राष्ट्रपतिले संविधानको रक्षा गर्न सकेनन् – तिलक परियार, सचिव- केन्द्रीय सल्लाहकार परिषद्, नेकपा-माओवादी

२०६९ चैत्र ३१ गते, शनिबार


० दल बाहिरको व्यक्तिलाई सरकारको नेतृत्व सुम्पिएको स्थिति छ, के भन्नुहुन्छ ?
दल बाहिरको व्यक्तिलाई सरकारको नेतृत्व सुम्पनु नितान्त गलत कुरा हो । यो लोकतान्त्रिक मूल्य, मान्यताविपरीत र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ, अर्को कुरा यो दलीय व्यवस्था असफल भएको संकेत हो । यसले नेपाली धर्तीबाट संसदीय व्यवस्था असफल भएको प्रमाण मिल्छ ।
० यस्तो अवस्थामा राष्ट्रपतिको भूमिका कस्तो हुनुपथ्र्यो ?
राष्ट्रपतिको भूमिका संविधानको संरक्षकका रूपमा हुनुपर्ने हो । तर, राष्ट्रपतिले त्यो भूमिका निभाउन सक्नुभएन, यसमा हामी दुःखी छौँ । संविधानको भावनाविपरीत बहालवाला प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउनु अतिरिक्त संविधानविपरीतको कार्य हो । अन्तरिम संविधानको रक्षा गर्ने जिम्मा अहिले एक मात्र व्यक्ति राष्ट्रपति संस्थामाथि निहित छ । राष्ट्रपतिले अन्तरिम संविधानको रक्षा गर्न सकेनन् । चैत १ गतेको एघार बुँदे सहमति र २५ बुँदे बाधा अड्काउको एजेण्डा अध्यादेशबाट फुकाउने काम भयो यसले संविधानको उल्लंघन गर्दै तल्लो स्तरको व्यवहार पर््रदर्शन भएको छ । राष्ट्रपतिको अहिलेका कार्यले अन्तरिम संविधानको अन्त्य गरिदिएको छ । यो हुनुमा राष्ट्रपति मुख्य दोषी देखिन्छन् ।
० वर्तमान देशको राजनीतिक परिस्थिति हेदा १० वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिहरू गुमेको देखिन्छ, के नेपाली जनताले पुनः अर्को जनयुद्ध र जनआन्दोलन गर्नुपर्ने स्थिति आएको हो ?
१० वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको धेरैजस्तो उपलब्धि कमरेड प्रचण्ड र बाबुरामले राष्ट्रिय आत्मर्समर्पण र वर्गीय आत्मर्समर्पण गरेर जनसत्ता, जनअदालत विघटन गर्दै जनताले आफ्नो गाँस काटेर पालेको आफ्नो सेना, जनमुक्ति सेनाको अपमानजनक तरिकाले बिर्सजन गराउनुभयो र रगतसँग साटेर ल्याइएको हतियार बिना उपलब्धि पुरानो सत्तालाई बुझाइदिने काम गर्नुभयो । यो नै सबैभन्दा ठूलो गद्दारी हो । यसबाट सबैभन्दा ठूलो क्षति नेपाली जनताले व्यहोर्यो । अब रहृयो एक मात्र संविधानसभा जो निर्वाचनार्फ् जनताको अत्यधिक अधिकार माग्नेहरूको बहुमत भएको संविधानसभा थियो, जसमा दर्ुइ तिहाई ४६६ जना जनअधिकार माग गर्ने सभासद्हरूको बाहुल्यता थियो । त्यस्तो अवस्थामा विवादित विषयहरूलाई संविधानसभाको फुल हाउसमा प्रवेश गराएको भए सबै विषयहरू पारित हुने थिए । विवादित विषयहरू पनि दर्ुइ तिहाई बहुमतबाट नै छिनोफानो हुने थियो । विडम्बना, नेपालमा कस्तो लोकतन्त्रवादी राजनीतिक नेताहरू रहेछन्, जसले लोकतन्त्रको मूल्य, मान्यताको अलिकति अंश पनि आत्मसात गर्न सक्नु भएन । संविधानसभा भित्र विषयहरूलाई प्रवेश नै नगर्राई सिंहदरबारबाट संविधानसभालाई विघटन गर्ने जुन काम गरे, योभन्दा ठूलो विडम्बना, योभन्दा ठूलो दुःखद घटना अरु हुन सक्दैन ।
० यी तमाम संकटबाट मुक्ति पाउन माओवादीले कस्तो बाटो अपनाउँछ त ?
यी सम्पर्ूण्ा समस्याको निकास निकाल्न मार्क्सवादको आधारभूत सिद्धान्तहरू बल प्रयोगको सिद्धान्त, र्सवहारा अधिनायकत्वका सवालहरू छन् । तर, तत्कालको समस्या हल गर्नको निम्ति क्रान्तिमा विगतको विघटित संविधानसभाले गरेका जनपक्षीय निर्ण्र्ाारूलाई स्थायित्व ग्रहण गर्दै आगामी निकासको निम्ति र्सवदलीय वा र्सवपक्षीय गोलमेच सभा गर्नुपर्छ । त्यो गोलमेच सभाले र्सवसम्मत वा बहुमतबाट जुन प्रतिबद्धता जाहेर गर्छ, त्यसको आधारमा देशमा देशभक्त, गणतन्त्रवादी, वामपन्थी, अग्रगामी, परिवर्तनकारी शक्तिहरूको संयुक्त एउटा सरकार गठन गरेर नयाँ संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउने विधि र प्रक्रिया अपनाउनुपर्छ । शान्तिपूण् तरिकाले निकास दिने योबाहेक अर्को विकल्प छैन । यो तरिका अपनाउनुको सट्टा निर्दलीय सरकार गठन गरेर फासीवादको अभ्यास गरिँदैछ, यो फासीवादको अभ्यासको उत्कर्षभनेको सिक्किमीकरणको खतरा हो । जुन अहिले नेपालमा देखिएको छ, राष्ट्रिय स्वाधीनताको रक्षा जटिल बन्दै गएको छ । यसले देशभक्त, गणतन्त्रवादी, वामपन्थी र अग्रगामी शक्तिहरूले संयुक्तरूपबाट सडकको प्रतिरोध संर्घष्ा थाल्नुपर्छ । जसबाट यो निर्दलीय सरकारको विघटन गरी र्सवपक्षीय सरकारको गठन गरेर चार दलको सिन्डिकेट तोड्नुपर्छ । अन्यथा बाध्यताले सशस्त्र जनव्रि्रोहको आँधीबेहरी सिर्जना गर्नुको विकल्प देखिँदैन ।
० चार दल र सरकार चुनाव-चुनाव भनिरहेको छ, के चुनाव सम्भव छ ?
अहिलेकै स्थितिमा चुनाव सम्भव छैन । किनकि जसलाई संविधान चाहिएको छ, ऊ सडकमा छ, जसलाई संविधान नै चाहिएको छैन, संविधानसभा नै विघटन गरेको असफल दलहरू छन्, उनीहरू नै चुनावका रटान लगाइरहेका छन् । यसकारण संविधानसभामार्फ् नयाँ संविधान निर्माण गर्ने उद्देश्यबाट नभएर मुलुकलाई सिक्किमीकरण, फासिष्टीकरणको दिशातिर लैजान र भारतीय नागरिकहरूलाई नेपालमा बेरोकटोक नागरिकता वितरण गर्ने ग्राण्डडिजाइनमा चुनाव-चुनाव भनिएको छ । यो चुनाव हुन सक्दैन । नेपाली जनता विगतका जनता होइनन्, नेपाली जनता भेडाबाख्रा होइनन् । नेपाली जनता नेपालका नेताभन्दा कैयौँ गुणा सचेत र जागरुक छन् । उनीहरूले यस विषयमा राम्रोसँग अध्ययन गरेका छन् । समय आएपछि उनीहरू विस्फोट हुनेछन् ।
०र् भर्खरै तपाईंको पार्टी केन्द्रीय सल्लाहकार परिषद्को बैठक सकिएको छ, पार्टी के-के विषयमा सल्लाह दिने निर्ण्र् भएको छ ?
सल्लाहकार समिति आफैँमा निर्ण्ाायक निकाय होइन । तर, यसले महत्वपर्ूण्ा सल्लाह, सुझाव दिने र यसको सल्लाह, सुझाव पार्टी आत्मसात गर्नुपर्ने अवस्था चाहिन्छ । हाम्रो सल्लाहकार समितिको बैठक पार्टीध्यक्ष किरणको प्रमुख आतिथ्यमा र कृष्णदास श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले पार्टी जुन किसिमको विचार र कार्यदिशा तय गरिसकेको छ, त्यसलाई कार्यान्वयन गर्नको निम्ति सांगठानिक संरचनालाई सुदृढ बनाउन र विस्तार गर्न एकमतले सुझाव दिएको छ । यो बैठकले केन्द्रीय समितिमा सदस्यहरूको थपघट गर्ने, थपघट गर्ने सवालमा पनि हामीले केही आधारहरू बनाएका छौँ । जसमा वरिष्ठता, प्रतिबद्धता, निरन्तरता र क्रियाशीलतालगायत विभिन्न क्षेत्र, विभिन्न विधामा क्षमता र आवश्यकतासमेतको सदुपयोग गर्ने किसिमले केन्द्रीय समिति विस्तार गर्नुहोस् भन्ने सुझाव दिएका छौँ । हाम्रो केन्द्रीय समिति आमूल परिवर्तनको दिशातिर अघि बढ्ने भएकोले क्रान्ति र पार्टी केन्द्रबिदुमा राखेर जनव्रि्रोहको कार्यदिशालाई केन्द्रमा राखेर अपनाइने जुनसुकै तरिका कार्यनीतिक सवालहरू जो हुन्छन्, जसलाई आवश्यकताअनुरूप फेरबदल गरी ठोस वस्तुलाई ठोस विश्लेषण गरी तपाईंहरू अगाडि बढ्नुपर्छ भन्ने सल्लाह दिएका छौँ । ठोस वस्तुको ठोस विश्लेषणको आधारमा, अरुले के गर्छन् त्यो प्रमुख कुरा होइन, हामी के गर्दैछौँ, त्यो प्रमुख कुरा हुन्छ । यसलाई ध्यानमा राखेर नीति तय गर्नुस् भनेर हामीले सल्लाह दिएका छौँ । आगामी दिनमा आन्दोलनलाई कसरी घनिभूत बनाउन सकिन्छ, राष्ट्रिय स्वाधीनतालाई कसरी रक्षा गर्न सकिन्छ र जनताले प्राप्त गरेको अधिकारहरूलाई कसरी रक्षा प्रयोग र विकास कसरी गर्न सकिन्छ, त्यसमा ध्यान केन्द्रित गर्नुस् भनेर हामीले सुझाव दिएका छौँ ।
० संगठन सुदृढ र विस्तारको कुरा गर्नुभयो, कतै जनयुद्धकालीन संगठनहरू ब्युँताउन पार्टी सल्लाह दिनुभएको त होइन ?
संगठनलाई सुदृढ र व्यवस्थित बनाउँदै लैजाने क्रममा राजनीति सत्ता पुनर्निर्माण जन्मिँदै जाने कुरा हो । यो संर्घष्ाको दौरानमा हुने कुरा हो । हामीले संर्घष्लाई घनिभूत बनाएर लैजाँदा संर्घष्ाले त्यसको माग गर्छ । दुश्मन जसरी आउँछ, त्यसमा निर्भर हुन्छ । दुश्मनले हामीमाथि ठूलो दमन गर्न थाल्यो हत्या, हिंसा लाद्न थाल्यो भने हामी त्यसको प्रतिवादको निम्ति तयार हुनुपर्छ ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
देशलाई तत्काल फासीवादी दिशातिर लैजान शासकहरू, दलाल, नोकरशाह, पुँजीवादीवर्गका प्रतिनिधिहरू, बाबुराम, प्रचण्ड, झलनाथ र सुशील कोइरालाजस्ता मान्छेहरूले कोसिस गरिरहेका छन् । यसका विरुद्ध सम्पूण् दाजुभाइ, दिदीबहिनीहरू एकजुट भएर यसको प्रतिवाद गर्नुहुनेछ भन्ने आशा राख्दछु ।

प्रतिक्रियाहरु