महिनावारीको रगत मिसाएर मालिकलाई कफी

२०७० जेष्ठ १५ गते, बुधबार

काठमाडौं,: सिङ्गापुरको एक घरमा काम गर्दै आएकी एक महिलाले आफैले काम गर्ने घरका सदस्यहरुसँग असन्तुष्ट भएपछि महिनावारी हुँदाको रगत मिसाएर कफी तयार गरी खुवाएकी छन् ।इन्डोनेशीयाकी २४ वर्षीया जुमिया नाम गरेकी ती महिलाले गत अगस्टमा आफ्नो मागहरु पुरा नगरिएको भन्दै रोजगार दिने व्यक्तिलाई नै यस्तो गरेकी हुन् । सेवासुविधा लगायतका विषयमा मालिकले वेवास्ता गरेको भन्दै यस्तो निर्णय लिएको उनले जनाएकी छन् ।
समाचारहरुमा जनाइए अनुसार उनले प्लाष्टिकको बोतलमा महिनावारी हुँदाको रगत जम्मा गर्ने गरेकी थिइन् । जुमियाले महिनावारी हुँदा आउने रगत मिसाएर रोजगार दिलाइदिने व्यक्तिको आमालाई खुवाउने तयारी गरेपनि उनका एक साथीले काम दिने व्यक्तिलाई नै खुवाउन उक्साएका थिए । जुमियाले आफ्नो माग पुरा नगरेको आक्रोशमा यस्तो क्रियाकलाप गरेको जनाइएको छ ।
त्यस लगत्तै उनी विरुद्ध परेको मुद्धामा सुनुवाई गर्दै सिङ्गापुरको एक अदालतले जुमियालाई एक महिना हिरासतमा राख्न आदेश दिएको एएफपीले जनाएको छ । इन्डोनेशीया, फिलिपिन्स, भारत लगायतका मुलुकका गरिब परिवारका हजारौँ महिलाहरु सिङ्गापुरमा घरेलु सहयोगीको रुपमा काम गर्दै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु