कथित निर्वाचनमा एमाओवादीको हार वा धाँधली ? – विष्णु पन्त

२०७० मंसिर १५ गते, शनिबार


एमाओवादीलाई मेरो भन्नु यहि छ, हार हो भने हार हो भन र संविधानसभामा जाउ, धाँधलि हो भने धाधलि भन अनि परिणामलाई अस्विकार गर, जनता र कार्यकर्तालार्इर्र्धोका नदेउ ।
२०७० मंसिर ४ मा सम्पन्न भयो भनिएको कथित देास्रो संसवधान सभाको निर्वाचन परिणाम पछि देशको बैधानिक शक्ति सन्तुलनमा ठुलै उथलपुथल आएको प्रस्टै छ । निर्वाचनको प्रारम्भिक परिणाम आउना साथ अधर्ैय बनेको एमाओवादीले आवेगमा पत्रकार सम्मेलन गरि निर्वाचन संपन्न भएपछि व्यापक धाधलि भएको आरोपका साथ सो को पुनरावलोकन नभए आफ्नो पार्टींविधान सभाको प्रक्रियामा नजाने घोषणा गर्यो । त्यसपछि काठमाण्डौ र रुपन्देही बाट क्रमश प्रचण्ड र वावुराम पराजीत भएपनि सिराहा र गोरखा बाट विजयी बनेपछि उनीहरुको आक्रोश केही कम भएको महसुस गरियो । विस्तारै उनिहरुले पराजय स्विकार्दै गए र पराजितहरुको मोर्चा बनाउने अभ्यास तर्फलागे । लोकतान्त्रिक भनिने कुनैपनि चुनावमा धाँधलि हुन्छ, त्यो र्सवमान्य र ध्रुवसत्य कुरा हो । साम, दाम, दण्ड, भेद जुनसुकै हतकण्डा प्रयोग गरेर भएपनि चुनाव जित्नु नै मुख्य कुरा हुन्छ भन्ने तथ्य एमाओवादी र प्रचण्ड, वावुरामलाई थाहा नभएको कुरा होईन । यो सत्य जान्दा जान्दै पनि पराजयको आम मनोविज्ञानलाई विषयान्तर गरी फेस सेभिङ्ग गर्नक ा लागि धाँधलि भएको आरोप लगाउनु पनि अर्को सामान्य नियम हो । पहिलो निर्वाचनमा काँग्रेस एमालेले त्यही आरोप एमाओवादीलाई लगाए जुन आरोप अहिले एमाओवादीले उनीहरुलाई लगाएको छ । फरक यति मात्र हो, काँग्रेस एमालेले धाँधलि वा वुथकब्जाको आरोप लगाए पनि परिणामलाई स्विार गरे भने एमाओ वादीले परिणामलाई स्विकार्देनौ भनि भित्र भित्र स्विकार गरिसकेको अवस्था छ । उसका विजेता सभासद तथा समामनुपातिकका लागि प्रतिरक्षारत नेताहरु पार्टीहजै त्याग्न सक्छन् तर सभासद त्याग्न सक्दैनन् । स्वंम प्रचण्ड र वावुराम पनि एक्लै भएपनि संसदभित्र जान चाहन्छन र संसद विना वाँच्न सक्दैनन् भन्ने कुरा प्रस्ट नै छ । पार्टीवभाजन पछि पनि एमाओवादीलाई नै पुरानै ठूलो दलको रुपमा व्यवहार गरी काँग्रेस एमाले र संचार माध्यमले उसलाई उक्साएकै थिए । उसलाई उचालि उचालि पछार्ने काममा सबै लागे । कोही जानेर र कोही भ्रममा परेर ।
संसदीय निर्वाचनमा धाँधली भयो भनेर कसैले सहानुभूति दिदैनन । धाँधली भयो भन्नुको अर्थ हारलाई स्वीकार्न सकेन्छ भन्ने अर्थ लाग्छ । अर्थात विचराले जीत्न सकेनछ भन्ने मात्र हुन्छ । यदि साँच्चिकै धाँधली गरेर वा उसले भने जस्तै मतपेटीका वाक्सा नै साटेर उसलाई हराइएकै हो भने उ संविधानसभा भित्र रुन्चे मुख लगाएर जानु हुँदैन । मर्दले आफूलाई जालझेल, षड्यन्त्र वा धाँधली गरेर हराइएको चुनावलाई मान्न सक्तैन । कि त यो आरोपका लागि आरोप मात्र हो भन्नु पर्यो किन त परिणामलाई इन्कार्रर् ग सक्नु पर्यो । धाँधली गरेर हाम्रो पार्टर्ीीई हराइए पनि जित्ने जति हामी आएका छौ भन्नु हाँस्यास्पद मात्र हुन्छ । यदि षडयन्त्र नै भएको भए त धन्नै २६ सीट भएपनि दिएछन् भन्नु पर्ने हुन्छ, उनीहरुको हवीगत बुझैरै । मेरो विचारमा सिराह र गोर्खा बाहेक प्रत्यक्षमा नदिएको भए पनि उनीहरु खुरुखुरु जाँदारहेछन् । जीउँदो नेता वा पार्टी कि धाँधली भनेर त्यसलाई चुनौति दिन र बदर गराउन सक्नु पर्छ कि त पराजय हो भनेर स्वीकार गर्न सक्नु पर्छ । शुरुमा पुरै धाँधली देखेका थिए तर अहिले आएर साँगाठनिक कमजोरी पनि भयो भन्न थालेका छन् ।
आफूले हार्दा निर्वाचनमा धाँधली गरेर हर्राईयो भन्ने नेता र पार्टर्ीी संसदीय चुनावको कार्य दिशालाई स्वीकार्नु हुदैन । फेरी पनी चुनावी बाटो लिने, चुनावलाई नै रणनीतिको रुपमा ग्रहण गर्ने नेताहरुले पत्रकार सम्मेलन गरी हाम्रो पार्टर्ीीई हराइयो भन्न के लाजशरम लागेन होला- आरोप पनि गजबको छ फेरी मतदान सम्म धाँधली भएन रे ! मतदान पछि मतगणना स्थल सम्म बाक्सा साटेर धाँधदी गरियो रे कहाँ कहाँ त्यस्तो भयो भन्दा पनि जवाफ छैन । देशैभरी भयो रे ! अतः यो मिल्ने कुरा भएन । धाँधली नै भएको भए कि अर्को चुनावको माग गरी आन्दोलनमा जानु पर्दथ्यो कित त्यो परिणामलाई अस्विकार गर्न सक्नु पर्दथ्यो ।
कुनै पनि संसदीय निर्वाचनमा किन आफ्नो सरकारको नेतृत्वमा चुनाव गराउन चाहन्छन भन्ने कुराको जवाफ आम मान्छेसँग मुखार नै छ । धाँधली सबैले गरे सकेसम्म । तर कहिले काहि खासगरी राष्ट्रबादी नेता र पार्टर्ीीई हराउन राष्ट्रिय अन्तरराष्टिय शक्ति सबै एक ठाउँमा हुन्छन् । तर एमाओबादी कुनचाही राष्ट्रबादी शक्ति थियो र हराउन पर्ने- कहाँ उसले राष्ट्रिय अडान लियो र हराउनुपर्ने- फेरी उसका विरुद्ध कहाँ नै मोर्चाबन्दी भयो र हराउनका लागि- एमाओबादीका विरुद्ध सबै दल मिलेर चुनाव लडेका भए हराइयो भन्न मिल्थ्यो । यो त भट्टीमा गएर उसैले खुवाएको रक्सी खाने अनि उसैलाई गाली गरेर आउने जस्तो मात्र भयो । दुश्मनसँग मितेरी साइनो गाँस्ने बाहिर गाली गरे जस्तो गर्ने अनि भित्र झन उसैको गुलामी गर्ने जस्तो भयो । कसैको बानी हुन्छ बाहिर आफ्नो श्रीमान वा श्रीमती विरुद्ध विषवमन गर्ने अनि बेलुका उसैलाई कुरा लगाउने । यस्तो नौटंकी प्रवृत्तिबाट गरिने राजनीति टिकाउ हुन सक्तैन । जनता धेरै सचेत बनी सके भनेर बुझनु पर्छ । त्यसो भए के कांग्रेस, एमाले र राप्रपा नेपालले जिते त- वास्तवमा उनीहरुलाई जिताउनकै लागि त एकीकृत माओबादीको काँधमा बन्दुक राखिदिएर निर्वाचन गरिएको हो । एमाओबादीलाई फसाएर उनीहरुलाई जिताइएको हो । अतः कथित दोस्रो संविधानसभाको निर्वाचन पनि नेकपा – माओबादीले भने जस्तै नौटंकीमै परिणत भएको छ ।
निर्वाचनको प्रारम्भिक परिणाम पछि आफ्नो हारलाई स्विार गर्न नसकि गरिएको पहिलो पत्रकार सम्मेलनमा संविधान सभाको प्रक्रियालाई वहिस्कार गर्ने उद्घोषबाट कसैकसैले प्रचण्डलाई लेनिनसंग पनि तुलना गर्न पछि परेनन् तर त्यो फगत भुट र भ्रमबाहेक केही थिएन, भन्ने कुरा २४ घण्टा पनि बित्न नपाउदै प्रमाणित भयो । प्रचण्डले हामी संविधान सभामा जादैनौ भन्ने घोषणा गर्दे गर्दा विडम्बना के बन्यो भने त्यसलाई कसैले पनि पत्याएनन् । न किरणले पत्याए, न शुसिल र माधवले नै पत्याए, नत विदेशीहरुले नै पत्याए । वास्तवमा प्रचण्ड नै लेनिन वा माओ बनुन भन्ने त धेरैले चाहन्छन तर उनी अव कदापि बन्न सक्तैनन् भनेर भित्रैदेखि स्विकार गर्न नसकेकाहरु यो परिणाम पछि पछाडी हटेर प्रचण्ड क्रान्तिकारी बाटोमा आउँछन की भन्ने ठूलो भरोसामा थिए नै । तर त्यो संभावना पनि अव पर्ूण्ा रुपमा उदाङ्गो बनिसकेको छ, किनकी प्रचण्ड राष्ट्रपति बन्ने दाउमा लागिपरेका छन भने वावुराम पनि प्रचण्डलाई राष्ट्रपति बनाई आफूले पार्टीब्जा गर्ने वा पार्टीध्यक्ष बन्ने दाउपेचमा लागिपरेका रहस्यहरु उद्घाटित भएकै छन् । बाँकी केही नेताहरु २६ सिटका सभासद र मन्त्रि बन्ने दाउमा घुमिरहेका छन् । यो सत्ता वार्गेनिङ्गका लागि पराजित साना दलसहितको मोर्चालाई प्रचण्डले प्रयोग गर्दैछन् ।
निर्वाचनमा एमाओवादीको र्सवनाक पराजय पछिको बहिस्कारको घोषणाले कतै एमाओवादी क्रान्तिकारी धारमा फर्किएला कि भन्ने धेरेको आशा थियो । यहाँ सम्मकी पार्टीीकता गरी व्रि्रोहमा जाने वातावरण बन्ला की भनेर क्रान्तिकारी पनि केही हदसम्म हौसिएका थिए । तर दुभाग्य यस्तो विषम र प्रतिकुल परिस्थितिमा पनि त्यही संसदको फोहोर डंगुरमा डुब्न जानु उसको नियतिनै बन्यो । परिस्थिति यति भयाभह र कहालिलाग्दो देखियो की प्रचण्डले चाहेर पनि आफ्नो बहिस्कारको निर्ण्रा २४ घण्टा पनि टिक्न सकेनन । हो प्रस्टै थियो, उनी ठूलो घेराबन्दीमा थिए र जसलाई तोड्नु असंभव प्राय थियो नै । आखिर त्यही नै भयो, जो आम अपेक्षित थियो । त्यसकारण सत्य त्यही हो की प्रचण्ड चाहेर पनि अव व्रि्रोहमा जान सक्तैनन् । व्रि्रोहमा जानका लागि दुइ वटा मुख्य आधार हुन्छन् पहिलो हो अनुकुल अवस्था जस्तो कि संबिधान सभाको पहिलो निर्वाचनमा अनुकुल अवस्था थियो कि ऊ नै सबैभन्दा ठूलो पाटी थियो, सरकार बन्यो । यतिबेला हिम्मत गरेकै भए व्रि्रोह सबैभन्दा सहज थियो । दोस्रो हो, प्रतिकुल अवस्था दोस्रो निर्वाचनमा भएको पराजय पश्चात त्यसलाई इन्कार गरी व्रि्रोहमा जान सकिन्थ्यो । अब दुवै अवस्थामा हारे पनि काइँ र जीते पनि काइँ बाहेक अरु केही नगर्ने पार्टी परिणत भइ सक्यो एमाओबादी । हातको मुसो छाडेर दुलामा हात राख्ने भुल गर्यो उसले । अव भविष्यमा एमालेसँगको एकता बाहेक उसँग आफ्नो बृद्धि विकास गर्ने अर्को कुनै विकल्प छैन । प्रचण्ड कथमकदाचित वास्तविक राष्ट्रपति बनाइए भने एकताको संभावना प्रवल हुन्छ किनकि बाबुराम दोस्रो नेता बन्न तयार हुन सक्छन् । त्यसकारण भन्न खोजेको कुरा अव एमाओबादीको संस्थागत एकता एमालेसँग मात्र संभव छ, नेकपा- माओबादीसँग हैन भन्ने तथ्यलाई सबैले स्वीकार गर्नु जरुरी छ ।
अवको परिस्थितिमा नेकपा – माओबादी पनि कता जाने वा कुन दिशा ग्रहण गर्ने भन्ने कुरा स्पष्ट भैसकेको छैन । घुमाई फिर्राई एमाओबादीकै वरिपरी घुम्ने हो भने त्यो पनि गद्धारी र पलायनकै बाटो हुनेछ । संविधानसभाको निर्वाचनको वहिस्कार गर्ने, अनि फेरी २६ सीटमा बार्गेनिङ्ग गर्ने कुरा स्वीकार्य हुन सक्तैन । सहमतिमा अन्तरीम संसदनै बनाउने हो भने अर्कै कुरा, तर त्यो तत्काल संभव छैन । राष्ट्रिय सहमतिको अन्तरीम सरकारको संभावना नहुँदासम्म सरकारमा र्याल काड्ने हो भने एमाओबादीलाई गाली गर्ने नैतिक आधार हुन सक्दैन । अव मात्र दुइवटा बाटा छन्ः कि व्रि्रोह वा क्रान्तिको बाटो कि संसदीय वा सुधारको बाटो । सरकार वा संसदको बाटोबाट हिड्दा एमाओबादीको पतनलाई हामीले देखिसकेको छौ । फेरी त्यो बाटोबाट जानका लागि चुनावमै जानु अनिवार्य थियो । अव कुन बाटोबाट हिडेर आफ्ना सन्तुलन मिलाउने अनि क्रान्तिका आधारहरुको बृद्धिविकासमा त्रि्रता दिने भन्ने विषयमा गहन छलफल हुनुपर्ने आवश्यक छ । पार्टी मूल नेतृत्वले परिस्थितिको सही विश्लेषण गरी उचित निर्ण्रालिनुपर्ने बेला आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु