एमाओवादी किन पराजित भयो ? – हस्तबहादुर केसी

२०७० मंसिर ८ गते, शनिबार


साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्ड डिजाइनमा २०७० मंसिर ४ गते सम्पन्न कथित दोश्रो संविधानसभा निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी किन लज्जास्पद ढंगले पराजित भयो र २०६४ साल चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा संविधानसभामा उपस्थित हुन पुगेको एमाओवादीले यस पटकको कथित निर्वाचनमा एमाओवादी यसरी लज्जास्पद ढंगले पराजित हुन पुगेपछि सबैलाई आर्श्चर्यचकित मात्र तुल्याएन कि स्वयं एमाओवादीको मुख्य नेतृत्व ज्यादै अत्तालियो र हतास मनस्थितिमा मतगणना प्रक्रियालाई वहिष्कार गर्ने निर्ण्र्ाागरेर आफ्ना सबै उम्मेदवार र एजेण्डाहरूलाई तुरन्तै फिर्ता बोलायो जुन बेला सुरुमै लज्जास्पद पराजितको शृंखला सुरु भएको थियो । एमाओवादीको मुख्य नेतृत्व र सिँगो पार्टीींक्तिको दिमाग यसरी लज्जास्पद रूपमा पराजित भइएला भन्ने शब्दावली नै थिएन । स्वयं पार्टीीध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइ तिहाइ बहुमत ल्याउने र आफ्नो पार्टीी पूवबाट सुरु गरेको चुनावी प्रचार-प्रसार अभियान पर्ूवबाट सुरु भएको हावामध्ये नेपालमा पुगेर हावा हुरी बन्ने र सुदूरपश्चिम नेपालमा पुगेर आँधी बनेर सबैलाई बढार्ने छ भन्ने घोषणा गरेका थिए । तर त्यस हावाहुरी र आदिले त आफ्नै पार्टीीमाओवादीलाई यो बढायो । अतः एमाओवादी यसरी लज्जास्पद रूपमा सबैमा पराजित हुन पुग्यो त । यो सबैको चासोको विषय हो । यस विषयमा प्रस्ट हुन जरुरी छ ।
पहिलो ऐतिहासिक संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा संविधानसभामा उपस्थित हुन सफल भएको नाताले पटक-पटक सरकारको नेतृत्व समेत गर्न पुगेको एमाओवादी कथित दोस्रो संविधानसभामा यसरी लज्जास्पद ढंगले पराजित हुनुको मुख्य कारण उसले आत्मसात गरेको गलत राजनीतिक वैचारिक विषय नै हो । गतल बाटो हिँडेपछि गलत ठाउँमै पुगिन्छ । क्रान्तिकारी मार्क्सवादलाई परित्याग गर्नु, नेपाली क्रान्तिलाई बीच बाटोमै लत्याउनु, नेपाली क्रान्ति र नेपाली जनतालाई गम्भीर प्रकारले धोका दिनु, नेपाली क्रान्तिप्रति गम्भीर रूपले गद्दारी गर्नु, सत्ता स्वार्थका आधारमा दशौं हजार महान् सहिदहरूको रगतमाथि होली खेल्नु हजारौं सहिद परिवार, वेपत्ता, अपाङ्ग र घाइतेहरूलाई रुवाउनु, साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु लम्पसार परेर आत्मर्समर्पण गर्दै पार्टर्ीीभत्रका आफ्ना क्रान्तिकारीहरूलाई पाखा लगाएर पार्टीीुट्ने वातावरण निर्माण गर्ने मुख्य भूमिका खेल्नु, आफूसित सँगै आएका क्रान्तिकारी योद्धाहरूलाई लत्याउँदै दुश्चम वर्गसीत कुममा कुम जोड्न पुग्नु, पार्टी लिएका नेपाली क्रान्तिका नीति, विचार सिद्धान्त तथा क्रान्तिकारी कार्यदिशा र कार्यक्रमलाई परित्याग गरी नवसंशोधनवादी बाटो हुँदै प्रतिक्रियावादीहरूको क्याम्पमा दर्ता हुनु, महान जनयुद्धको प्रक्रियामा निर्माण गरिएको जनमुक्ति सेना नेपाललाई विक्षिप्त गराउनु, कन्टेनरमा राखिएका हातहतियारहरू प्रतिक्रियावादी सरकारलाई बुझाउनु, महान् जनयुद्धकै प्रक्रियाअर्न्तर्गत निर्माण गरिएका आधार इलाकाहरू, जनसत्ता, जनअदालतहरू जनकम्युन र जनसरकारहरूलाई खारेज गर्नु, जनयुद्धको प्रक्रियाअर्न्तर्गत जनताको रगतद्वारा सामन्त तथा जमिनदारहरूबाट किसानहरूले कब्जा गरिएको जमिन पुनः सामन्त र जमिनदारहरूलाई क्षतिपूर्तिसहित फिर्ता गर्नु, सुकुमवासीहरूलाई प्रतिक्रियावादीहरूका सुरक्षा फौज परिचालन गरी डोजर लगाएर उठिबास गराउनुजस्ता विषयहरू एमाओवादीको लज्जास्पद पराजयका मुख्य कारण हुन् ।
त्यस्तै आफ्ना क्रान्तिकारी सहयोद्धा र नेपालका मुक्तिगामी, न्यायप्रेमी तथा क्रान्तिकारीहरूका राय, सल्लाह र सुझाव तथा सहयोगबाट नचलेर साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूको राय सल्लाह, सुझाव र सहयोगबाट चल्नु, आमनेपाली जनता सम्पूण् क्रान्तिकारीहरूको चाहना र इच्छा बमोजिम नभएर साम्राज्यवादी तथा विस्तारवादी तथा प्रतिक्रियावादी शक्तिहरूको चाहना र इच्छाबमोजिम चल्नु जस्ता विषयहरू पनि एमाओवादीको लज्जास्पद हारका प्रमुख कारणहरू हुन् ।
यसका अतिरिक्त पार्टी अवलम्बन गर्दै आएको र विश्व र्सवहारा वर्ग तथा क्रान्तिकारी कम्युनिष्टहरूले पालना गर्दै आएको र्सवहारा वर्गीय सोच, चिन्तन र व्यवहार पर््रदर्शन गर्नु, केन्द्रीय नेतृत्वदेखि स्थानीय नेतृत्व तहसम्म आर्थिक, साँस्कृतिक विचलन हुनु पार्टीीत्र वर्ग उत्थान हुनु र त्यसलाई पार्टी निस्तेज पार्नुको सट्टा संरक्षण दिनु, त्यसलाई नेतृत्वले नै बढावा दिनु, दश वर्षो जनयुद्धबाट आएका केन्द्रीय राज्य र जिल्ला तहका नेता, कार्यकर्ताहरूको जीवन शैली बुर्जुवा पुँजीवादी बन्दै जानु राजधानी तथा ठूला सहरहरूमा ठूला-ठूला घरहरू निर्माण गाउँ, महँगा-महँगा शहरहरूमा घर जग्गा खरिद गर्नु, जग्गा दलाली, ठेक्कापट्टा र तस्करीसम्मका कारोवार विभिन्न तहका नेताहरू स्वयं आफैँ संलग्न भएर लाग्ने नेता, कार्यकर्ताहरूको करोडौँको चलखेल हुनु तर त्यसको श्रोत कुनै नखुल्नु, कतैबाट चोरेर ल्याएको हो कि बैंक लुटेर ल्याएको हो कि कमाई गरेर ल्याएको हो कि कतै पनि श्रोत नदेखाउनु, खान-पान, बसोबास, लवाइ-खुवाई, एमाले, काँग्रेस र राजावादीका मान्छेका भन्दा पनि माथि हुनु, जनताका बीचमा ढाँट्ने, ठग्ने र चोर्ने मामिलामा माहिर हुनु, जाँडरक्सी, रण्डीवाज र अन्य कुलतहरूमा काँग्रेस, एमालेका नेता, कार्यकर्ताहरूभन्दा अगाडि हुनु ठूला शहर र बजारहरूमा नयाँ र ठूला आकर्ष घरघडेरीहरू एमाओवादीका नेता, कार्यकर्ताहरूको नाममा दर्ता हुँदै जानु जस्ता विषयहरू जुन नेपाली जनताले पचाउन सक्दैनन् ती-ती काम र व्यवहार एमाओवादीका नेता, कार्यकर्ताहरूले गर्दै जानु भएर पछि उ जनताको बीचबाट अत्यन्तै अलोकप्रिय बन्दै गयो । यी पनि उसका पराजयका कारण बन्न पुगे ।
नेपाली जनता राष्ट्रियताका पहरेदार हुन् । राष्ट्रियताका सवालमा अंग्रेजी साम्राज्यवादका विरुद्ध नालापानीमा बहादुरीपूवक लडेको बिर्से छैनन् र पर्ुखाहरूले राष्ट्रियताका सवालमा जीवनमरणको लर्डाई लडेको विर्षोका छैनन् । खासगरी भारतीय विस्तारवादको नेपालमाथिको थियो, हस्तक्षेप, सीमाअतिक्रमणदेखि निकै आजित बन्दै आएका छन् र ज्यादै आजित हुँदै आइपुगेका छन् । तर सत्तामा पुगेको बेलामा समेत एमाओवादीको नेतृत्वले भारतीय विस्तारवादका सामु लम्पसार परेर आत्मर्सपण गर्दै राष्ट्रघाती विप्पा सम्झौता गर्नु त्रिभुवन अन्तर्रााट्रय विमानस्थलसहित नेपालका १७ वटा विमानस्थलहरू भारत सरकारसित बेच्न खोज्नु भारतीय विस्तारवादी सरकारसित सुपुदगी सन्धि गर्नु आदि विषय पनि एमाओवादीका हारका कारण बन्न पुगे । जुन विषयहरू जनतालाई पाच्य थिएनन् ।
संविधानसभा भनेको पहिलो कुरा नेपाली जनताले आफूद्वारा निर्वाचित प्रतिनिधिमार्फ् आफ्नो संविधान बनाउने विषय हो । यसका लागि विगत लामो समयदेखि राष्ट्रिय संकटका रूपमा रहेको शान्तिप्रक्रियालाई राष्ट्रिय सहमतिका आधारमा समाधान गर्ने अर्थात् द्वन्द्व समाधान गर्ने नै हो । यसको कार्यान्वयनको निम्ति नेपाली जनताले सम्पूण् राजनीतिक दलहरूको बीचमा एकता चाहन्थे । तर नेकपा – माओवादी र उसले नेतृतव गरेको ३३ दलीय राजनीतिक मोर्चाले अगाडि सारेको गोलमेच सभाको प्रस्तावलाई लत्याउने मात्रै गरेन कि, एमाओवादीले वार्ता नै भाँड्ने समेतको गरेन कि नेकपा माओवादीसहितको ३३ दलहरूलाई कुनै पनि हालतमा दोश्रो संविधानसभा निर्वाचनमा सहभागी बन्न र भावी संविधान निर्माणमा उसलाई प्रवेश नै गर्न नदिने जुन खुलेआम षड्यन्त्रको तानावाना बुन्ने र कुनै पनि हालतमा राजनीतिक सहमति हुन नदिएर चार दलीय सिन्डिकेटको आधारमा मङ्सिर ४ गते नै निर्वाचन गर्राई छाड्ने षड्यन्त्रको नेतृत्व गर्दै प्रचण्डले गरेका थिए । यो कुरा नेपाली जनतालाई पाच्य थिएन, जसकारण नेपाली जनताले एमाओवादीलाई ठूलो झापड दिए ।
नेपाली जनताले अहिले नै नेपाली सेनालाई आफ्नो सेना मान्दैनन् । मान्नुपर्ने गरी त्यस सेनालाई रूपान्तरण गरिएको छैन । यस्तो अवस्थामा खासगरी नेकपा माओवादी र उसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चा तथा क्रान्तिकारी, मुक्तिकामी जनताका विरुद्ध ६२ हजार नेपाली सेना देशव्यापी रूपमा परिचालन गरेर नेपाली जनतालाई तर्सर्ााे, मानसिक त्रास दिने जस्तो तानाशाही, फासीवादी नीति र योजनाको दिन डिजाइन र निर्देशन गर्ने काम गर्न पुग्यो त्यसको नेपाली जनताले आफ्नो भोटमार्फ् उत्तर दिन बाध्ये भए ।
अर्को कुरा पर्ूव घोषित र प्रजातान्त्रिक हक अधिकार भित्र रहेर नेकपा – माओवादीले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाले १० दिने नेपाल बन्दको आहृवान गर्यो, त्यसलाई दबाउन करिव २ लाख सुरक्षा फौजले नपुगेर अरवौँ राष्ट्रिय ढुकुटी वितरण गरेर निजी क्षेत्रलाई उक्सायो कालाव्यापारी र तस्कारलाई उचाल्यो र जनता जनता भिडाएर गृहकलह निम्त्याउने सभाको प्रयत्न एमाओवादीले गर्यो । त्यसको जवाफ पनि उसले जनताको भोटबाट पायो । किनकि सेना लगाउने पार्टीीई जनताले अनुमोदन गर्दैनन् । यो पनि उसको ठूलो हारको कारण बन्यो ।
अर्को कुरा एमाओवादीको अध्यक्ष प्रचण्डले आफूबाहेक यो दुनियाँमा अरु कोही पनि छैन । मबिना पृथ्वी पनि घुम्न सक्तैनन् भन्ने जुन घमण्ड र दम्भ थियो, त्यसको परिणाम उसको अर्को पराजयको कारण हो । प्रचण्डको त्यो घमण्ड र दम्भलाई जनताले तोडी दिए । चुनावमा एमाओवादीका उमेदवारहरूले काँग्रेस र एमालेका उम्मेदवारहरूलाई माथि माग्दै करोडौं होइन एउटै निर्वाचन क्षेत्रमा २ करोड खर्च गरे । त्यो रकम उनीहरूले कहाँबाट ल्याए – किन त्यति खर्च गर्नु पर्यो, जनताले त्यसलाई आफूलाई नपत्याएर किन्न खोजेको जस्तो मानेकै कारण एमाओवादीलाई कारवाही गर्न बाध्य भए । अरबौं खर्च गरेर हेलिकप्टरद्वारा प्रचण्ड – बाबुरामबाट चुनावको प्रचार गरियो त्यस परिणाम स्वरूप नेपाली जनताले एमाओवादीलाई कार्वाही गरेका छन् ।
अर्को कुरा पार्टी नीति, विचार कार्यक्रम, कार्यदिशालाई परित्याग गर्ने, पार्टीीभत्रका क्रान्तिहरूलाई पाखा लगाएर जुन पार्टीीई फुट्ने वातावरण बनायो पार्टी सम्पत्ति एकलौटी रूपमा हालिमुहाली गर्न जनताको बीचमा पनि जुन मन्दिरमा डामेर छोडी दिएका साढे झैं उन्मत्त हात्ती जस्तो भएर जनताका बीचमा पर््रदर्शन भएको कारण पनि एमाओवादी हारको कारण बन्यो ।
अन्तिम कुरा विचारको हो । एमाओवादी यसरी लज्जास्पद ढंगले नेपाली जनताद्वारा पराजीत हुनुको मुख्य कारण गलत विचार अवलम्बन गर्नु हो । यस विषयमा चिनियाँ कम्युनिष्ट पार्टी शिक्षाध्यक्ष तथा विश्व र्सवहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङले भन्नु भएको छ विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टी कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चिज प्राप्त हुन्छ । यदि अनुयायीहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन्, यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुनसक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब यो तानिन्छ पूरै जाल खुल्दछ । कमरेड माओका यी भनाइहरू ज्यादै मनन्योग्य छन् । माओले भन्नु भए झैं एमाओवाीले गलत कार्यदिशा अवलम्बन गरेकै कारण आधार इलाकाहरू, जनसत्ता, जनअदालत र जनकम्युनहरू र जनसरकारहरू गुमायो । जनमुक्ति सेना गुमायो, सहिदहरूको रगतले सारेका हतियारहरू गुमायो । पार्टर्ीी जनयुद्धै प्रक्रियाअर्न्तर्गतदेखि नेपाली क्रान्तिको कार्य दिशाको रूपमा जनताद्वारा, जनताको संविधान बनाउने उद्देश्य साथ निर्माण गरिएको पहिलो संविधानसभा गुमायो । पार्टीीभत्रका क्रान्तिकारी सहयोद्धाहरूलाई गुमायो । अन्तिममा विश्वलाई नै थर्काउन सफल भएका जनयुद्धलाई त्यो उचाइसम्म पुर्याउन सहयोग गरेका नेपाली जनतालाई पनि गुमाउन पुग्यो । अनि कहाँबाट चुनाव जित्ने –
त्यस्तै आफ्नै पार्टी उपाध्यक्ष बाबुराभ भट्टर्राईको नेतृत्वमा चलिरहेको सरकारलाई अपदस्त गर्राई आफ्नो अनुकूलको सरकार निर्माण गर्न अमेरिकी हृवाइटहाउस र दिल्ली दरबारको निर्देशनमा प्रचण्डले सातौं महाधिवेशनको हलबाटै खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने जुन सूत्र फेला पर्यो भनेर कर्ुर्ले, पहिल्यै काँग्रेस र एमालेहरूले अस्वीकार गरेका थिए पछि एउटै कित्ताका भएका कारण स्वीकारेर चैत्र १ को कालो काण्ड रचे त्यसको परिणाम नै यो लज्जास्पद हार हो ।
त्यस्तै अर्को कारण के हो भने एमाओवादीले आफूले भनेका कुरा सबैले मानिहाल्छन्, पत्याइहाल्छन्, विरोध गर्नै सक्दैनन्, हामीबाहेक त्यो तागत कोहीसँग पनि छैन, हामीलाई हराउन सक्ने तागत यो दुनियाँमा छैन, हामीले जे भने पनि लागू भई जान्छ भन्ने जुन दम्भ र घमण्ड थियो त्यसको परिणाम पनि त्यो लज्जास्पद पराजय हो भन्ने कुरा बुझ्न जरुरी छ ।
अझैं अगाडि बढेर एमालेबाट कुनै शिक्षा नै त लिएर एमाले र नेपाली काँग्रेसलाई समेत उछिन्दै सत्तामा पुग्न र सत्तामा टिकीरहने उद्देश्यले साम्राज्यवादी तथा विस्तारवादीहरूको नयाँ दलाल बन्ने र सिक्किमीकरण प्रक्रियाबाट नेपाललाई भारतमा गाभ्ने योजना कार्यान्वयनको मुख्य हर्ताकर्ता बन्न पुग्यो यो कुरा जनताले पचाउने विषय भएन त्यसको परिणाम उसले लज्जास्पद पराजय भोग्न बाध्य हुनुपर्यो ।अब क्रान्तिको बाटो तय गरिसकेका क्रान्तिकारी कम्युनिष्टहरूले एमाओवादीबाट माथि उल्लेख गरिएमा विषयहरूबाट शिक्षामा लिन जरुरी हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु