पर्यटक आगमनमा वृद्धिपर्यटक आगमनमा वृद्धि

२०६९ फाल्गुन १३ गते, आईतवार

काठमाडौँ । सुनौली नाकाबाट यस वर्षो सुरुमै पर्यटक आगमन वृद्धिसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि पर्यटक आगमनमा वृद्धि भएको छ । नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रूपन्देहीको सुनौली नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी रहेको हुन्छ । यसैले यस वर्षो सुरुवातमा पर्यटक आगमनमा वृद्धिसँगै लुम्बिनी आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको पाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्रर्ााट्रय शान्ति केन्द्रका रूपमा विकास गर्न लागिएको लुम्बिनीको गुरुयोजनाभित्र पर्ने केन्द्रिय नहर -सेन्ट्रल प्यानल) मा चार महिनाअघिबाट व्यावसायिक रूपमा डुङ्गा सञ्चालनमा आएपछि अहिले डुङ्गा चढेर मनोरञ्जन लिनेहरू बढी भएको लुम्बिनी विकास कोषले जनाएको छ । गत वर्षलुम्बिनी भ्रमण वर्षो उद्घाटनका अवसरमा डुङ्गा सञ्चालन सुरुवात गरिएको भए पनि लुम्बिनीमा व्यवसायिक रूपमा डुङ्गा सञ्चालन हुन सकेको थिएन । लुम्बिनी विकास कोषले डुङ्गा सञ्चालनका लागि खुला प्रतिस्पर्धा गरी छनोट गरेपछि डुङ्गा सञ्चालन भएको हो । सुलभ जल यातायात प्रालिले डुङ्गा सञ्चालन गर्न तीन वर्षा लागि ठेक्का पाएको छ । लुम्बिनीमा डुङ्गा सञ्चालन भएपछि आन्तरिक पर्यटकको ओइरो लागेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले बताए । लुम्बिनी गुरुयोजनाको मेरुदण्डका रूपमा रहेको सो नहरमा अहिले एउटा जल यातायात -मोटरबोट) सञ्चालनमा ल्याइएको र तीनवटा ल्याउने तयारी भएको कोषले जनाएको छ । सुलभ जल यातायातले आम्दानीको २५ प्रतिशत रकम कोषलाई दिने गरी सम्झौता गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले जानकारी दिए । कोष र सुलभबीच भएको सम्झौताअनुसार केन्द्रिय नहरमा आवश्यकताअनुसार १०-१२ जनादेखि ४०-४५ जनासम्म अट्ने मोटरबोट ल्याइने भएको छ । लुम्बिनीमा डुङ्गा चट्न चाहने नेपालीका लागि एकतर्फी रु. ३५, दर्ुइतर्फी रु. ६०, र्सार्क मुलुकका नागरिकलाई एकतर्फी रु. ४०, दर्ुइतर्फी रु. ७० तथा तेस्रो मुलुकका नागरिकका लागि एकतर्फी रु. ५० र दर्ुइतर्फी रु. ८० लाग्ने गरेको छ । नेपाली विद्यार्थीका लागि भने कोषले छुटसहित एकतर्फी रु. २० र दर्ुइतर्फी रु. ४० लाग्ने व्यवस्था गरेको छ । केन्द्रिय नहरमा डुङ्गा सुचारु भएपछि लुम्बिनीको सौर्न्दर्यता थप आकर्षा थपिएको कोषका कोषाध्यक्ष अर्यालले बतए । लामो समयको पर्खाइपछि निर्माण कार्य सकिएको केन्द्रिय नहरमा डुङ्गा सञ्चालन भएपछि लुम्बिनी घुम्नका लागि आउने पर्यटकले थप आनन्द र मनोरञ्जन पाएको उनको भनाइ छ । एक दशमलव छ किलोमिटर लम्बाइ, १२ मिटर चौडाइ र १.५ मिटर गहिराइरहेको केन्द्रिय नहरमा हिँडेरभन्दा डुङ्गा चढेर घुम्दा पर्यटकलाई थप आनन्द हुने कोषले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार