भोट माग्नेहरु जवाफ छ ? – भारत दाहाल

२०७० कार्तिक २ गते, शनिबार

भोट माग्नेहरु, तिम्रो घोषणापत्रमा कालापानी, सुस्तादेखि मानेभञ्ज्याङसम्मको भारत अतिक्रमित भूमि नेपालको हो भनी लेखिएको हुन्छ कि हुँदैन ?, देश लुटेरा अपराधीहरुको सम्पत्तिको राष्ट्रियकरण र त्यस्तामाथि कारवाहिको प्रतिबद्धता हुन्छ कि हुँदैन -, देशलाई लुटेर जोडिएको तिमी त्रि्रा आसेपासेहरुको जायजेथाको स्वेतपत्र जारी गर्ने बाचा हुन्छ कि हुँदैन ?, सन् १९५० लगायतका अपमानजनक सन्धिसम्झौताहरुको खारेजीको विषय पर्छ कि पर्दैन -, भारतीय अतिक्रमणको मुख्य स्रोतका रुपमा रहेको खुला सिमाना बन्द गर्ने संकल्प हुन्छ कि हुँदैन ?, ‘जन्म’का आधारमा बाँडिएका नक्कली नागरिकताहरुको खारेजीको बचनबद्धता हुन्छ कि हुँदैन ?, विदेशिएका नेपालीहरुको रोजगारीसहित घर फिर्तीको कार्यक्रमिक योजना हुन्छ कि हुँदैन ?, देशभित्रका बेरोजगारहरुलाई रोजगारीको ग्यारेन्टीसहितको विकास योजना हुन्छ कि हुँदैन -, किसानहरुद्वारा उत्पादित उपभोग्य सामग्रीहरुको बजार र मूल्यको ग्यारेन्टीको बचन हुन्छ कि हुँदैन ? , आफ्नै पार्टीको विदेशी गुप्तचरहरुलाई निकाल्ने इच्छाशक्ति प्रकट हुन्छ कि हुँदैन ?, वीरेन्द्र, मदन भण्डारी, जमिम साहहरुका हत्याराहरुमाथि कारवाहीको अडान हुन्छ कि हुँदैन ,? नेपालभित्र भारतीय पुलिस र सेनाहरुको आक्रमणकारी घूसपैठको निन्दा हुन्छ कि हुँदैन ?, आफ्नो पार्टीको सामन्ती व्यक्तिवादी संरचनाको लोकतान्त्रिकीकरण गर्ने प्रतिज्ञा हुन्छ कि हुँदैन ?, आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न विदेशि दूताबासहरु बन्द गर्न देशभक्तिको आवाज हुन्छ कि हुँदैन ?, भ्रष्टाचार, लुट, विदेशीको दलाली गर्ने दलहरुमाथि प्रतिबन्धको व्यवस्था हुन्छ कि हुँदैन ?, अनाहकमा मारिएका २० हजार नेपाली र तिनका परिवारहरुको जीवनको भर्पाइ हुन्छ कि हुँदैन ? , अघिल्लो संविधानसभालाई शिखण्डीहरुको मञ्च बनाएकोमा प्रायश्चित हुन्छ कि हुँदैन ?, फेरि संविधान नबने खाएको तलब भत्ता सावाँ ब्याजसहित तिर्न कबोल हुन्छ कि हुँदैन ?, निर्वाचितहरुले बाचानुसार काम नगरे पदबाट बर्खास्त गर्ने मतदाताको प्रत्याहृवानको अधिकार हुन्छ कि हुँदैन?
भोट माग्नेहरु त्रि्रो घोषणापत्रमा तिम्रो तन्त्रले देश किन भाँड्यो भन्ने प्रश्नको जबाफ हुन्छ कि हुँदैन ? यदि यीमध्ये कुनै पनि कुराहरु हुँदैनन् भने त्रि्रो चुनावी घोषणापत्रमा देश र जनताका लागि बाँकी के हुन्छ – यी कुनै पनि कुरा नहुने त्रि्रो चुनावसँग देश र जनताको के सम्बन्ध हुन्छ – त्रि्रो नेपालीपन अब के कुराले बाँकी राख्दछ ? विदेशीहरुको रणनीति कार्यान्वयन गरेर र तिनीहरुप्रतिको बफादारितासिद्ध गरेर कुर्सीमा पुगी देश लुट्ने तथा राज्यको पुनर्संरचनाको बहानामा विदेशी योजनामा देशको बँटवारा गर्ने मात्र तिमीहरुको योजना हो भने तिमीहरु गर्भमै तुहिनु पर्ने मातृघातीहरु हौ । तिमीहरुजस्ता ‘साइलक’हरुलाई भोट हाल्नुभन्दा अरु एक पुस्ता कष्ट बेहोरेर सदाका लागि त्रि्रो चंगुलबाट मुक्त हुन उचित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु