धारा वीचकै द्वन्द्व प्रमुख बन्दै आएको छ । यसको सारतत्वमा आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी-सुधारवादी धारा जसको प्रतिनिधित्व एमाले एमाओवादीले गर्दै छ)ले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि संशोधनवादी एवं नवसंशोधनवादी धारामा गुणात्मक रुपले फड्को हान्न पुगेको छ र साम्राज्यवादी तथा विस्तारवादीहरुको नयाँ दलालको रुपमा प्रकट हुन पुगेको छ भने यसको ठिक विपरित नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा -जसको प्रतिनिधित्व नेकपा-माओवादीले गरिरहेको छ)ले आज मार्क्सवादी-लेनिनवादी- माओवादीका रुपमा गुणात्मक ढंगले विकसीत हुँदै जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी बहन गर्ने गरि सबै खाले संशोधनवादसीत सम्बन्ध विच्छेद गर्दै नयाँ ढंगको क्रान्तिकारी पार्टीीनर्माण गरेर नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति बन्न पुगेको छ ।
यसरी आज नेपाली कम्युनिष्ट क्रान्तिकारी मार्क्सवादी-लेलिनवादी-माओवादी धारा र यसको ठिक विपरित दक्षिण पन्थि संशोधनवादी-आधुनिक संशोधनवादी एवं नवसंशोधनवादी धारा गरि दर्ुइ विपरित धु्रवमा विभाजित हुन पुगेको छ । पहिलो ध्रुवको नेतृत्व १८ महिना पहिले नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर पुनगंठित हुन पुगेको नेकपा-माओवादीले गरिरहेको छ भने दोस्रो धु्रवको नेतृत्व एमाले-एमाओवादीहरुले गरिरहेको छन् ।
यस लेखमा स्पष्ट पार्न खोजिएको विषयवस्तु चाहिं नेकपा-माओवादी र एमाओवादीका वारेमा संकेन्द्रित हुन पुगेको छ । खासमा माओवादी र एमााओवादी वीच के भिन्नता छ र यी पार्टर्ीी वीच पार्टर्ीीकता संभव छ कि छैन – भए कुन आधारमा संभव छ र नभए कुन आधारमा असंभव छ भन्ने नै हो ।
पहिलो नम्बरमा यहा नेकपा-माओवादीका वारेमा चर्चा गर्दा बेश होला । नेकपा-माओवादी नेपाली र्सवहारा वर्गको उच्चस्तरको संगठित राजनीतिक अग्रसरता हो । यसले मार्क्सवाद- लेलिनवाद माओवादलाई पथपर््रदर्शक एवं मार्गदर्शक सिद्धान्त मान्दछ र नयाँ जनवादलाई न्यूनतम कार्यक्रम र वैज्ञानिक साम्यवाद तथा साम्यवादलाई आफ्नो अधिकतम कार्यक्रम एवं लक्ष्य मान्दछ । नेकपा-माओवादी अहिले नेपाली र्सवहारावर्गको नेता र नेपाली नयाँ जनवादी क्रान्तिको निर्ण्ाायक नेतृत्वदायि शक्ति बन्न पुगेको छ र ठिक १ वर्षपहिले आफ्नो सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनव्रि्रोह को कार्यदिशा पारित गरि विचारधारात्मक तथा सांगठनिक रुपमा एकतावद्ध हुँदै नयाँ जनवादी क्रान्तिलाई नयाँ उचाइ प्रदान गर्दै अघि बढिरहेको क्रान्तिकारी शक्ति हो जसले साम्राज्यवादी र विस्तारवादीहरुको निर्देशन र ग्राण्ड डिजाइनमा गत मंसीर ४ गते सम्पन्न गरिएको कपिल दोस्रो संविधान सभा निर्वाचनलाई सक्रिय रुपमा सफल पारि राष्ट्रिय स्वाधिनताको झण्डालाई माथि उठाउन सफल भएको छ ।
दोस्रो नम्बरमा यहाँ एकीकृत नेकपा-माओवादी)को वारेमा चर्चा गर्न खोजिएको छ । अर्थात एकीकृत नेकपा -माओवादी) भनेको के हो त भन्ने वारेमा स्पष्ट पार्ने प्रयत्न गरिएको छ । एकीकृत नेकपा -माओवादी) वर्तमान अवस्थामा नवसंशोधनवादी शक्ति हो । यसले आफ्ना दस्तावेजहरुमा मार्क्सवाद-लेलिनवाद- माओवाद लेख्दै र भन्दै आएको भएता पनि १ वर्षपहिले आफ्नो एकताको सातौ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको नयाँ जनवादी कार्यक्रम नयाँ जनवादलाई हटाएर त्यसको ठाउमा पुँजीवादी जनवादी कार्यक्रम नयाँ जनवादलाई हटाएर त्यसको ठाउमा पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम बुजुवा सुधारवादी एवं संसदीय पुजीवादी कार्यक्रम पारित गरेर आफुलाई सोसलसडे मोक्रेटिक पार्टी रुपमा परिणत भएर नवसंसोधनवादमा विर्सजन हुन पुगेको शक्ति हो ।
संशोधनवादको श्रोत साम्राज्यवाद, पूँजीवाद र निम्न पुँजीवाद हो यसलाई लेलिनले अन्तर्रर्ााट्रय परिघटनाको रुपमा संम्लेषण गर्नु भएको छ । यहाँ नेर बुझनै पर्ने कुरा के हो भने मार्क्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । मार्क्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न अर्समर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरु मार्क्सवादको वैज्ञानिक धारा भित्र जब घुस्न पुग्दछन्, त्यो बेला संशोधनवादको जन्म हुन्छ । सैद्धान्तिक रुपमा भन्नुपर्दा संशोधनवाद दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको भ्रष्टिकरणमा आधारित रहेको हुन्छ ।
नवसंशोधनवादीहरुमा दर्शनको क्षेत्रमा एकमानवाद, अनभववाद, बहुलवाद, व्यवहारवाद र सारसंहवाद पाइन्छ भने राजनीति कार्यदिशाको क्षेत्रमा सुधारवाद, समन्वयवाद पाइन्छ । त्यस्तै सेना सम्बन्धि निःशस्त्रीकरण र विघटन पार्टर्ीींगठनका क्षेत्रमा विर्सजन, वर्गीय तथा राष्ट्रिय रुपमा आत्मर्समर्पणवाद र पार्टीीनर्ण्राो परित्याग गर्नु, आर्थिक तथा साँस्कृतिक आचरणको क्षेत्रमा र्सवहारा वर्गीय आचरणको परित्याग र भ्रष्टिकरण तथा विचलन हुनु नै नवसंशोधनवादको मूल आधार र प्रवृत्तिहरु हुन् ।
यसरी एमाओवादीको मुख्य नेतृत्व गरिरहेका प्रचण्ड-बाबुराम मा जुन वैचारिक विचलन पैदा भयो र त्यो विचलन नवसंशोधनवादमा पुगेपछि एमाओवादी पार्टीवसंशोधनवादमा सैद्धान्तिक, वैचारिक एवं राजनीतिक रुपमा पतन एवं विर्सर्जित हुन पुग्यो । सारतत्वमा यसको परिणाम स्वरुप एमाओवादीको मुख्य नेतृत्वले महान दश वर्षो जनयुद्धको प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरु, जनसत्ता, जनअदालत र जनयुद्ध तथा जनसरकारहरु विघटन गर्न पुग्यो । पार्टीीे आधारिक लाइनलाई परित्याग गरि साम्राज्यवाद तथा विस्तारवादका सामु लमपसार परेर आत्मर्समर्पण गर्न पुग्यो र पार्टी क्रान्तिकारी कार्यदिशालाई परित्याग गरि शान्ति र संविधान नाम दिइएको वर्ुर्जुवा सुधारवादी एवं संसदीय पूँजीवादी कार्यदिशा पकड्न पुग्यो । उसले साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशन र ग्राण्ड डिजाइन अन्तरगत प्रक्रियावादी सेना परिचालन गरेर जनमुक्ति सेना नेपालको विघटन गरायो । क्यान्टोन्मेन्टभित्र कन्टेनरमा राखिएका जनमुक्ति सेनाले वोक्दै आएका हतियारहरु प्रतिक्रियावादी सेना र सत्तालाई बुझायो । साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशन र ग्राण्ड डिजाइन अन्तरगत नै पहिलो संविधान सभालाई विघटन गरि दोश्रो संविधानसभा निर्वाचनको नौटंकी घोषणा गर्यो । उनै साम्राज्यवादी तथा विस्तारवादीहरुकै निर्देशन र ग्राण्ड डिजाइन अन्तरगत नै एमाओवादीले सर्वोच्च अदालतका प्रधान न्यायधिश खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार निर्माण गर्यो र मंसीर ४ गतेका लागि कथित दोस्रो संविधान सभा निर्वाचनको घोषणा गर्न लगायो । राष्ट्रिय सहमतिका सम्पूण् प्रक्रिया र संभावनाहरुलाई पूण् रुपमा भाँड्ने र भंग गर्ने कार्यको नेतृत्व गर्यो र नेपाली सेना देशव्यापी रुपमा परिचालन गरेर कथित निर्वाचन सम्पन्न गर्ने योजनाकार बन्यो । र सेना परिचालन सहितको कथित निर्वाचनको कमाडिङ गर्दै आफना महाप्रभुहरु साम्राज्यवादी तथा विस्तारवादीहरुलाई खुसी पार्ने र उनिहरुका योजनाहरु सफल तुल्याई दिने कामको नेतृत्व समेत गर्न पुग्यो । कथित निर्वाचनमा एमाओवादीले संसारकै पूँजीवादी संसदवादीहरुले आजसम्म नगरेको अरबौ रकम खर्च गर्यो । हेलिकोप्टरहरुको प्रयोग गर्यो । प्रचारप्रसारको ठूलो हल्लाह खल्लाह मच्चायो । संसारमै सबै भन्दा महँगो चुनाव सावित गर्राई दियो । दर्ुइ तिहाई ल्याउने गड्डी हाँक्यो तर उक्त कथित दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादीले शर्मनाक पराजय भोग्नु पर्यो । मतगणना प्रक्रिया चलेकै प्रारम्भमा जन एमाओवादीले शर्मनाक पराजय भोग्ने सुनिश्चित भयो त्यसको लगत्तै उससले रातको २ बजे पत्रकार सम्मेलन गरेर पार्टी आधारित लाइन छोडेको, महान दश वर्षो जनयुद्ध देखि उठाउँदै आएको जनता र देशका एजेण्डाहरुलाई परित्याग गर्दै आएको, देश विदेशी प्रतिक्रियावदीहरुसीत साँठगाठ गरेर अगाडि बढेको आफना सबै कुराहरु शत्रुलाई सुनाउँदै हिँडेको, आफ्ना सबै योजनाहरु सबै शत्रुलाई बुझाउदै हिँडेको र पार्टर्ीीmुटाएकै कारणले शर्मनाक पराजय भोग्नु परेको तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले एकातिर नेपाली सेनाले धाँदली गरि हटाएको आरोप लगाउन पुग्यो भने अर्कोतिर नेकपा-माओवादीसित पार्टर्ीीकता गर्ने हल्लाह पनि फिजायो । यी सबै स्वरहरु वास्तविकतालाई ढाक छोप गर्ने र पराजित मानसिकताका उपज थिए ।
पार्टर्ीीकताको कुरा गरिरहदा पहिलो कुरा क्रान्तिकारी मार्क्सवाद र संशोधनवाद एउटै ठाउँमा वस्न सक्तैनन् । दोस्रो कुरा माथि नै धेरै कुरा गरिएको छ कि क्रान्तिकारी सारतत्व वोकेको नेकपा-माओवादी र नवसंशोधनवादी सारतत्व वोकेको एमाओवादीसीत कुनै पनि अर्थमा पार्टर्ीीकता हुनै सक्तैन । नवसंशोधनवादी समुहसीत पार्टर्ीीुन सक्तैन भन्ने कुरा हातै सम्पन्न माओवादीको तेस्रो पर्ूण्ा वैठकले पनि निर्ण्र्ागरि सकेको छ ।यधेपी संविधानसभाबाट बाहिरिएर पछि कतिपय राजनीतिक एजेण्डाहरुका विचमा सहकार्य गरेर अगाडि बढ्न सकिने निष्कर्षनेकपा-एमाओवादीले निकालेको छ । त्यसलाई उसले गर्ने व्यवहारबाट मात्र हेने कुरा हो ।
नेपाली क्रान्तिका निम्ति नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध -यूनिफाइड) गर्ने कुरा अत्यन्तै महत्वको विषय हो । यो सैद्धान्तिक र वैचारिक विषय पनि हो । क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशाकै आधारमा नेपाली कम्युनिष्ट आन्दोलन विभाजित हुन पुगेको हो । र अहिलेसम्म पनि त्यही क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशाक अन्तरका कारण नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । यो अवस्थामा नेकपा-माओवादीले पार्टर्ीीाहिरका सम्पर्ूण्ा क्रान्तिकारी कम्युनिष्टहरुलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माणगर्ने निर्ण्र्ाागरेको छ । वर्तमान अवस्थाको सारतत्वमा यो प्रस्ताव ज्यादै महत्वपूण् बन्न पुगेको छ । यो बाहेक कथित दोस्रो संविधान सभा निर्वाचनमा शर्मनाक पराजय-भोगेर निर्थुक्क परेको मात्रै होइन क्रान्तिकारी मार्क्सवादलाई परित्याग गरि नवसंशोधनवादमा पतन हुन पुगेको एमाओवादी समुहसीत क्रान्तिकारी मार्क्सवादको सारतत्व वोकेको नेकपा-माओवादी वीचको पार्टीकता कल्पना गर्न र सोच्न पनि नसकिने विषय हो । यो गैर मार्क्सवादी तथा अवैज्ञानिक सवाल त्यसो भएर एमाओवादी समुहसित नेकपा-माओवादी को पार्टीकता भन्ने कुप्रचार मात्र हो यसमा कोही पनि भ्रममा पर्नु हुँदैन । तर एउटा के कुरा साँचो हो भने एमाओवादी समुह भित्र रहेका क्रान्तिकारी चरित्र बोकेका कार्यकर्ताहरु भने एउटा प्रक्रिया अन्तरगत रही नेकपा माओवादीको मूलधारमा समावेश हुन सक्छन् । किनभने नेकपा-माओवादी नेपाी कम्युनिष्ट आन्दोलनको मूलधार हिो जसले क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्दै अगाडि बढिरहेकेा छ । अब सबै क्रान्तिकारीहरुको केन्द्रविन्दु नेकपा-माओवादी बन्न पुगेको छ । यो बाहेक अरु सबै हल्लाह मात्रै छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु