ककनी महोत्सव चैत २९ देखि

२०६९ चैत्र ८ गते, बिहीबार


काठमाडौ । प्राकृतिक सौन्दर्य र पर्यटकीय महत्वलाई प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने उद्देश्यले यही चैत २९गतेदेखि प्रथम ककनी महोत्सव सञ्चालन हुने भएको छ ।आगामी वैशाख ४ गतेसम्म आयोजना हुने महोत्सवले ककनीको पर्यटकीय महत्वलाई परिचित गराउने संयोजक समीर बलामीले बताए । ‘बलामी फिल्म इन्टरटेनमेन्ट’को मुख्य आयोजनामा हुने महोत्सवको आयोजकमा ‘ककनी पर्यटन विकास समाज’ रहेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा स्थानीय कला, संस्कृति, रीतिरिवाज र वेशभूषाका साथै रेन्बो ट्राउट माछा, मुला, स्ट्रबेरीलगायत उत्पादनका साथै कृषि उपज, बैंक तथा वित्तीय सङ्घसंस्था, स्वास्थ्य, कृषिलगायत एक सय १५ कक्ष राखिने आयोजकले जनाएको छ ।महोत्सवमा गणेश हिमालको दृष्यावलोकन र गोसाइँकुण्ड तीर्थयात्राका लागि हेलिकप्टर, घोडचढीलगायत थप सुविधा दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु