वार्ताको आह्वान षड्यन्त्रपूर्ण छ – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

२०७० जेष्ठ ४ गते, शनिबार

० सरकारले तपाईंको पार्टीलाई वार्तामा बोलाएको थियो, जानु भएन नि किन ?
यो प्रतिगमनबाट जन्मेको सरकारले अग्रगामी निकासको निम्ति गम्भीरताका साथ सकारात्मकरूपले र अहिलेको समस्याको सही समाधानको निम्ति जिम्मेवार भएर वार्ताको आहृवान गरेको भनेर कसैले सोचेको छ भने त्यो सोह्रैआना गलत हो । यो वार्ता नेपाली जनता, राष्ट्र र यसको नेतृत्व गरिरहेको हाम्रो पार्टीको विरुद्धमा षड्यन्त्रमूलक ढङ्गले रचिएको छ । अर्को कुरा प्रतिगमनकारीहरूलाई राम्रोसँग थाहा छ कि यो प्रतिगमनमा नेकपा-माओवादी सहभागी हुँदैन भनेर । यो प्रतिगमनलाई माओवादी पार्टीलेध्वस्त गर्छ, यसमा आउँदैन भन्ने थाहा हुँदाहुँदै पनि वार्ताको आहृवान गर्नु भनेको हाम्रो माओवादी पार्टीलाई जनतामा बद्नाम गर्ने, गलत ढङ्गले प्रस्तुत गर्ने र माओवादी पार्टीमाथि उनीहरूको दमनको रणनीतिको पूवाधार खडा गर्ने रूपमा आएको हुनाले यो वार्तालाई हाम्रो पार्टीले अस्वीकार गरेको छ ।
० निर्वाचन आयोगले दल दर्ताको निम्ति आह्वान गरेको छ, तपाईंहरू दल दर्तामा पनि जानु भएको छैन, कारण के हो ?
यो दल दर्ता पनि अर्को षड्यन्त्र हो । दुनियाँका कुनै पनि प्रजातान्त्रिक मुलुकमा र हाम्रो आफ्नो विगतको अभ्यासमा अर्थात् अघिल्लो २०४६ देखि २०६३ पूवको अभ्यास र २०६३ देखियताको अभ्यास पनि पूण् प्रजातान्त्रिक बाटोमा हिँडिरहेको अभ्यास हो । त्यस अभ्यासमा पनि निर्वाचनको तिथिमिति नतोकिकन दल दर्ताको आहृवान नै गरिँदैन । अहिले निर्वाचनको तिथिमिति घोषणा गरिएको छैन । तर, दल दर्ताको निर्ण्र्य गरी आहृवान गरिएको छ । त्यसैले यो पनि हाम्रो पार्टी विरुद्ध अर्को षड्यन्त्र हो । यसकारण यससँग हाम्रो पार्टीको साइनो रहनुपर्छ भन्ने हामीलाई लागेको छैन ।
० तपाईंहरू वार्तामा पनि जानु हुन्न, दल दर्ता पनि गर्नु हुन्न, निकासचाहिँ कसरी निस्कन्छ त ?
अहिले वार्ताको कुरा र दल दर्ताको कुरा प्रतिगमनसँग सम्बन्धित कुरा भएको छ । प्रतिगामीहरूले कथित दल दर्ताको कुरा गरिरहेका छन्, कथित वार्ताको कुरा गरिरहेका छन् । जसले प्रतिगमन गरेको छ, उसले अग्रगमनको निम्ति पहल गर्छ, जिम्मेवार छ भनेर उससँग वार्ता गरेर अग्रगमनतिर देश जान्छ भनेर सोच्नु या त मूखता हुन्छ या अनाडी हुन्छ या त ठूलो बेइमानी हुन्छ । पहिले प्रतिगमनकारी चार दलका राजनीतिक एकाधिकारबाट जन्मेको यो सरकारको विघटन गरी आमनेपालीमाझ पश्चाताप गरी यो प्रतिगमनलाई खारेज गर्न तयार हुनुपर्छ । त्यसपछि मात्र प्रतिगमन सच्चिने क्रम सुरु भएर यो देशको अग्रगामी निकासजस्तो जनसंविधान निर्माणको निम्ति नीति, विधि तय गर्नको निम्ति, सबै राजनीतिक पार्टी सरकार पक्षसँग एउटा साझा राष्ट्रिय सहमति गर्नको निम्ति र देशलाई अग्रगमनतर्फलैजानको निम्ति मात्र सम्भव छ । यो सरकारको विघटन र चार दलले गरेको प्रतिगमनको खारेजी हुनुपर्छ अनि मात्र हामी वार्तामा बस्छौँ । यसको निम्ति अहिले हामी टेबलबाट प्रयास गर्दैछौँ । उनीहरू मानिरहेका छैनन् । बरु, पछिल्लो घटनाक्रमहरू हेदा सकारात्मकभन्दा नकारात्मक दिशातिर गइरहेको देखिन्छ । यसो हो भने हामी तरिका बदल्छौँ । टेबलबाट र वार्ताबाट सुनुवाई भएन भने लातको भूत बातले नमान्ने भयो भनेर जनताको लात सडबाट दिलाउनतिर हामी लाग्छौँ ।
० जनतामाझ जाने, सडकमा जाने कुरा गर्नुभयो तर यस विषयमा पार्टीभित्रै मतभेद छ, तपाईंहरू अल्पमतमा हुनुहुन्छ भनेर प्रचारमा आएको छ, यथार्थता के हो ?
सायद तपाईंले गत सोमबार प्रकाशित एक साप्ताहिकको समाचारलाई लिएर यो प्रश्न गर्नुभएको होला । यस विषयमा मलाई धेरै पत्रकार साथीहरूले वास्तविकता के हो भनेर सोध्नुभएको थियो । त्यो समाचार पढेपछि मलाई हाँसो उठ्यो । मलाई यो अवसरवादी, नवसंशोधनवादी र देशी, विदेशी प्रतिक्रियावादीहरूको साझा रणनीतिको रूपमा आएकोजस्तो लाग्यो । मलाई लाग्छ, सायद अवसरवादी, नवसंशोधनवादी देशी-विदेशी प्रतिक्रियावादीहरूले पोलिटब्युरोमा जाँदा हाम्रो पार्टीलाई कतै न कतै विचारमा कतै न कतै राजनीतिमा, कतै न कतै संगठनमा यसलाई विभक्त गर्न सकिन्छ कि भनेर सपना पालेका थिए । तर, हाम्रो पोलिटब्युरोले ती सबै सपनालाई चकनाचुर पारेको हुनाले अवसरवाद, नवसंशोधनवाद र प्रतिक्रियावादीहरूको हाम्रो पार्टी पोलिटब्युरोको एकता देखिसकेपछि पैदा भएको छटपटीहरूकै अभिव्यक्ति त्यस साप्ताहिकमार्फ् भयो भन्ने नै हो ।
० यसले त तपाईंहरूको पार्टीभित्र शुद्धिकरण आवश्यक छ भन्ने देखियो नि होइन र ?
कुरा त्यस्तो होइन, एउटा कम्युनिस्ट पार्टीले सबैभन्दा पहिले आफूलाई शुद्धिकरण गर्नुपर्छ । यो सत्य कुरा हो । सबभन्दा पहिला आफूभित्र भएका खराबीहरूको निर्ममतापूवक अपरेशन गर्न तयार हुनुपर्छ किनभन्दा समाजमा हुने गलत विचार, गलत संस्कार र गलत प्रवृत्ति र स्वार्थले जबर्जस्त हमला गर्ने मूखता गरिरहेको हुन्छ । पार्टीको रङ बदल्ने मूखता गरिरहेको हुन्छ । त्यसकारण सबैभन्दा पहिला पार्टीलाई सैद्धान्तिक दृष्टिले निरन्तर क्रान्तिकारीकरणको निम्ति खराबका विरुद्ध अपरेशन जारी राख्नुपर्छ । नेकपा-माओवादी पार्टी रचण्डको संशोधनवाद, प्रचण्डको विकृति र विसंगतिविरुद्ध संर्घष गरेर आएको पार्टी । त्यसकारण यो पार्टीलाई एउटा सच्चा क्रान्तिकारी पार्टी वनाउनको निम्ति एउटा ठूलो अपरेशनको जरुरी छ भन्ने कुरा सही हो । प्रचण्डको विकृति र विसंगतिविरुद्ध संर्घष गरेर आएको यो पार्टीमा पनि ती विकृति र विसंगतिका छिटाहरू परेका छन् । त्यसैले पार्टीभित्र शुद्धिकरण जरुरी छ । पार्टीभित्र वैचारिक शुद्धिकरण जरुरी छ, राजनीतिक शुद्धिकरण जरुरी छ, सांगठानिक शुद्धिकरण जरुरी छ, यसको आर्थिक आचरण र दृष्टिकोणमा शुद्धिकरणको जरुरी छ ।
० तपाईंहरू जनवादी संविधान र जनसत्ताको कुरा गर्नुहुन्छ, देश त्यतातिर जाने छाँट देखिँदैन भनेपछि फेरि संर्घष चर्कने भयो होइन त ?
देशको अहिलेको राजनीतिक घटनाक्रम हेदा कुनै बेला जनविरोधी र प्रतिगमनको नाइके यो देशको शासक थियो, पछिल्लो दिनमा २०४६ देखियता त्यो ठाउँ संसद्वादले लियो वा भनौँ संसद्वादी नेताहरूले लिए । २०६३ देखियता त्यो प्रचण्डसहित चार दलले लिएका छन् । त्यसकारण यी चार दलका पछिल्ला घटनाक्रमले ओरालो लागेको मृग भनेजस्तै प्रतिगमनतिर लागेका छन् । अहिले जनताको पक्षधरता, जनता र राष्ट्रप्रतिको सरोकारको पूरापूर परित्याग भएको छ । यो नेपाली जनताले पनि बुझेका छन् । खिरोको बोट रोपेर स्याउ फलाउने आशा नेपाली जनताले गर्नु हुँदैन । नेपालका क्रान्तिकारीहरू, राष्ट्रवादीहरू र परिवर्तन चाहिने सबै शक्ति र नेताहरूले पनि त्यस्तो अपेक्षा गर्नु हुँदैन, त्यो ठूलो भूल हुन्छ । त्यसैले छिटोभन्दा छिटो यी प्रतिगमनकारीहरूको विरुद्धमा राजनीतिक पहलकद्मी लिएर नेपाली जनताले सडकबाट एउटा ठूलो आँधी-बेहरी सिर्जना गर्न सक्नुपर्छ, यो चुनौती अहिलेका क्रान्तिकारीहरूसमक्ष आएको छ । अब क्रान्तिकारीहरूको नेतृत्वमा आमजनताको पहलकद्मीमा जनताको संविधान बनाउनुपर्छ । त्यो जनताको संविधानले जनवादी क्रान्ति पूरा गर्न एउटा बलियो पुलको काम गर्छ र त्यसले नेपाली क्रान्तिको पहिलो चरणको प्रक्रिया पूरा हुन्छ ।
० तपाईंहरू सडक संर्घष गर्ने भन्नुहुन्छ, जनताको सत्ता स्थापना गर्ने कुरा गर्नुहुन्छ, वर्तमान राजनीतिक परिवेश प्रतिकुल छ, कतै तपाईंहरू पनि त्यही कित्तामा सामेल हुने त होइन ?
यो प्रश्न त्यत्तिकै आएको त पक्कै होइन । अहिले देशी, विदेशी प्रतिक्रियावादीहरू र यो देशका दलालहरूको ठूलो कसरत हाम्रो पार्टी विरुद्ध चलिरहेकोसँग सम्बन्धित छ । स्वाधीन राष्ट्र र त्यो राष्ट्रका जनता र त्यसको नेतृत्व गर्ने पार्टी विरुद्धमा देशी, विदेशी प्रतिक्रियावादीहरूले जहिले पनि षड्यन्त्र गरिरहन्छन् । आफ्नो पुच्छर बनाउने कोसिस गरिरहन्छन् । त्यसकारण यो कुरा क्रान्तिकारीहरू र जनताको पार्टीले सबभन्दा पहिले बुझनुपर्छ । अहिले त्यसैअनुरूप भइरहेको छ । त्यो हामीले राम्रोसँग बुझेका छौँ । फटाहा, बेइमानहरूले फेरि नेकपा-माओवादीका विरुद्धमा षड्यन्त्र केन्द्रित गरिरहेका छन् । यो पार्टी विरुद्ध बाहिर अफवाह फैलाएर जनतामा भ्रम र्छन सकिन्छ कि भनेर यो पार्टीका नेताहरू कसैलाई नरम् र गरमको रूपमा प्रस्तुत गरेर पार्टीलाई कमजोर गर्न सकिन्छ कि भनेर र यो पार्टीमा कसरी सियो घुसाउने भन्ने षड्यन्त्रमा लागेका छन् । यो कुरालाई हामीले राम्रोसँग बुझेर अस्तिको पोलिटब्युरो बैठकबाट यसलाई प्रस्ट्याइसकेका छौँ ।
० अब जनतालाई चाहिँ कसरी आश्वास्त पार्नुहुन्छ त ?
हामीले लिएको नीति र गरेको निर्ण्र्य जनतामा लगेर त्यहीँबाट आश्वास्त र विश्वस्त पार्र्छौं । हामी त्यसको प्रयोग गरेर जनतालाई आश्वस्त तुल्याउँछौँ । अहिलेका नेपाली जनता विश्वका अन्य जनताभन्दा भिन्न छन्, राजनीतिक दृष्टिले । राजनीतिक चेतनाको दृष्टिले आफ्नो हित र आफ्नो अधिकारको दृष्टिले विश्वमा सबैभन्दा उन्नत चेतना भएको २१ औँ शताब्दीका नेपाली जनता छन् । यो जनताले पनि माओवादी पार्टी के हो भन्ने बुझदैन भन्ने सोचियो भने त्यो मूखता हुन्छ, जनतामाथि अन्याय हुन्छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
अहिले चुनावको नौटंकीको दृष्टिले हाम्रो पार्टीमाथि षड्यन्त्र गरिरहेका छन् । भर्खर हाम्रो पोलिटब्युरोको बैठक भयो र बैठकले लिएका निर्ण्र्यवाट अवसरवादीहरू र प्रतिक्रियावादीहरू आतंकित भएर हाम्रो पार्टीविरुद्ध र नेताहरूविरुद्धमा विष बमन गरी जनतामा भ्रम र्छर्ने ठूलो षड्यन्त्र गरिरहेको स्थिति छ, यस्तो स्थितिमा हाम्रो पार्टीको निर्ण्र्य र हाम्रो धारणा आमजनतामाझ पुर्याउने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रियाहरु