निर्वाचनको परिणामले ल्याएको फाटो – राजेन्द्र चिमौरिया

२०७० मंसिर २३ गते, आईतवार


नेकपा-माओवादीलगायत ३३ राजनीतिक दलहरुलाई बाईपास गरेर निरङ्कुश ढङ्गले संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । चार दलीय राजनीतिक एकाधिकारबाट बनेको सरकारले स्वतन्त्र, र धाँधलीरहित निर्वाचन गराएको भन्ने चार दलहरुबीच अहिले निर्वाचनमा आएको परिणामलाई लिएर फाटो परेको छ । एमाओवादीलगायतका करिब एक दर्जन राजनीतिक दलहरुले यो निर्वाचनको परिणामलाई लिएर आपत्ति जनाइरहेका छन् र उनीहरु संविधानसभामा भाग नलिने जनाइरहेका छन् । विगतमा पनि नेपाली काँग्रेस, एमाले, एमाओवादी र मधेशी फोरमकै कारण राजनीतिक संकट गहिरिँदै गएको थियो । यी चार दलले सहमति र सहकार्यबाट अगाडि बढाउनै रटान लगाउँदै अन्ततः संविधानसभा नै विघटन गर्नेसम्मको कार्य गरे । मुखमा राम राम बगलीमा….. भनेजस्तो यी चार दलले जहिले पनि सहमति गरेर अगाडि बढ्ने बताउँदै देशलाई गम्भीर भड्खालोमा जाकेर दोस्रो संविधानसभाको निर्वाचन जबर्जस्ती नेपाली जनताको टाउकोमा थोपरे । अहिले आएर फेरि नेपाली काँग्रेस, एमाले र एमाओवादी आपसमा विवाद गर्ने अनि फेरि सहमति गर्ने नाममा आफ्नो र आफ्नो दलको स्वार्थका लागि देश र जनताको भविष्यमाथि खेलबाड गर्न तम्सी रहेका छन् । यी दलहरु जहिले पनि देश र जनताभन्दा आफू र आफ्नो दलको स्वार्थपूर्तिको लागि लालायित छन्, जसले गर्दा देशले निकास पाउन सकिरहेका छैनन् । उनीहरु आफैँले गराएको निर्वाचनमाथि प्रश्नचिहृन खडा उदायका छन् । तर्सथ, तीन दलले आफ्नो दलीय स्वार्थलाई तिलञ्जली दिँदै दिँदै देश र जनताको हितको निम्ति अगाडि बढ्नु जरुरी छ । जसको लागि वर्तमान नाटक स्वरुप गरिएको कथित दोस्रो संविधानसभाको निर्वाचन खारेज गरी अगाडि बढ्नुपर्छ । देश र जनता, राष्ट्र र राष्ट्रियताको निम्ति वर्तमान समयमा सबै राजनीतिक दल एकजुट भै निष्कर्षा पुग्नुपर्छ र त्यसैको आधारमा राष्ट्रिय राजनीति चल्नुपर्छ । यसको निम्ति नेकपा-माओवादीलगायत ३३ राजनीतिक दलले भनेजस्तै गोलमेच सम्मेलन गर्नुपर्छ र त्यहीँबाट सम्पूण् समस्याको निराकरण गर्नुपर्छ । अहिलेको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु