जनतामा भ्रम छर्ने अर्को श्रृंखला – विजय नरसिंह के.सी.

२०७० कार्तिक ९ गते, शनिबार


जनताको शान्ति र सम्वृद्धिको चाहनाले ल्याएको ०४७को संविधान र ०६३ ०६४ पश्चात संविधान सभामा उत्साहित भएर मतदान गरी जनप्रतिनिधि चुनिएता पनि राजनीतिक दलका नेताहरु नै विदेशीका दलाल भएका तथ्य घटनाक्रमले पुष्टि गर्दै आईरहेको छ । ०४६ को आन्दोलन पश्चात नेपाली काँग्रेसका नेता गिरिजा प्रसाद कोईरालाको सत्तामा वर्चश्व रहेको थियो भने गिरिजाको उत्तर्रार्धमा आतङ्ककारी घोषित प्रचण्डलाई भारतको मध्यस्थतामा १२ वुँदे सम्झौताको जगमा ०६२/०६३ को आन्दोलनको वाहनामा एकाएक जङ्गलवाट झिकेर राजनीतिक मुलधारमा ल्याई सत्ता सुम्पिनु र राजनीतिक वर्चश्वता पाउने कार्य भयो । दुवै आन्दोलनमा भारतको भूमिका रहनु र दई व्यक्ति नै ग्रयाण्ड डिजाईनको मोहराको पारितोषीकका रुपमा सत्तामा हालीमुहाली गर्दै विभिन्न वाहानामा नेपालको उद्योग धन्दालाई खत्तम पार्ने र असमान सन्धि सम्झौता र अराजक परिस्थिति सृजना गरि देशलाई पराधिन वनाउनमा सहयोग गरी राष्ट्रियता र स्वाधिनता कमजोर वनाउने साधनको रुपमा प्रयोग भईरहेको र्सार्वभौम नेपाली जनताले पत्ता नै पाएनन ।
आम जनताका चाहना माथि तुषारापात गर्दै सत्ता र भत्तामा हाली मुहाली गर्दै विदेशी स्वार्थमा अवैधानिक तवरले र्सव सम्मत विश्वको र्सवाेत्कृष्ठ लोकतान्त्रिक संविधान लत्याउनु र संविधान सभामा यति प्रतिशत र उति प्रतिशत काम सकियो समय थप गरिपाउँ भन्दै जनतालाई झुक्काउँदै २ वर्षा लािग गठित संविधान सभाको म्याद आफैं थप्दै निर्लज्ज ४ वर्षअप्राकृतिक गठवन्धनवाट सत्ता र भत्तामा रजार्ँइ गरि भ्रष्टाचारमा लिप्त रहँदै राष्ट्रघाती विप्पा सम्झौता, गैर नागरिकलाई वंशजका आधारमा नागरिकता वितरण, भारतलाई विमानस्थलको सुरक्षाको जिम्मा लगाउने, असमान तवरले जलस्रोतको सन्धि गर्ने कार्य गरेका र अन्त्यमा सुनियोजित रुपमा उपलब्धि विना नै संविधान सभा विघठन गरिएको घटनाले संविधान विहिन अवस्थामा देशलाई पुर्याएको आम जनताले विर्सर्ेे छैनन । विगतको संबिधान सभाद्धारा भारत र विदेशीहरुको उदेश्य र स्वार्थ पुरा गर्न सफल भए तर नेपाली जनताले भने संबिधान प्राप्त गर्न सकेन । त्यो संबिधान सभाबाट केवल विदेशीहरुको हालीमुहाली र अधिनस्थ थोपर्ने काम मात्र भयो ।
नियोजित रुपमा संविधान सभा विघटन गरिनु र राजनीतिक भुमिका कर्ताहरुले संविधान वनाउन अर्समर्थ भएका कारणहरुलाई गुमराहमा राख्ने प्रयास गर्दै चार दलिय सिण्डिकेटको आधारमा असंवैधानिक अलोकतान्त्रिक निर्दलीय सरकार निर्माण गरी पक्षपाती निर्वाचन पश्चात शासकीय स्वरुपमा १ वर्षभित्र संविधान वनाउने वताई रहदा ३ वर्षसंसदिय व्यवस्थामा आधारित शासन व्यवस्था चलाउने प्रकृया संसदिय व्यवस्थ्ाामा नै कार्यकारी प्रमुख प्रधानमन्त्री स्वीकार गर्ने, राजासंस्थालाई धार्मिक अधिकार दिई धर्म निरपेक्षता संस्थागत गर्ने तथा प्रदेशको संघियताको विषयमा जनमत सड०ग्रह गर्ने वाहनामा संघियतालाई ओझेलमा पार्ने आन्तरिक सहमत गर्ने राष्ट्रिय आत्मसमर्पाण चिन्तनबाट देशलाई नवउपनिवेश वनाउँदै विदेशीको चाहना वमोजिमको सरकार वनाएर नेपालको जलस्रोत भारतलाई वुझाई सत्ता र भत्तामा विगतमा जस्तै हाली मुहाली गर्ने षडयन्त्र भईरहेको छ । भारत र पश्चिमा शक्तिको प्रभावमा प्रायोजित नव उपनिवेशवादको संविधान तयार पारिएको, उनीहरुकोर् इशारामा चिनलाई घेरावन्दि गर्न फरक मतलाई निषेधको राजनीति गरी अलोकतान्त्रिक र असंवैधानिक तवरले सेनाको घेरा भित्र निर्वाचन गराउन तत्परता देखाउँनु र १ वर्षभित्र संविधान वनाउने गोप्य सहमति गरेका कारण नै मंसिर ४ गतेको निर्वाचनलाई षडयन्त्रको महत्वपुण् कडीको रुपमा प्रयोग गरिरहेका छन् ।
विगतमा संविधान वनाउन नसकिएको विवादित विषयहरुलाई यथावत राखिएको छ भने पहिलो संविधान सभामा गरिएको सम्झौता विपरितका घोषणा पत्रको आधारमा चार राजनीतिक दल आ आफनै डम्फु वजाउँदै अगाडि वढिरहने र १ वर्षभित्र राष्ट्रिय स्वार्थमा सहमतीय संविधान वनाउन सकिने वताउनु हास्यास्पद अभिव्यक्ति हो । एनेकपा माओवादीले लाल झन्डाको साहरामा संगठन विस्तार गरि ४२ वुदे माग माथि जनयुद्धको वलिदानलाई धोकेवाज चरित्र पर््रदर्शन गर्दै विदेशिको दलाली गर्दै माओवादको सिद्धान्त विपरित सत्ता स्वार्थका लागि सामाजिक सदभाव विथोल्ने जातिवादी संघियता मुद्दा उछाल गरेर संविधान सभालाई असफल वनाएका असक्षम, भ्रष्टाचारको मुद्दा खेपिरहेको र हत्याको अभियोग स्वीकार्दै विधिको शासनलाई लत्याउने प्रचण्ड असफलताको शिखरमा वसेर फुटेको राजनीतिक दलको नेतृत्वमा अधिनायकवाद चरित्रमा निषेधको राजनीति गर्ने खलनायक स्वघोषित राष्ट्रिय नेता वन्ने वनाउने एनेकपा माओवादीको चरित्र स्खलित मानसिकता हो ।
स्वाधिनता र राष्ट्रियता रक्षा गर्ने, सिद्धान्त निष्ठ रहेर त्याग र वलिदानको प्रतिमुर्ति तथा राजनतिक शक्तिहरु वीच समयको माग वमोजिम सहमतीय प्रयासमा लोकतान्त्रिक पद्दतीमा विधिको शासनमा अडिग भएकाले जनताद्धारा विश्वास गरिएका प्रतिपक्षी नेताको रुपमा राष्ट्रिय स्वाधीनताको मुद्दालाई उठाउँदै मोहन वैद्य किरण पक्षधर सँग प्रतिस्पर्धा गर्न खोज्नु चार राजनीतिक दलहरु राष्ट्रघातीको कित्तामा विदेशीहरुलाई राजनीतिक सत्ता अधिनस्थ गर्न खोजेका हुन भन्ने तथ्यले चरित्रहिन, नैतिकता विहिन र विवेक शून्यताको पराकाष्ठाको पुष्टि गरिरहेको छ ।
असक्षम र असफल सावित भएका सिद्धान्त विहिन चार दल दोश्रो संविधान सभाको निर्वाचन पश्चात पनि जनताको र देशको पक्षमा काम गर्दछन भन्ने विश्वास गर्ने आधार गुमाई सकेको छ भने असंवैधानिक तथा अलोकतान्त्रिक तवरले जनआन्दोलनको उपलब्धिलाई कुल्चेर चार दलिय सिण्डिकटमा सेनाको घेरावन्दिमा समेत नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने संविधान सभाको निर्वाचन गराउने दुस्साहस देश र जनताको अपेक्षा माथि अर्को धोका हो । विदेशी सामु आत्मर्समर्पण गर्दै देशको स्वतन्त्रता तथा स्वाधिनतालाई वन्धक वनाउँदै निषेधको राजनीति गर्दै परिवार वाद, सत्ता स्वार्थमा झुट र भ्रमको चलखेल गरिरहेका सैद्धान्तिक मूल्य र मान्यता विपरितका कृयाकलापले पहिलो संविधान सभामा जारी गरिएको घोषण पत्र प्रति जवाफदेहिता नभएको पर्रि्रेक्षमा जनविश्वास गुमेको हुँदा दोश्रो निर्वाचनका लागि फेरि नेपाली जनतामा भ्रम र्छन प्रतिवद्धता पत्र ल्याउनु नेपाली जनतालाई अर्का धोका दिने मनशाय मात्र देखिन्छ ।
संविधान सभा असफल भए पश्चात सड०क्रमण कालमा गुज्रिरहेका अवस्थामा विभिन्न राष्ट्रहरुको स्वार्थ र प्रभाव वढेको कारण राजनीतिक दलहरु विभिन्न खेमामा विभक्त भएको परिस्थिति तथा ११ वुँदे सहमतीले निकटता ल्याएका धोकेवाज, सिद्धान्त विहिन राजनीतिक दल आसन्न निर्वाचन पश्चात विगतमा जस्तै छेपारोले जस्तै रङ्ग वदल्न सक्ने परिस्थिति छ भने नेकपा-माओवादीको नेतृत्वको ३३ दलिय मोर्चा आन्दोलनरत दललाई उपेक्षा गरी सम्पन्न हुने निर्वाचनले अन्योलको परिस्थिति लम्ब्याई रहेने शंका छ ।
र्व्ार्तमान परिवेशमा राजनीतिक असहमतीबाट र्सार्थक निकास निकाल्न र राजनीतिक सन्तुलन कायम राख्न आन्दोलनरत ३३ दलिय मोर्चालाई सहमतीमा ल्याई उचित समयमा निष्पक्ष स्वतन्त्र तथा भय रहित निर्वाचन गराउनु नै राम्रो विकल्प हो । तर सम्वन्धित निकाय दिर्घकालिन निकासका लागि उचित कदम चाल्न अग्रसर हुन पर्दथ्यो तर सकिएन । किनभने आत्मसमपर्ण्ा वादी चरित्रका दलाल पथ राजनीति नेताहरुका कारण नै विदेशी शक्तिले जरो यसरी जमाई सक्यो कि स्वाधिनता र राष्ट्रियताको रक्षा गर्न देश भित्रवाट नै र्सार्थक निकास निस्कन अर्काे नया आन्दोलनको खाँचो रहेको देखिन्छ । तर्सथ राष्ट्रवादी शक्ति र नेकपा- माओवादीको नेतृत्वको ३३ दलिय गठवन्धनको सह सस्थित्व र सहकार्य गर्दै राष्ट्रियता र स्वाधिनताको लागि पराधिन मानसिकताका विदेशी दलालहरुसँग दरिलो रुपमा प्रतिवाद गर्न दिर्धकालिन विशेष रणनीति वनाई देशभक्त राष्ट्रवादी जनतालाई साथ लिई अगाडि बढन आवश्यक देखिन्छ ।

लेखकः नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका महासचिव हुन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु