दलीय स्वार्थलाई तिलान्जली दिने कि ? – छत्र मैनाली

२०७० मंसिर १५ गते, शनिबार


दोस्रो संबिधानसभा निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओबादी पार्टी प्रथम, वितीय र तृतीय स्थानमा पर्न सफल भएका छन् भने चौथो नम्बरमा संबैधानिक राजतन्त्र, हिन्दु राज्यको पक्षमा खुलेर आवाज उठाउदै आएको कमल थापा नेतृत्वको राप्रपा नेपाल रहेको छ । दोस्रो संबिधानसभाको निम्ति कुल ३० राजनीतिक दलका प्रतिनिधिले प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । ब्यघ्र प्रतिक्षाको बाबजुद संबिधानसभा निर्वाचनको मत परिणाम आइसकेको हुँदा जनमानसमा भावी सरकारको नेतृत्व कसले गर्ला भन्ने बिषयमा चासो बढेको छ । नव निर्वाचित जनप्रतिनिधिहरूको काँधमा १ बर्षभत्रमा नयाँ संबिधान जारी गरि सक्नुपर्ने गहन दायित्व जनताले सुम्पेका छन् । तर विगतकै जस्तो सरकार निर्माणमा समय खेर फालेर मूल बिषयलाई छाँयामा पार्ने हुन् कि भन्ने आशंका प्रारम्भिक लक्षणले देखाउदैछ । प्रारम्भमै सरकारको नेतृत्व कसले गर्ने भन्नेमा राजनीतिक दल भित्रै बहस सिर्जना भएको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको भनाइलाई आधार मान्ने हो भने नेपाली काँग्रेस र नेकपा एमाले पार्टीीई लगभग बराबरी हिसाबमा जनमत मिलेकोले सरकारको नेतृत्व आलो पालो हुनु पर्छ भन्ने भनाइ र्सार्वजनिक भइसकेको छ । कसले कति समय सरकारको नेतृत्व गर्ने सरकार निर्माण अगावै लिखित रूपमा समझदारी हुनुपर्छ भन्दै बिगतमा भएका धोखा, छलकपट दोहोरिन नपाउन भन्नको निम्ति लिखित सहमतिको खोजि भएको हुन सक्छ । भविष्यमा सरकार नेतृत्वको बिषयलाई लिएर पार्टीभत्र र बाहिर मतान्तर हुनसक्ने तर्फंगित गर्दै सरकार निर्माण र नेतृत्वको निम्ति प्रारम्भिक चरणमै चिन्ता प्रकट भएको छ । नेकपा एमाले पार्टीीभत्रै एकथरिको भनाइ बरिष्ठ नेता खड्गप्रसाद ओली नै भावी प्रधानमन्त्रीको दावेदार हुन् भन्दै ओलीको पक्षमा आवाज घनकिदैछ ।
एमाले नेत्री बिद्या देवी भण्डारीले खड्गप्रसाद ओली भावी प्रधानमन्त्रीको लागि पार्टर्ीीभत्र कुनै विवाद नरहेको हुँदा उहाँ नै भावी प्रधानमन्त्रीको दावेदार हो भनेर र्सार्वजनिक अभिव्यक्ति दिएको केहि क्षणमै बरिष्ठ नेता माधव कुमार नेपाललाई जसरी पनि प्रधानमन्त्री बनाई देऊ भन्दै देवी देवतासँग भाकल माग्न शुरु गरेको चर्चा यतिबेला र्सवत्र व्याप्त बनेको छ । यसैगरी नेपाली काँग्रेस भित्र प्रतिष्पर्धीहरू बीच स्वर सम्राट स्वर्गीय नारायण गोपालले गाउनु भएको गीत आँखा छोपी नरोउ भनि भन्नु पर्या छ, मुटु माथि ढुंगा राखी हास्नु पर्या छ को बोल जस्तै बन्न पुगेको छ । बाहिरी सतहमा त्यति हल्ला नभए पनि भित्रि रूपमा भुसको आगो जसरी प्रधानमन्त्री हुने भुत सवार भइरहेको छ । नेपाली काँग्रेस भित्र मुख्य रूपमा ३ खेमा बीच बढी प्रतिष्पर्धा भएको देखिन्छ । संस्थापन पक्षका सुशील कोइराला स्वयं पार्टर्ीीभापति र २ निर्वाचन क्षेत्रबाट बिजय हासिल गरेको सरल, त्यागी नेताको रूपमा परिचित कै कारण सरकारको नेतृत्व गर्न प्रवल सम्भावना सभापति कोइरालाकै देखिन्छ । अबको प्रधानमन्त्री सुशील कोइरालाको विकल्प नरहेको र्समर्थनहरूले भनिरहँदा गएको संसद्मा १७ पटकसम्म प्रधानमन्त्री बन्ने दौडमा हार खाएका काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको दावेदारको रूपमा अप्रत्यक्ष लबिङ्ग शुरु भएको खबर बाहिर आएको छ । यता पार्टी अर्का शक्तिशाली नेता शेरबहादुर देउवा पक्षधरहरू आगामी प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै हुनुपर्छ भन्ने आन्तरिक अडानमा रहेका छन् भन्ने हल्ला र्सवत्र चलेको छ । यस्ता बिषयले जनमानसमा शंका र प्रश्न एकै पटक उब्जिने हुँदा नेपाली जनताले सरकार निर्माण गर्न, सरकार ढाल्न, सरकारमा को जाने, को नजाने, केवल कुर्सी निम्ति बिबादास्पद कामको लागि मतदान गरेका हुन् त – सरकार निर्माण देखि नेतृत्वलाई लिएर बहसको बिषय बनाउँदा नेपाली जनताले दिएको अभिमतलाई कसरी कदर गरेको ठहरिन्छ – फेरि पनि जनमतको उन्मादमा उम्लेर बालापन देखाइरहने हो भने धैयताको बाँध टुट्दाको परिणाम स्विकार्नु पर्ने दिन आउन सक्छ । त्यतिबेला समयले नेटो काटी सकेको हुनेछ । न त्यहाँ क्षमा मागेरै धर पाइएला नत मुकाविला गरेर जित नै । सन् २०११ मा घटेका अन्तर्रर्ााट्रय चर्चित घटना मध्ये लिबियामा भएको सिभिल वारलाई लिन सकिन्छ । ४२ बर्षम्म एकछत्र शासन् गरेका कर्ण्र्ाा मुअमर गदाफीको बिरुद्धमा जसरी जनता सडकमा उत्रेर अन्तत खेदी खेदी कर्र्णोल गदाफिको प्राण पखेरु उडाए ।
त्यो जनताको आक्रोश थियो, आक्रोशको शिकार बने गद्दाफी न माफी मागेर ज्यान बच्यो नत प्रतिकार गरेरै मृत्युको मुखबाट जोगिन सके । अहिले हाम्रो मुलुक राजनीतिक संक्रमणकालमा गुज्रेको लामो समय भइसकेको छ । राष्ट्रको मेरुदण्ड आर्थिक क्षेत्र लथालिंग अवस्थामा छ, मुलुक समृद्धिको निम्ति आर्थिक क्षेत्रमा क्रान्ति ल्याउन जरुरी छ अग्रगामी राष्ट्रको परिकल्पना साकार पार्नको निम्ति मुलुकमा राजनीतिक स्थायित्व चाहियो, त्यो स्थायित्व दिलाउने जिम्मा ३० राजनीतिक दलले प्राप्त गरेका छन् मुलुकलाई छिटो भन्दा छिटो निकाश दिएर देश र जनताप्रति गरेको प्रतिबद्धता पुरा भएको हेन नेपाली जनता ब्यघ्र प्रतिक्षामा रहेको विवेकमा रहिरहोस् । दोस्रो संबिधानसभा चुनावमा अप्रत्यासित रूपमा आएको मत परिणामले असन्तुष्ट बनेको एकीकृत नेकपा माओबादीले ढिलै भएपनि जनमतको कदरस्वरूप बिजय हासिल गरेका क्षेत्रमा बिजयी जुलुस निकाल्ने गरेको निर्ण्रे डिलबाट लड्न लड्न लागेको डर लाग्दो घटना क्रमलाई रोकथाम गरेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउदै आएको एकीकृत नेकपा माओबादी पार्टी बिजयी क्षेत्रमा बिजयी जुलुस निकाल्ने निर्ण्रे मत परिणामलाई स्वीकार गरेको प्रष्ट हुन्छ । तर्सथ अबको दिनमा एकीकृत नेकपा माओबादी पार्टी मुलुकमा रहेको बिध्यमान राजनीतिक समस्याको समाधानमा पार्टी भूमिका उल्लेख्य रूपमा निर्वाह गरेर जनमतलाई पुनःपहिलेकै अवस्थामा पुर्याउनु थप मद्दत पुग्ला । नेपाली जनता बन्द, हड्ताल, आदि बाट दिक्क भएका छन् । जनता सुशासन चाही रहेकाछन्, सुशासनको लगाम राजनीतिक दलका हातमा रहेको छ तर्सथ जनहितको खातिर दलीय स्वार्थलाई समेत तिलान्जली दिन पछि पर्न नहुने बिध्यमान परिश्थितिले इंगित गरिरहेको छ, बेलैमा ध्यान पुग्न जरुरी छ नत्र न्याउरी मारी पछुतो ।’, पहिलो संबिधानसभा चुनावमा प्रथम स्थान हासिल गरेको पार्टी अश्वाभाविक परिणामको पछाडी गम्भीर आत्म समीक्षाको जरुरी देखिन्छ । किन छोटो समयमै पार्टी पहिलेको आकार गुमाउनु पुग्यो – आन्तरिक कमीकमजोरी के थिए – समग्रमा समिक्षा नगरी सुधारका संकेत देखिने आधार छैन । ठुला ठुला क्रान्तिकारी गफ दिएर मात्र पार्टी आकार स्थिर नहुनेमा सबैको आँखा खुलेको हुनु पर्दछ । लामा लामा माला पहिर्याएर सिन्दुर जात्रा गरेर मौलिकतालाई छाँयामा पारेर विकासे कार्यकर्ता आयात गर्दैमा पार्टीीसम्पन्न हुन्छ भन्ने ढोंगी मानसिकताबाट मुक्त हुनै पर्दछ । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धाने जस्तो, संसारमा कुनै पनि मुलुक रेमिट्यान्सबाट धनि बनेको इतिहास छैन् अबको दिनमा थेउरि भन्दा बढी प्राक्टिकल हुनसके मात्र साख जोगाउन सबैलाई सहज होला हैन भने मनको लड्डु घिउसँग भने जस्तै । मानव जाति स्वभावैले परिवर्तनका द्योतक हुन् परापर्ुवकालदेखि आजका दिनसम्म संसारमा जे जति परिवर्तन, बिकाश उपलब्धि भए ति सबै मानव जीवनको परिवर्तनकारी अभ्यासको उदाहरण हो । पृथ्बीलाई समेत साँघुरो देख्न थालेको सर्न्दर्भ बैकल्पिक जीवन यापनको निम्ति चन्द्रमा, मंगल ग्रह आदिमा सम्भाब्य मानव बस्तीको खोज शुरु हुनुलाई के भनेर बुझने – मानव कति स्वतन्त्र, कति शान्ति प्रिय, कति ऊर्जाशील, समय अनुकुल परिवर्तित हुँदै जानु मानव सभ्यताको उदगम नमुना हो भन्दा अन्यथा नहोला तर्सथ परिवर्तनका बाटामा को कसरी अगाडी बढ्ने भन्ने मुख्य कुरा हो सबैलाई परिवर्तनका बाटा असहज लाग्न सक्छ । तर ति असहज पाटोलाई राम्ररी बुझाएर अगाडी बढ्न सक्नुनै मानव जीवनको सफलता हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु