माओवादीदेखि अत्तालिए दलालहरू – हस्तबहादुर के.सी

२०७० कार्तिक ९ गते, शनिबार

साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाली दलालहरू नेकपा- माओवादीदेखि निकै अत्तालिएका छन्, आत्तिएका छन् त्रसित मुदामा छटपटाउँदै ६२००० हजार नेपाली सेना माओवादीका विरुद्ध देशव्यापी रुपमा परिचालन गरेका छन् । दश हजार, अठ्ठाइस मतदान केन्द्रमा ४० जनाका दरले नेपाली सेनाका एउटा प्लाटुनलार्य उपस्थित गराइसकेका छन् । र नेकपा – माओवादीको उच्च नेतृत्व सहित सैयौ माओवादीका नेता, कार्यकर्ताहरूलाई निगरानीमा राख्न गृहमन्त्रालयले सुरक्षा फौजलाई निर्देशन सकेको छ । अहिले गृहमन्त्रालयको निर्देशनमा पुलिसले देशव्यापी रुपमा नेकपा- माओवादीका नेता, कार्यकर्ताहरूको रेकर्ड र नाम, लिस्ट संकलन गरिरहेको छ । साथै माओवादीका कार्यकर्ताहरुलार्य धरपकड गर्ने र काँग्रेसी शैलीमा झुठा मुद्दा लगाउन थालिसकेको छ । माओवादी भन्नाले यहाँ नेकपा- माओवादी भन्ने बुझ्नु पर्ने हुन्छ भने एमाओवादी भन्नाले एकिकृत नेकपा -माओवादी) भन्ने बुझ्नु पर्ने हुन्छ । अहिले माओवादीका नेता, कार्यकर्ताहरूको गतिविधि बुझ्नका लागि हजारौंको संख्यामा सादा पोषकका सुरक्षाकर्मीहरू देशव्यापी रुपमा परिचालन गरिएको छ ।
ढुक्क छैनन् साम्राज्यवादी र विस्तारवादीका दलालहरू मंसीर ४ गतेकै मितिमा तथाकथित दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न गर्दछौं भनेर । माओवादीले विथोल्ने भयो भन्ने डर भयवित भएर टाइफाइडको विरामीले उच्च ज्वरोको कारण होस् गुमाएर बर्बराएझैं बर्बराउँदै हिड्न थालेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले माओवादीलाई नल्याई संविधान बन्दै बन्दैन, त्यसो भएर निर्वाचनपछि सरकारले मनोनित गर्ने २६ सीट नै माओवादीलाई दिन हामी तयार छौं भन्दै हिडेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले पनि यही आसयको अभिव्यक्ति दिँदै हिडेका छन् । प्रचण्डले माओवादीलाई ५० वटा सीट दिए पनि आफ्नो पार्टीीई आपत्ती नहुने अभिव्यक्त दिँदै हिडेका छन् ।
दलालहरूको यस प्रकारको अभिव्यक्तिबाट दुइवटा अर्थ लगाउन सकिन्छ । पहिलो कुरा त उनीहरू माओवादीदेखि निकै डराएर अत्तालिएका छन् र मंसीर ४ गते कथित निर्वाचन पुरै विथोलेर ध्वस्त पारि दिन्छ कि भन्ने डरले राती न्रि्रामा पनि बर्बराउँछन् र बरु त्यही २६ सीट दिएरै भएपनि माओवादी थन्क्याउने सकिन्थ्यो भनेर मनोगतवादी भएर बर्बराउन थाल्दछन् । यो कुरा सत्य पनि अब माओवादीले दलालहरूलाई आनन्दले निर्वाचन सम्पन्न गरेर द्ध/५ वर्षम्म बानेश्वरको सभा भवनमा जम्मा भएर सुखसीत खान बस्न दिन्न भन्ने कुरा बुझि सकेका छन् । यस्तो अवस्थामा माओवादीलाई जसरी भएपनि ल्याउन पाए हाइसुखै हुने थियो भन्ने मोडमा पुगेर नै त्यसरी बर्बराउन पुगेका हुन् । अर्को कुरा के हो भने माओवादीका नेताहरूलाई लोभ्याएर ल्याउन सकिन्छ कि भन्ने उट्पट्याङ्ग र पाखण्डपूण् अभिव्यक्ति पनि हो । तेश्रो कुरा माओवादीलाई केही सिट दिन लागेको बहानामा आन्दोलनलाई मत्थर पार्ने प्रयास हो । चौथो कुरा केहो भने हामीले यति सीट दिँदा पनि आउन नमान्ने भनेको साच्चिकै निर्वाचन विथोल्ने मनसाय नै हो भन्ने निहुँ बनाएर माओवादीका विरुद्ध भीषण दमन गर्ने षड्यन्त्रका साथ दलालहरू यसरी बर्बराउँदै हिडेका पनि हुन सक्छन् । किनकि दलालहरू निकै जाली र सिल्ली हुन्छन् । समग्रतामा के बुझ्नु पर्ने हुन्छ भने दलालहरूले जे जस्ता अभिव्यक्ति दिएका भए पनि, जस्तो सुकै भाषा प्रयोग गरिरहेका भएपनि उनीहरू माओवादीदेखि निकै अत्तालिएका छन् ।
नअत्तालिउन पनि कसरी उनीहरू किनकी माओवादी पार्टी १५ महिना पहिले मात्रै बनेको पार्टी। त्यो पनि माओवादीको नवसंशोधनवादी समुहसीत सम्बन्ध विच्छेद गरेर बनेको नयाँ ढंगको क्रान्तिकारी पार्टी। यो कुनै संसदीय बुर्जुवा सुधारवादी पार्टीीनि होइन । यो नेपाली र्सवहारा वर्गको उच्चस्तरको संगठित राजनीतिक संस्था र अग्रदस्ता हो । दलालहरूले पहिलो संविधान सभाको अवसान गराएपछि मात्र माओवादीको गठन भएको हो । यसको मुख्य कार्यभार त मजदुर किसानको एकतामा आधारित नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवादमा संक्रमण गर्ने राज्यव्यवस्था स्थापना गर्ने हो । अर्थात् माओवादीको न्यूनतम लक्ष्य नयाँ जनवाद हो भने उच्चतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद हो ।
माओवादीले संविधान सभालाई कार्यनीतिका रुपमा प्रयोग गर्ने नीति बनाउँदै आएको छ । यसलाई रणनीतिक लक्ष्य मान्दैन । एमाओवादी एमाले लगायतका संशोधनवादी शक्तिहरूले संविधान सभालाई रणनीतिक लक्ष्य बनाउँदै आएका छन् र संसदीय भाषमा डुबी सकेका छन् । उनीहरूले यही फोहरी पुँजीवादी गणतन्त्रलाई संस्थागत विकास गर्न चाहन्छन् । यही व्यवस्थालाई टालटुल पारेर अगाडि बढ्न चाहन्छन् । तर उनीहरू त्यही व्यवस्थालाई हामी खाने अवस्था पनि नभएकाले उनीहरूले साम्राज्यवाद र विस्तारवादका सामु लमपसार परेर आत्मर्समर्पण गरिसकेका छन् । महाप्रभुहरूको दलालली, चाकडी गरेर आफ्नो गिरी सकेको अस्तित्व बचाउन चाहन्छन् ।
साँचो कुरा के हो भने माओवादीले ऐतिहासिक पोखार बैठकबाट पहिलो नम्बरमा साम्राज्यवादी र विस्तारवादीहरूको ग्राइण्ड डिजाइनमा गर्न लागिरहेको कथित दोश्रो संविधान सभा निर्वाचन बहिस्कार गरेर ध्वस्तै पार्ने र जनव्रि्रोहको लागि तयारी गर्ने निर्ण्र्ागरेको थियो भने दोश्रो माओवादीले पोखरा बैठकबाट दलालहरूसीतको वार्ताको ढोकालाई पनि खुलै राख्ने निर्ण्र्ागरेको थियो ।
ऐतिहासिक पोखरा बैठकको निर्ण्र्ाबमोजिम माओवादीले ३३ दलीय राजनीतिक मोर्चाको समेत नेतृत्व गर्दै दलालहरूसीत जुन वार्ताको थालनी गर्यो त्यसबखत वार्ताकै प्रक्रिया अन्तरगत दलालहरूले माओवादीलाई आफूहरू जस्तै संसदीय पार्टीीनाउन चाहन्थे । माओवादीलाई पनि संसदीय भाषामा डुबाइदिन चाहन्थे । त्यति मात्र होइन दलालहरूले माओवादीलाई पनि आफूहरू जस्तै साम्राज्यवादी र विस्तारवादीहरूका नयाँ र भरपर्दा दलाहरू बनाउन चाहन्थे । अझैं अगाडि बढेर दलालहरूले माओवादीलाई नेपाललार्य सिक्किमीकरण गर्ने राष्ट्रघाती दस्तावेजमा हस्ताक्षर गराउन चाहन्थे । उनीहरूको योजना यहाँसम्मको बनिसकेको थियो ।
स्मरण रहोस् दोश्रो नम्बरमा दलालहरूले यी तमाम प्रकारका तिकडमवाजी र षड्यन्त्र चाहेन र नेपाललाई सिक्किमीकरण गर्ने दस्ताबेजमा हस्ताक्षर गर्न पनि मानेन भने उसलाई भीषण दमन गरेर सिध्याई दिने योजना बनाएका थिए । ती वार्ताहरूमा माओवादी र उसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चा कत्ति पनि झुक्न चाहेन । आफ्नो नीतिः लक्ष्य र अडानमा कत्ति पनि टसकोमस गर्न चाहेन । ३३ दलीय राजनीतिक मोर्चा पनि आफ्नो नीति योजना र अडानबाट टसकोमस हुन चाहेन । बरु कथित निर्वाचनलाई सशक्र र सक्रिय रुपमा बहिष्कार गर्न दृढ रहृयो । १०/१० दिनसम्मको आम हड्ताल, नेपाल बन्दको आहृवान गर्न पुग्यो । त्यसपछि दलालहरू निकै अत्तालिएर भयवित मुद्रामा रहेर माओवादी र उसले नेतृत्व गरेको ३३ दलीय राजनीतिक मोर्चाका विरुद्ध दरबन्धी रुपमा ६२००० हजार नेपाली सेना परिचालन गरेर माओवादी समेतको ३३ दलीय राजनीतिक मोर्चालाई कथित संविधान सभाको निर्वाचनको बहानाबाजी गरेर भीषण दमनद्वारा सिध्याइदिने निस्कर्षा पुगेपछि अध्यायदेश मार्फ दिल्लीको आदेशमा अन्तरिम संविधान २०६३ लाई संशोधन गरेर नेपाली सेना परिचालन गर्न तयार भएका हुन् ।
नेकपा – माओवादी एक जनआधारित पार्टी। जनताले ठूलो विश्वास गरिएको पार्टी । यसबाट दलालहरू अत्तालिएर डराएर नेपाली सेनाको आधार हिस्सा समेत माओवादीका विरुद्ध संविधानको समेत संशोधन गरेर देशव्याी रुपमा परिचालन गरिनुले पनि माओवादी पार्टीीनताका बीचमा ज्यादै लोकप्रिय र जनआधारित पार्टी भन्ने पुष्टि गरेको छ । र दलालहरू माओवादीदेखि निकै अत्तालिएर सेना परिचालन गरेरै भए पनि कथित निर्वाचन सम्पन्न गर्ने पक्षमा पुगेका छन् तर मंसीर ४ मै निर्वाचन सम्पन्न गर्ने विषयमा ढुक्क भने छैनन् । यस्तो अवस्था के कुरा साँचो हो भने फलाम तातेकै बेला पिट्ने हो मात्र चेप्टिने गर्दैछ । अहिले दलालहरू निकै डराइरहेका छन् । अत्तालिएका छन् यही बेला माओवादीले बहिष्कार अभियानलाई सशक्ति रुपमा अगाडि बढाएर ध्वस्तै पानुको विकल्प छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु