पर्यटक भित्र्याउन निजी क्षेत्र क्रियाशीलपर्यटक भित्र्याउन निजी क्षेत्र क्रियाशील

२०६९ माघ २८ गते, आईतवार

काठमाडौ । सुदूरपश्चिमको सुन्दर रमणीय जिल्ला डडेल्धुरामा पर्यटक भित्र्याउन निजी क्षेत्र क्रियाशील हुन थालेको छ । सुदूरपश्चिमको मध्यमा अवस्थित डडेल्धुरामा पर्यटक भित्र्याउन निजी क्षेत्रले प्रयास गरेको यो नै पहिलो भएको उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष प्रकाश साउदले वताए । सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न मासिक कमाइको १ प्रतिशत पर्यटन क्षेत्रमा लगाउने घोषणा पर्यटन व्यवसायीहरूले गरेका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महराले सुदूरपश्चिमको पर्यटन विकासका लागि आˆनो तर्फबाट १ लाख दिने घोषणा गरे । उनले आˆनो आम्दानीको १ प्रतिशत पर्यटन प्रवर्द्धनमा खर्च गर्ने यसअघि नै घोषणा गरिसकेका छन् । डडेल्धुराका पर्यटन व्यवसायी श्याम भट्टले गत वर्ष भारतको हिमाञ्चल प्रदेशबाट एक दर्जन भारतीय प्रशिक्षक बोलाई डडेल्धुरामा प्याराग्लाइडिङको अभ्यास नै गराएका थिए । ‘डडेल्धुरासागै जोडिएको सेती नदीमा र्‍याˆटिङको सम्भावना छ,’ उनले भने, ‘डडेल्धुरामा ७५ प्रतिशत वनक्षेत्र रहेकाले पर्यटकका लागि आकर्षक स्थल बनाउन सकिन्छ ।’ अपी हिमालको दृश्यावलोकनसहित १४ वटा हिमाल देख्न सकिने डडेल्धुरामा ऐतिहासिक विश्व सम्पदामा सूचीकृत १ हजार वर्ष पुरानो अजयमेरुकोट दरबारदेखि अमरगढी किल्ला, उग्रतारामाता मन्दिर, हिन्दूहरूको आस्थाको केन्द्र द्वापर युगमा पर्शुरामले तपस्या गरेको पर्शुरामधाम, सुन्दर रमणीय आलीताल, गन्यापधुरा लेकक्षेत्र, घटालबाबा क्षेत्रलगायत सुन्दर ठाउा भएकाले यस क्षेत्रको विकासमा लागिपर्ने पर्यटन व्यवसायी दीपकराज बोहराले बताए । डडेल्धुरामा आउने अतिथिका लागि सुदूरपश्चिमको परिकारसहित होमस्टेसमेत तयार गर्न पहल गर्न होटल सन लाइटका प्रोप्रराइटर दानसिंह भण्डारीले बताए । ‘हामी पनि आˆनो कमाइको केही प्रतिशत पर्यटन विकासमा लगाउाछौा,’ भण्डारीले भने । कैलालीका पर्यटन व्यवसायी सञ्जय चौधरीले डडेल्धुरामा आयोजित एक कार्यक्रममा भारतको उत्तरप्रदेश र उत्तराखण्डका ३० करोड भारतीय हाम्रा अतिथि हुनसक्ने बताएका थिए । ‘तर हामीले सुन्दर सुदूरपश्चिमको नयाा गन्तव्यलाई आकषिर्त पर्यटकीय क्षेत्र बनाउन सक्नुपर्छ’ उनले भने । पर्यटकले खोज्ने कुरा दिनसके यहााको पर्यटन अगाडि बढ्नेमा सबैको एक मत भए पनि पर्यटनका नयाा गन्तव्यको विकासका लागि आवश्यक आधारभूत पूर्वाधार निजी क्षेत्रले मात्रै बनाउन सक्नेमा भने व्यवसायीले आशंका व्यक्त गरेका छन् । शान्ति, सुरक्षा र राजनीतिक स्थिरताको वातावरण सरकारले बनाउन सके पर्यटनका माध्यमबाट सुदूरपश्चिमको विकासमा ठूलो फड्को मार्न सकिने उनीहरू बताउाछन् । सुदूरपश्चिमका पहाडी सात जिल्लालगायत कैलाली र कञ्चनपुरका पर्यटन व्यवसायीको डडेल्धुरामा भएको भेलाले सुदूरपश्चिमको पर्यटन विकासका लागि डडेल्धुरा घोषणापत्र पनि जारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार