क्र्रान्तिकारी संयुक्त मोर्चा निर्माणको आवश्यकता – हस्तबहादुर के.सी.क्र्रान्तिकारी संयुक्त मोर्चा निर्माणको आवश्यकता – हस्तबहादुर के.सी.

२०६९ फाल्गुन ५ गते, शनिबार

अहिले हाम्रो देश अत्यन्तै संकटग्रस्ट बन्न पुगेको छ । राजनीतिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा र राष्ट्रिय स्वाधिनताका क्षेत्रमा हाम्रो देश इतिहास मै संकटग्रस्त  बन्न पुगेको छ । भारतीय विस्तारवादको कठपुतलीको रूपमा सुपरिचित रहेको बाबुराम भट्टर्राईको नेतृत्वको सरकार इतिहासमै भ्रष्ट, नालायक, निकम्मा राष्ट्रघाती र जनघाति सरकारको रूपमा सावित हुन पुगेको छ । यो सरकार भ्रष्टचारीहरूको, नालायकहरूको, निकम्माहरूको र राष्ट्रघाती र जनघातिहरूको मात्र सरकार हो भन्ने कुराको पुष्टि हर क्षेत्रबाट भइरहेको छ । सरकारमा बस्ने व्यक्तिहरूले राष्ट्रिय ढुकुटीमाथि ब्रम्हलुट मच्चाइरहेका छन् । भ्रष्टाचारले सिमा नाघि सकेको छ । तस्कर घुसखोर, कमिशनखोर कालाबजारीया, मुनाफाखोर र विदेशी दलालहरूको आडभरोसामा यो कठपुतली सरकार टिकीरहेको छ । महंगीले सिमा नाघिसकेको छ । वेरोजगारी समस्याले सिमा नाघिसकेको छ र बेरोजगार युवाहरू रोजगारीका लागि दैनिक १७०० का दरले विदेशतिर पलायन भइरहेका छन् । यसरी मुलुक विक्राल अवस्थामा पुगेको छ । राजनीतिक मूल्य मान्यताहरू समाप्तै भएर गइरहेका छन् । जनतामाथि व्याप्त निरासाले छाएको छ ।

कठपुतली सरकारको नेतृत्व गरिरहेको एमाओवादीका नेता प्रचण्ड र बाबुरामका बीचमा भारतीय विस्तारवादको दलाली गर्ने प्रतिष्पर्दा चलिरहेको छ र प्रधानमन्त्रीको पदलाई भागवन्डा लगाएर, आलोपालो  गर्ने हल्लाहवाद र विस्तारवादको. दलाली गरेरै भएपनि सत्तामा पुग्ने र सत्तामा टासीरहने चिन्तनकै कारण मुलुक यसरी संकटग्रस्त बन्न पुगेको हो । पराधिनको अवस्थामा पुगेको हो । यी सबै संकटहरूकोसमाधान गर्नका लागि र्सवपक्षीय गोलामेचसम्मको आयोजना गर्ने र त्यस मार्फ राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रिय संयुक्त सरकार निर्माण गरेर अगाडि बढ्ने प्रस्ताव करीव ७ महिना पहिला नै नेकपा – माओवादीले अगाडि सारेको थियो । तर ठूला दर भनिएका र सत्ताका विपक्षमा समेत रहेका नेपाली कांग्रेस र एमाले समेतले यस प्रति गंभीरतापर्ूवक लिएनन् र सत्ताहानथाप र प्रधानमन्त्रीको पदको भागवन्डामा रुमलिरहेर राष्ट्रपतिलाई उचालेर निष्कर्षवहीन यात्रामा लामबद्ध हुन पुगे । अन्ततः त्यसबाट पार नलागे पछि अहिले सडक आन्दोलनका नाममा काँग्रेस र एमाले दैलखतिर लागेका छन् भने सत्ताधारी दल एमाओवादीले पनि कठपुतली सरकारलाई बचाउने उद्देश्यले सडक आन्दोलनको घोषणा गरेर ‘कही नभएको जात्रा हाडी  गाउँमा’ को खेल खेलीरहेको छ । र विदेशी दलाल काँग्रेस, एमाले र एमाओवादी बीचको टेबुलवार्ता पनि पोखिएर सडकमा छताछुल्ल हुन पुगेको छ । यही मौका छोपेर एमाओवादीका नेता प्रचण्डवले भारतीय विस्तारवादको इमान्दार दलाल बनेर बाबुरामलाई सत्ताच्युत गरेर आफै प्रधानमन्त्री बन्ने होडबाजीमा कम्मर कसेर लागेका छन् ।

यस प्रकारले मुलुक गम्भीर संकटमा फसीरहेको अवस्थामा नेकपा- माओवादीले गोलमेच सभाको एजेण्डा, राष्ट्रिय स्वाधिनताको एजेण्डा, जनताको गास, बास, कपास र जनजीविको  एजेण्डा, ममहंगी भ्रष्टाचार, सुरक्षा, कालो बजारी, तस्करी र नेपाल जनतामाथि भइरहेको थिचोमिचो, शोषण, दमन, उत्पिडन र अन्याय, अत्याचारका विरुछ सशक्त रूपमा जनआन्दोलनको आधिवेरी सृष्टि गर्ने, जनतालाई व्रि्रोहमा उतार्ने र त्यस किसिमको जनताको व्रि्रोहलाई संगठित गर्दै र त्यसको नेतृत्व समेत गर्दै नेपाली क्रान्ति सम्पन्न गर्ने रोडम्यापका आधारमा सडक आन्दोलन चर्काउने निर्ण्र्ााा साथ जनताका बीच आउँदैछ । यो नै आजका आवश्यकता हो ।

हाम्रो देश अहिलेसम्म पनि अर्धसाम्मन्ती  र अर्ध औपनिवेशिक अवस्थामा रहँदै आएको छ र आजको भूमण्डलीकृत युगमापुगेर हाम्रो देश अर्ध औपनिवेशिक अवस्थाबाट अगाडि बढेर नवऔपनिवेशिक अवस्थामा गुज्रन बाध्य भएको छ । राष्ट्रिय स्वाधिनता धरापमा पर्दै आएको छ । सन १८१६ मार्च ३ तारिखमा सम्पन्न गरिएको राष्ट्रघाती सुगौली सन्धिदेखि यता सन् १९५० को असमान तथा अपमान सन्धि, सन् १९६५ को सुरक्षा सम्बन्धी राष्ट्रघाती सन्धि, कोसी, गण्डकी, महाकाली जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरू यथावतै छन् । नेपालको सिमानावर्ती क्षेत्रमा करीव ६६ स्थानमा भारतीय विस्तारवादी शासकहरूले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । सयभन्दा बढि जंगेपिलरहरू भत्काएर गायब गरिएको छ । कालापानीमा भारतीय सैनिक तैनाथ गरिदिरहेको छ । एमाओवादीको नेतृत्वमा संचालित बाबुराम भट्टर्राईको कठपुतली सरकारले भारतीय विस्तारवादी शासकहरूसीत विप्पा सम्झौता, सुपर्ुदगी सन्धि गरेर उच्च कोसीवाध र अपर कर्ण्ाालीमा राष्ट्रघात गरेर र त्रिभुवन विमानस्थल सहित मुलुकका १५ वटा विमानस्थलहरू भारतीय शासकहरूलाई सुम्पेर भारतीय विस्तारवादको इमान्दार दलाल र चाकर बन्ने सत्तामा टिकीरहने रवैयाकै कारण आज मुलुक संकटग्रस्त बन्न पुगेको छ । साम्राज्यवादीहरू र विस्तारवादीहरूको चाकडी र दलाली गरेर सत्तामा पुग्ने र टासीरहने जुन सुरुवात पहिलो राणा प्रधानमन्त्री जंग बहादुर राणाले सुरु गरेको  थियो र राणा शासनका अन्त्यपछि राजतन्त्रले निरन्तरता दियो, त्यसमा नेपाली काँग्रेसले निरन्तरता प्रदान गर्‍यो । एमालेले निरन्तरता दिँदै आयो र अहिले एमाओवादीका नेता प्रचण्ड र बाबुरामले निरन्तरता मात्र प्रदान गरिरहेका छैनन् कि त्यसलाई नयाँ संस्करणका रूपमा विकास गरिरहेका छन् ।

अतः यी तमाम प्रकारका राष्ट्रिय सरोकार र जनसरोकारका विषयहरूलाई मुल मुद्धा बनाएर अर्थात राष्ट्रिय स्वाधिनता र जनवीविकाका एजेण्डाहरूलाई समेत मूल एजेण्डा बनाएर नेकपा – माओवादीले सशक्त रूपमा जनप्रतिरोध आन्दोलन र जनआन्दोलनको उठान गर्ने निर्ण्र्ाागरिसकेको छ । यस आन्दोलनलाई सफल पार्न र राष्ट्रिय स्वाधिनता प्राप्तिको  आन्दोलनलाई निर्ण्ााय मोडमा पुर्‍याउनका निम्ति सम्पर्ूण्ा देशभक्त, जनवादी, गणतन्त्रवादी प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरू र राष्ट्रिय स्वाधिनताका सबै पक्षधर शक्तिहरूका बीचमा व्यापक मोर्चाबन्दी गर्न आवश्यक छ । यो आन्दोलनलाई एउटै कुनै पनि शक्तिले निर्ण्यक तहमा पुर्‍याउन सम्भव छैन । त्यसैले सम्पर्ूण्ा देशभक्त, जनवादी, गणतन्त्रवादी, प्रगतिशील तथा संघीयता पक्षधर शक्तिहरू र राष्ट्रिय स्वाधिनताका सम्पर्ूण्ा शक्तिहरू बीचमा बृहत संयुक्त मोर्चा निर्माण गर्न आवश्यक छ ।

आज नेपाल र नेपाली जनताले संयुक्त संर्घष्ाको माग गरिरहेका छन् । आज यस प्रकारको संर्घष्ाको महत्व तत्कालिन एवं दर्ीघकालिन दुवै दृष्टिले विशिष्ट रहन गएको छ । नेपाल राष्ट्र स्वाधिनता चाहन्छ । नेपाली जनताले मुक्ति चाहन्छन् । स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनतालाई यस मुलुकको वास्तविक मालिक बनाउनका लागि माथि उल्लेखित सबै शक्तिहरूसीत शसक्त रूपमा मोर्चाबन्दी गरेर सशक्त रूपमा जनआन्दोलनको उठाउन गर्न बृहत संयुक्त मोर्चा निर्माण गरेर मिल्न सक्ने, एजेण्डा र कार्यक्रम मिल्ने शक्तिहरूसित कार्यगत एकता गरेर मात्र जनआन्दोलन, जनप्रतिरोध संर्घष्ालाई निर्ण्यक विन्दुमा पुर्‍याउन सम्भव हुन्छ, साम्राज्यवादी, विस्तारवादीहरूका नयाँ नेपाली दलाल हुँदै इमान्दार चाकरहरूलाई नेपाली धर्तीमा धुलो चटाउँदै स्वाधिन राष्ट्रको निर्माण गर्न र नेपाली जनताको मुक्ति अभिमानलाई निर्ण्यक विन्दुमा पुर्‍याउन सकिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु