दलालका मतियारहरुले फैलाएका अफवाहहरु – जनक महतारा

२०७० कार्तिक १५ गते, शुक्रबार

आज ने.क.पा.– माओवादी र यसको नेतृत्वलाई बदनाम गराउने उद्देश्ले ठग र कुतर्कपूर्ण राजनीतिको वेश्यावृर्तिमा जीवन धानिरहेका केहि भाट, चाटुकार र चाकरहरुले सत्यमाथी पर्दा हाल्ने काम गरिरहेका छन् । यिनिहरुको दिमाग संसदीय सुधारवादी दलालहरुको रबैयाबाट सञ्चालन हुने गर्छ । यिनिहरु युगबोध देखि डराउँछन्, क्रान्तिकारी जागरण देखेर लघुतावोधमा डुब्छन् र आफ्ना सारा अपराधहरुको सामुन्नेमा गजबको पर्दा हाल्छन् । क्रान्तिको कुरा, समानताको कुरा, क्रान्तिकारी पार्टी निर्माण र जनताको अधिनायकत्वको कुरा यिनको टाउँको दुखाईको विषय बन्छ । अनि आफ्ना छली–कुर्कमहरुलाई छोप्न सत्यमाथी जाईलाग्ने गरेका छन् । कुरा स्पस्ट छः जसले विस्तारवादी शक्ति र संसदवादी पार्टीहरुसंग मिलेर क्रान्तिकारी पार्टीलाई विर्सजन र बिद्धठनमा पु¥यायो, त्याग समर्पण र वलिदानको जगबाट निर्माण भएको जनमुक्ति सेनाको अपमानपूर्ण बिघठन ग¥यो, कम्युनिस्ट क्रान्तिकारी आर्दश, निष्ठा, विधि, प्रद्धति र मुल्य मान्यताहरु तोडेर संसदीय सुधारवादको महिमागान गायो, सत्तामा पुग्न र कुर्चिमा टाँसिरहन बिदेशीको दलाली र प्रभुको पुँजामा रात बितायो, आफैले उठाएका सुशासनका नारा टुकुचामा फ्याँक्यो, जनजीविकाका नारा पैतालाले कुल्च्यो, भूमिसुधारको बिरुद्ध सामन्तका जग्गा जमिन फिर्ता गरेर चाकडी ग¥यो र एकाबिहानै सुकुम्वासीको छातीमा डोजर गुडाएर निर्धा दुःखीको मन रुवायो उसैले आज देश र जनताको अधिकारको शुनिश्चितता र क्रान्तिका ऐजेण्डाहरु बोकेर क्रान्तिपथमा हिडेको पार्टीलाई यथास्थितिवादीहरु संग साँठगाठ ग¥यो भनेर पत्तुर र काईते आरोप लगाउँने ? यो बहिष्कार अभियान हो, यसमा यो लाई भोट देऊ त्यो लाई नदेऊ फलानोलाई जिताउनुपर्छ ढिस्कानोलाई हराउनुपर्छ भनेर भन्नु वा गर्नु ने.क.पा.–माओवादीको लाईन, नीति र सिद्धान्त विपरीत कुरा हुन् । यसमा कोहि पनि क्रान्तिकारीहरु भ्रममा नपरौं, दलालहरुको कलोमा बाँचेका पाल्तुहरुले सामाजिक सञ्जाल मार्फत फैलाएका यि कुर्तकपूर्ण अफवाह मात्र हुन् । यिनिहरुले क्रान्तिको जागरणबाट आफ्नो जीवनको समाप्ती देखेका छन् । दलालका मतियारहरुले फैलाएका भ्रमहरुको चिरफार गर्दै कथित चुनाबी नौटंकी बिरुद्ध शसक्त संघर्षको सुरुवात गरौ. । दलालहरुले सिर्जना गरेको राष्ट्रिय संकटलाई राष्ट्रिय मुक्तियुद्धमा बदलौं । अबका केहि दिन निकै महत्वका हुनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु