राष्ट्रसंघ होइन, गुण्डासंघ – भरत दाहाल

२०७० कार्तिक २२ गते, शुक्रबार

पाकिस्तानमा ड्रोन हमलाबाट दिनहुँ दर्जनौं निरपराध पाकिस्तानीहरु मारिंदा राष्ट्रसंघले विरोध गरेको छ ? छैन, किनभने आक्रमण अमेरिकाले गरिरहेको छ । भारतको छत्तिसगढ र तेलंगानामा माओवादीका बहानामा भैरहेको वर्वर दमनका विरुद्धमा त्यहाँका नागरिकहरुको बाँच्न पाउने अधिकारका पक्षमा राष्ट्रसंघ बोलेको छ ? छैन, किनभने सो दमन त्यहाँका आदिबासीहरुको जमिन हड्पेर बहुराष्ट्रिय कम्पनिहरुलाई सुम्पिएको निर्णयलाई कार्यान्वयन गर्नका लागि भैरहेको छ । यूरो–अमेरिकी गठबन्धनले सिरिया, लिबिया, इराकमा मचाइरहेको ताण्डव नाच र इरान तथा उत्तर कोरयिाका विरुद्धमा सुरु गरेको उत्तेजनात्मक कार्वाहिका बारेमा राष्ट्रसंघ बोलेको कसैलाई थाहा छ ? छैन, किनभने ति घटनाहरु क्रमसः खाडिको तेल कब्जा गर्ने र चीनको घेराबन्दी गर्ने साम्राज्यवादी षडयनत्रका परिणामहरु हुन् । नेपालमा दरबार हत्याकाण्ड जस्तो विश्वकै विभत्स घटना हुँदा राष्ट्रसंघले कुनै चासो राख्यो ? राखेन, किनभने सो घटना त्यसका अन्नदाताहरुले घटाएका थिए । कमजोर देशहरुलाई रासायनिक हतियारहरु राखेको र जनताको दमन गरेको बहानामा महिनैपच्छिे नाकाबन्दीको प्रस्ताव पारित गर्ने राष्ट्रसंघले शक्ति राष्ट्रहरुले थुपारेका घातक परमाण अस्त्रहरुका विरुद्धमा कहिल्यै नाकाबन्दीको प्रश्न उठाएको छ ? छैन, किनभने त्यसको कुनियत कमजोर देशहरुलाई च्याँपेर साम्राज्यवादीहरुको हात बलियो पार्ने उद्देश्यमा केन्द्रित छ । आफूले पारित गरेको आदिबासी जनजाति हक संबन्धि आइएलओको १६९ धारा कार्यान्वयन गर्न नेपाल जस्ता कमजोर देशहरुलाई धम्काउने त्यसले यहि धारा भिटो अधिकार प्राप्त देशहरुले आजसम्म अनुमोदन नगर्दा तिनीहरुलाई कहिल्यै धम्काएको छ ? छैन, किनभने सो धारा कमजोर देशहरुभित्र द्वन्द गराएर साम्राज्यवादीहरुलाई घुस्ने आधार बनाउनका लागि मात्र पारित गरिएको हो ।
यस्ता सैंयों उदाहरणहरु छन्, जसले के सावित गर्दछन् भने राष्ट्रसंघ विश्वका सबै देशहरुमा समान व्यवहारका आधारमा शान्तिका लागि काम गर्ने संस्था नभएर साम्राज्यवादी गुण्डाहरुको संघ हो । भारत तात्कालिन सोवियत संघको धुरिभित्र रहेको रिसमा काश्मिरमा जनमत संग्रह र आत्मनिर्णयको अधिकारको पक्षमा प्रस्ताव पारित गर्ने त्यसले भारत पश्चिमी धुरिमा मिसिएपछि सो मुद्दा उठाउनै छोडिदियो । इन्दिरा गान्धिलाई तह लगाउन बेलायतमा स्वतन्त्र खालिस्तानको योजना बनाउन सघाएको त्यसले इन्दिरा गान्धिको हत्या सफल भएपछि शिख आन्दोलनलाई तितरवितर पारिदियो । चीनमा कुनै व्यक्तिले प्रदुषित वायू छोड्दा विश्व समाचार बनाउने त्यसले स्पेन, फ्रान्स, अमेरिका, बेलायत, ग्रिस, साइप्रस आदिमा बेरोजगारिका विरुद्ध दशौं लाखको प्रदर्शनमाथि बर्बर दमन गरिंदा चुईंक्क सम्म गरेन । किनभने ति प्रदर्शनहरु साम्राज्यवादको मजदुरमारा नीतिका विरुद्धमा गरिएका थिए । यस्ता छद्म गुण्डा संस्थाहरुको भूमिकालाई सदैव होसियारिपूर्वक अबलोकन गर्नु पर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु