संर्घषमा जानुको विकल्प छैन – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटव्यूरो सदस्य, नेकपा-माओवादी

२०६९ चैत्र १० गते, शनिबार


० अन्ततः चार दलले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व सुम्पिछाडे के भन्नुहुन्छ ?
यो प्रतिक्रियावादीहरूको देश र जनताविरुद्धको घात र अपराध हो ।
० राष्ट्रपतिले पनि चार दलको मात्र कुरा सुनेका छन्, यस विषयमा के भन्नुहुन्छ ?
राष्ट्रपति, अहिले चार दलले राष्ट्र जनताका विरुद्धमा गर्ने षडयन्त्र, घातको संरक्षक बनिराखेका छन् । सायद उनले त्यसलाई नै आफ्नो कर्तव्य ठानेका होलान् ।
० सरकारले असारमा निर्वाचन गर्ने बताइरहेको छ, सम्भव छ ?
जुन आधार, जुन निर्ण यगरेर असारमा कथित संविधानसभाको चुनावको कोकोहोलो मच्याइएको छ, त्यो नेपाली जनताको निम्ति स्वीकार्य छैन र सम्भव पनि छैन । किनकि नेपालको २०५२ सालपछिको परिवर्तनको प्रक्रिया र क्रान्तिमाथि गम्भीर षड्यन्त्रको रुपमा, धोखाघडीको रुपमा, राजनीतिक उपलब्धि र संवैधानिक उपलब्धिहरूलाई निस्तेज पार्ने घटनाका रुपमा यो आएको हुनाले यसको सम्भावना छैन । चार दलका नेता र राष्ट्रपतिका लागि पशुपतिले गरिदिए खै कुन्नि नत्र यथास्थितिमा चुनावको सम्भावना छैन ।
० तपाईंहरूको पार्ति को पोलिटब्युरोको बैठक भर्खरै सम्पन्न भएको छ, पोलिटब्युरोले के-के निर्णय गर्यो ?
हाम्रो पोलिटब्युरोको बैठक अलिक लामै समय चल्यो । फागुण २९ गतेबाट सुरु भएको बैठक चैत्र ७ सम्म चल्यो । त्यो बीचमा चैत्र १ को घटना फागुन ३० गतेको तानाबानाको स्वरुप आएको थियो । त्यस घटनामाथि पनि हस्तक्षेप गर्नुपर्ने भयो । त्यसले पनि केही समय लियो । अहिलेको हाम्रो पोलिटव्युरोको बैठक देशको राजनीतिक स्थितिको समीक्षा र विश्लेषण गर्ने सर्न्दर्भमा, भर्खरै कथित संविधानसभाको चुनावको नौटंकी रचेर खिलराज रेग्मीको नेतृत्वमा बनेको प्रशासकहरूको सरकारको घटना र त्यसले समग्र नेपालको परिवर्तनका राजनीतिक एजेण्डा र परिवर्तनको प्रक्रियाका विरुद्धमा पारेको गम्भीर आघातलाई लिएर गम्भीरताका साथ छलफल गर्यो । अहिले हाम्रो पोलिटव्यूरोको बैठकले विचारधारात्मक, राजनीतिक बहस र छलफलको दृष्टिले नयाँ उचाइ हासिल गरेको छ । समग्र नेपालको क्रान्तिलाई अब कसरी अगाडि बढाउने भन्ने सर्न्दर्भमा एउटा दृष्टिकोण बनाएको छ, एउटा नीति बनाएको छ । पहिलो कुरा, अहिले घटना जसरी आयो, यो राष्ट्रघाती रुपमा र प्रतिगामी कदमको रुपमा, प्रतिक्रियावादी हर्कतको रुपमा, जनघात र जनजीविकाको विरुद्धको रुपमा आयो । त्यसकारण यसको निराकरण नेपालमा कसैले गर्नुपर्छ भने त्यो माओवादी पार्तीले मात्रै गर्नुपर्छ । वर्तमान संकटको समाधान माओवादी पार्टी मात्रै गर्न सक्छ भन्ने निष्कर्षा हामी पुगेका छौ । यो माओवादी पार्ट कर्तव्य पनि हो । राष्ट्र र जनताका विरुद्धमा घात र प्रतिघात, राष्ट्रवादी, जनवादी र सच्चा गणतन्त्र पार्टी सबैसँग वार्ता, छलफल र सहरूकार्य गरेर यसलाई ध्वस्त पार्नुपर्छ भन्ने हाम्रो पार्टी एउटा दृष्टिकोण बनाएको छ ।
अहिलेका घटनाका पछाडि कारणहरू जुन छन्, विशेष गरेर विस्तारवादी साम्राज्यवादीहरूले डिजाइन गरेको यहाँका दलालहरूले त्यसलाई नालायक ढंगले लागू गर्ने मुर्खता गरेका छन् । यसलाई असफल बनाउनको लागि सिंगो पार्टी दृष्टिकोणलाई मजबुत गर्न छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेका छौँ । आवश्यक पर्दा हामी एउटा राष्ट्रियस्तरको कार्यक्रम विस्तारित बैठकसम्म बोलाउनु पर्छ भन्ने टुंगोमा पनि पुगेका छौँ । पार्टी अझ र्सवहारावादी, क्रान्तिकारी, एउटा सच्चा र नयाँ पार्टी बनाउन फेरि पनि पार्टीमा खराबीहरूको संकेत देखिन थालेका छन् । त्यसलाई निर्ममता पूर्वक नियन्त्रण गर्नुपर्छ र त्यसलाई निस्तेज गर्नुपर्छ भन्ने पनि पोलिटव्यूरो बैठकमा नीति बनेको छ ।
अहिलेको घटनाक्रमलाई मध्यनजर गर्दै चैत्र २४ एउटा सशक्त र जनताको सहभागितासहितको प्रतिरोधात्मक संर्घषको कार्यक्रम गर्ने योजना बनेको छ । त्यसभन्दा अगाडि हामी विभिन्न रुपमा कार्यक्रमहरू तय गर्नेछौँ । पछि हामी केन्द्रीय कमिटिको बैठक बस्नेछौँ र आगामी दिनमा आमजनतालाई चाहेको जस्तो सशक्त र जुझारु संर्घषको कार्यक्रमहरू तय गर्ने नीति पनि पोलिटव्यूरो बैठकले तय गरेको छ । अहिलेको पोलिटब्युरो बैठक हामीले पार्टी पुनर्गठन गरिसकेपछिको पोलिटव्यूरो बैठकमा ऐतिहासिक भएको छ ।
० तपाईंहरू संर्घषको गछौ मात्र भन्नु हुन्छ तर ठोस कार्यक्रम ल्याउन सक्नु हुन्न, भनिन्छ नि ?
क्रान्ति र प्रतिक्रान्तिको, राष्ट्रवाद र राष्ट्रघातको बीचमा अन्तिम टक्कर हुँदा विद्यमान सत्ता र त्यसका सञ्चालकहरूले जनता, राष्ट्रका आवाज र आवश्यकता त्यसका प्रतिनिधि पार्टी अगाडि सारेका राजनीतिक एजेण्डामा मूखता गर्ने दुस्साहस गर्छन् । त्यही दुस्साहसको रुप नै अहिलेका घटनाहरू हुन् । अहिले यति नै हो हाम्रो, भोलिको के हुन्छ – अहिले नै जति सकिन्छ राष्ट्र र जनताका विरुद्धमा अपराध गरिहाल्नुपर्छ भनेर चार दलका नेता र राष्ट्रपति लागेको देखिन्छ । क्रान्ति र प्रतिक्रान्ति बीचको टक्करमा क्रान्तिले प्रतिक्रान्तिलाई दबाउने छ र नियन्त्रण गर्नेछ । त्यो बेलामा उनीहरूले राष्ट्र र जनताको विरुद्धमा गरेको अपराधको ब्याज र स्याज असुल उपर हुनेछ । जनताले त्यसबेलामा आपैले सम्बोधन गर्ने छन् । त्यो दिन धेरै टाढा छैन ।
० भनेपछि तपईं फेरि संर्घषमा र्फकनु हुन्छ ?
संर्घष्ामा जानुको विकल्प छैन । २०६३ सालदेखि यता नेपालको परिवर्तनको मुद्दाहरूलाई जनताको संविधान बनाएर स्थापित गर्नको निम्ति हामीले संर्घषलाई टेबलमा ल्यायौँ । यो टेबलबाट सम्भव भएन । टेबल त राष्ट्र र जनताको विरुद्धमा षड्यन्त्र गर्ने थलोमा परिणत भयो । त्यसैले अब ती मुद्दालाई सडकमा ल्याएर सडकबाटै फैसला गर्नुपर्ने भएको छ । यसको विकल्प छैन । त्यसकारण, अहिलेको राष्ट्रिय मुद्दा र आवश्यकताको सम्बोधन गर्न सडक निर्विकल्प भएको छ ।
० सडकमा जाने त भन्नुभयो तर यस विषयमा पार्टीमा नै विवाद छ भनिन्छ नि –
यो सत्य होइन । पार्टीमा कुनै विवाद छैन । सामान्यत क्रान्तिकारी कम्युनिष्ट पार्टीको नाताले चिन्तन विश्लेषण हुनु नौलो कुरा होइन । हाम्रो पार्टी निष्कर्षनीति र एकरुपताको बुझाई भनेको संर्घषको विकल्प छैन भन्ने नै हो ।
० जनताको मुक्तिदाता पार्टी माओवादी पार्टी हो भन्नु हुन्छ, के छ त प्रमाण ?
पहिलो हामीसँग जनताको विचार छ । दोस्रो, कुरा नेपालको राज्यसत्ता परिवर्तनसम्बन्धी, शासन व्यवस्थासम्बन्धी र समग्र परिवर्तनसम्बन्धी हामीसँग क्रान्तिकारी नीति छन्, अग्रगामी एजेण्डा छन् । अर्को, त्यो नीतिमा प्रतिबद्ध भएको पार्टी। चौथो कुरा, राष्ट्र र जनताको मुक्तिका खातिर, समग्र स्वतन्त्रता र स्वाधीनताको निम्ति आफूलाई समर्पित गर्ने हामी नेता छौँ । त्यसकारण यिनै सबैभन्दा ठूलो प्रमाण हुन् ।
० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
अहिले देशको स्थिति असाध्यै जटिल अवस्थामा पुगेको छ । क्रान्ति र प्रतिक्रान्तिको बीचमा भीषण टक्कर छ । यसमा नेपाली जनताले अनिवार्य जित्नु पर्नेछ । नेपाली जनताको जितलाई सुनिश्चित गर्नको निम्ति हाम्रो पार्टी पोलिटव्यूरोको बैठक भर्खरै सम्पन्न भएको छ । त्यो पोलिटव्यूरोले तय गरेका नीतिलाई र्सार्वजनिक गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रियाहरु