कथित मूलधारे मिडियाहरूको दृष्टिदोष -केदारनाथ गौतमकथित मूलधारे मिडियाहरूको दृष्टिदोष -केदारनाथ गौतम

२०६९ माघ २८ गते, आईतवार

नेपालका सबैजसो सञ्चार माध्यमहरूले राजनीतिक सूचना/समाचार तथा विचार/बहसको सम्प्रेषणलाई आफ्नो प्रमुख विषयवस्तु बनाउने गरेका छन् । आफूहरूले यथार्थको गहिराइ वा चूरोसम्म पुगेर गहन ढंगले सूचना तथा विचारको अध्ययन, विश्लेषण र सम्प्रेषण गरिरहेको दावी समेत तिनले गर्दै आइरहेका छन् । तर, वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने आफूलाई ‘प्रभावशाली’ वा ‘ठूला’ मिडिया दावी गर्नेहरूका उपरोक्त सूचना र विश्लेषण सधैं नै गलत र झुट्टा रहने गरेका छन् ।

आफूलाई नेपालकै सर्वाधिक ‘प्रभावशाली’ वा ‘ठूला’ दावी गर्ने ती मिडियाहरूले आज एकीकृत नेकपा -माओवादी) र ऊसाग सत्ता गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई एउटा राजनीतिक ‘धार’ र ‘विपक्षी गठबन्धन’ मा आबद्ध नेपाली कांग्रेस र नेकपा -एमाले) लगायतलाई अर्को राजनीतिक ‘धार’ का रूपमा चर्चा-परिचर्चा र विश्लेषण गर्दै आइरहेका छन् । ०६२/६३ को जनआन्दोलन अघिसम्म ती मिडियाले नेपाली कांग्रेस तथा ऊ नेतृत्वको गठबन्धनमा आबद्ध राप्रपालगायतलाई एउटा राजनीतिक ‘धार’ र नेकपा -एमाले) तथा ऊ नेतृत्वको गठनबन्धनमा क्रियाशील विभिन्न ‘वाम’ नामधारी खेमाहरूलाई अर्को राजनीतिक ‘धार’ का रूपमा चर्चा-परिचर्चा र विश्लेषण गर्दै आइरहेका थिए ।

कुनै पनि देशमा एकाध वा धेरै राजनीतिक दलहरू हुन सक्छन् र नेपालमा पनि छन् । सतही रूपबाट सरसर्ती हेर्ने हो भने ती सबै दलहरूका आ-आफ्नै फरकफरक प्रवृत्ति, विशेषता, मूल्य-मान्यता, नीति र लक्ष्य वा उद्देश्य पनि हुने गर्दछन् । तर, सारभूत रूपले गहिराइमा पुगेर अध्ययन-विश्लेषण गर्ने हो भने ती सम्पूर्ण दलहरूका आधारभूत प्रवृत्ति वा विशेषता केवल दुईथरी मात्र हुने गर्दछन् । राजनीतिक दलहरूको आधारभूत चरित्र वा विशेषता या त यथास्थितिवादी/सुधारवादी वा प्रतिगमनकारी हुने गर्दछ या त आमूल परिवर्तनकारी वा क्रान्तिकारी हुने गर्दछ । यसरी हेर्दा वास्तवमा यथास्तिथिवादी/सुधारवादी वा प्रतिक्रियावादी राजनीतिक प्रवृत्ति, मान्यता र लक्ष्य वा उद्देश्यमा क्रियाशील राजनीतिक दलहरूले राष्ट्रमा एउटा राजनीतिक धारको प्रतिनिधित्व गर्दछन् भने आमूल परिवर्तनकारी वा क्रान्तिकारी राजनीतिक दल वा दलहरूले अर्को राजनीतिक धारको प्रतिनिधित्व गर्दछन् ।

०६२/६३ को ऐतिहासिक जनआन्दोलनअघि तत्कालीन राजतन्त्र र नेपाली कांग्रेसले एउटा राजनीतिक धारको नेतृत्व गरिरहेका थिए । एमाले, राप्रपालगायत माओवादी जनयुद्धको विरोध र प्रतिकारमा क्रियाशील सम्पूर्ण राजनीतिक दलहरू त्यही राजनीतिक धारका विभिन्न अङ्ग थिए । त्यस्तै, जनयुद्धको आहृवान र नेतृत्व गर्ने तत्कालीन नेकपा -माओवादी) ले अर्को राजनीतिक धारको नेतृत्व गरिरहेको थियो र जनयुद्धलाई समर्थन एवम् सहयोग गर्ने अन्य कतिपय क्रान्तिकारी पार्टी र समूहहरू दोस्रो राजनीतिक धारका प्रतिनिधि पात्र थिए । तर, आफूलाई नेपाली मिडियाजगत्का मसिहा दावी गर्नेहरूले विषयवस्तुलाई कहिल्यै यो रूपमा स्विकार/आत्मसात् गर्ने र सम्प्रेषण गर्ने साहस गरेनन् । बरु उनीहरूले राजदरबारलाई एउटा, कांग्रेसलाई दोस्रो र एमालेलाई तेस्रो राजनीतिक धारका रूपमा आत्मसात् एवम् सम्प्रेषण गर्ने अनि नेपालका असी प्रतिशत जनता र भूभागको प्रतिनिधित्व गरिरहेको नेकपा -माओवादी) लाई राजनीतिक शक्तिका रूपमै स्विकार एमव् सम्प्रेषण नगर्ने हास्यास्पद हर्कत गरिरहे ।

कथित ठूला मिडियाहरूको विषयवस्तुलाई हेर्ने चरित्रमा आजसम्म पनि कुनै परिवर्तन आएको नदेखिनु दुःखद् विडम्बना भएको छ किनकि तिनले फेरि पनि त्यही गल्ती दोहोर्‍याइरहेका छन् । दसवर्षे जनयुद्धका सम्पूर्ण उपलब्धिहरू ध्वस्त पारिसकेपछि औपचारिक महाधिवेशनको दस्ताबेजबाट समेत घोषित रूपमै जनयुद्ध, जनयुद्धका मूल्य-मान्यता र उपलब्धि, माक्र्सवाद-लेनिनवाद-माओवादका आधारभूत प्रस्थापना र मूल्य-मान्यतालाई तिलाञ्जली दिएर पूर्वपञ्च र कांग्रेसको स्थानमा आफूलाई उभ्याइसकेको सगर्व घोषणा गर्ने एकीकृत नेकपा -माओवादी) तथा भारतीय विस्तारवादले आफ्नो स्वार्थपूर्तिका निम्ति एमाओवादीसाग गठजोड गराइदिएको मधेशी मोर्चालाई एउटा राजनीतिक ‘धार’ र एमाओवादीले सत्तामा बसेर गरिरहेको जनतामाथिको शोषण-दोहन तथा राज्यकोषमाथिको ब्रहृमलूट देखेर र्‍याल काड्दै त्यो मौका आफूहरूले पाउनुपर्ने दावीका साथ प्रधानमन्त्रीको कुर्सी प्राप्तिलाई नै एकसूत्रीय ‘एजेन्डा’ बनाएर सरकारविरुद्ध ‘आन्दोलन’ गरिरहेका कांग्रेस-एमालेलगायतलाई अर्को राजनीतिक ‘धार’ का रूपमा अथ्र्याउने गल्ती आफूलाई ‘ठूला’ र ‘प्रभावशाली’ मिडिया दावी गर्नेहरूले फेरि पनि दोहोर्‍याइरहनु वास्तवमै विडम्बनापूर्ण छ । आज ०४७ सालकै संविधान र राजतन्त्रको भूत ब्युाताउनुपर्ने माग गरिरहेको कमल थापा नेतृत्वको राप्रपा -नेपाल) देखि कांग्रेस, एमाले हुादै जनयुद्धको ब्याज खाइरहेको एनेकपा -माओवादी) सम्मका राजनीतिक समूह र गुट-उपगुटहरूबीच आधारभूत रूपमा के-कस्ता राजनीतिक सिद्धान्त, मूल्य-मान्यता र नीति-योजनागत भिन्नता बााकी छन् र तिनलाई अलगअलग राजनीतिक धारका रूपमा बुझ्ने, विश्लेषण गर्ने र सम्प्रेषण गर्ने काम गरिरहेका छन् कथित मूलधारे मिडियाहरूले ? जबकि सबैको प्रमुख उद्देश्य एउटै छ- संसदीय व्यवस्थालाई ‘संस्थागत’ एवम् ‘सुदृढ’ गर्ने अनि त्यसैमार्फत आफूलाई सत्तासिन गराएर जनतामाथि शोषण-दोहन गर्ने । के ०४७ सालको संविधानभन्दा आधारभूत र गुणात्मक रूपले अग्रगामी संविधान तथा राज्यव्यवस्था कायम गर्ने पक्षमा उपरोक्त कुनै पनि राजनीतिक समूहहरू कृतसंकल्पित छन् भनेर मूलधारे मिडियाहरूले स-प्रमाण सूचना र विश्लेषण सम्प्रेषण गर्ने सामथ्र्य राख्दछन् ? ‘क्रान्ति त पूरा भइसक्यो, त्यसलाई अन्तिम रूपले संस्थागत गर्न मात्र बााकी छ’ भन्दै उपरोक्त यथास्थितिवादी समूहरूले परिकल्पना र प्रचार गरेको ‘नयाा’ संविधान र राज्यव्यवस्थाका अन्तर्वस्तुमध्ये केवल राजतन्त्रको अन्त्य तथा धर्मनिरपेक्षता र संघीयताप्रतिको सैद्धान्तिक सहमति ०४७ सालको संविधानभन्दा अग्रगामी पक्ष हुन् तर उपरोक्त सबै समूहहरूभित्र ती अग्रगामी उपलब्धि र प्रावधानहरूबाट समेत पछि हट्नुपर्छ भन्नेहरूको बोलवाला बढ्दै गइरहेकाले तिनलाई कुनै पनि अर्थमा एउटै राजनीतिक धारभन्दा फरक रूपले विश्लेषण गर्नु सही हुनै सक्दैन ।

आज नेपालमा जम्मा दुईवटा राजनीतिक धार वा प्रवृत्ति क्रियाशील छन् । ००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनासागै जन्मेको र दसवर्षे नेपाली जनयुद्धले हुर्काउादै संस्थागत गरेको सामन्तवाद-साम्राज्यवादविरोधी धार अर्थात् घोषित रूपले संसदीय व्यवस्थालाई अस्विकार गरी नयाा जनवादी क्रान्तिप्रति कृतसङ्कल्पित रहेको धार । यो धार नेपालको उदीयमान, जाज्वल्यमान र अवश्यम्भावी विजयको पथतर्फ देश र जनतालाई डोर्‍याइरहेको धार हो र यो नै आजको प्रमुख राजनीतिक धार हो । एकै शब्दमा भन्नुपर्दा यस धारलाई क्रान्तिकारी धार भन्न सकिन्छ । आफ्नो ऐतिहासिक सातौं राष्ट्रिय महाधिवेशनमार्फत नेपाली नयाा जनवादी क्रान्ति अधूरै रहेको यथार्थपरक विश्लेषणका साथ त्यसलाई पूरा गरिछाड्ने ठोस रणनीति, कार्यनीति, कार्यदिशा र कार्यक्रम बनाई सबैखाले प्रतिक्रियावाद, यथास्थितिवाद र संसद्वादसाग निणर्ायक सम्बन्ध-विच्छेद गरेर सशक्त ढंगले अगाडि बढिरहेको नेपाल कम्युनिस्ट पार्टी-माओवादीले यस धारको नेतृत्व र प्रतिनिधित्व गरिरहेको छ । राष्ट्रिय स्वाधीनता र जनतन्त्रको पक्षमा क्रियाशील अरु विभिन्न पार्टी र समूहहरू यसै धारको वरिपरी गोलबद्ध हुादै यस धारलाई सशक्त र निणर्ायक शक्तिका रूपमा स्थापित गराउने दिशातर्फ क्रियाशील छन् । त्यसैगरी, सामन्तवाद-साम्राज्यवादको पाऊमा लम्पसार परेर आत्मसमर्पण गर्दै संसद्वादको रछयानमा पैतालादेखि टुप्पीसम्म चुर्लुम्मै डुबेको एनेकपा -माओवादी), नेपाली कांग्रेस, एमालेलगायतका समूहहरूको धार यथास्थितिवादी-प्रतिक्रियावादी-राष्ट्रघाती धार हो । एकै शब्दमा भन्नुपर्दा त्यस धारलाई संसद्वादी धार भन्न सकिन्छ । त्यस धारको नेतृत्व कसले गर्ने भन्नेमा आज एमाओवादी र कांग्रेसबीच चर्को अन्तर्द्वन्द्व छ र कथित ठूला मिडियाहरूले त्यसै अन्तर्द्वन्द्वलाई आधार बनाएर एमाओवादी तथा कांग्रेसलाई अलगअलग धारका रूपमा अथ्र्याउने ‘दृष्टिविहीनहरूको हात्तीछमाइ’ गरिरहेका हुन् । एमालेलगायतका कतिपय समूहहरू त्यस धारको नेतृत्व कांग्रेसबाट गराउन सक्रिय छन् भने मधेशी मोर्चालगायतका समूहहरू उक्त धारको नेतृत्व एमाओवादीबाट गराउन क्रियाशील छन् । अहिले ‘चुनावी सरकार’ को नेतृत्व कसले गर्ने भन्ने विषयमा केन्दि्रत हुादै चलिरहेको र अलिक पछि ‘निर्वाचन’ को नौटङ्कीमार्फत कुन् पक्ष हावी हुने भन्दै चल्ने यथास्थितिवादी-संसद्वादीहरूका बीचको तीव्र अन्तर्द्वन्द्वको मूल कारण भनेकै संसद्वादी धारको नेतृत्व एमाओवादी र कांग्रेसमध्ये कसले गर्ने भन्ने अन्तर्द्वन्द्व हो ।

यसर्थ, स्पष्ट छ कि यतिबेला नेकपा-माओवादीको नेतृत्वमा क्रियाशील उदीयमान क्रान्तिकारी धार र एमाओवादी-कांग्रेसको नेतृत्वमा क्रियाशील पतनोन्मूख यथास्थितिवादी-प्रतिक्रियावादी धार नै नेपालका आधारभूत दुई राजनीतिक धारहरू हुन् । विषयवस्तुलाई यही रूपमा बुझ्दै र आत्मसात् गर्दै गरिने राजनीतिक बहस-विश्लेषण तथा सूचना-समाचारको सम्प्रेषणले मात्र नेपाली जनतालाई वास्तविक रूपबाट सुसूचित गराउन सकिन्छ । विगत र वर्तमानलाई हेर्दा कथित मूलधारे ‘ठूला’ मिडिया देश र जनताप्रतिको आफ्नो प्रमुख दायित्वबाट विमूख हुने दुःखद् विडम्बना देखा परेको छ ।

-लेखक जनजिब्रो साप्ताहिकका सम्पादक एवं क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्)नेपालका सबैजसो सञ्चार माध्यमहरूले राजनीतिक सूचना/समाचार तथा विचार/बहसको सम्प्रेषणलाई आफ्नो प्रमुख विषयवस्तु बनाउने गरेका छन् । आफूहरूले यथार्थको गहिराइ वा चूरोसम्म पुगेर गहन ढंगले सूचना तथा विचारको अध्ययन, विश्लेषण र सम्प्रेषण गरिरहेको दावी समेत तिनले गर्दै आइरहेका छन् । तर, वास्तविकताको धरातलमा उभिएर हेर्ने हो भने आफूलाई ‘प्रभावशाली’ वा ‘ठूला’ मिडिया दावी गर्नेहरूका उपरोक्त सूचना र विश्लेषण सधैं नै गलत र झुट्टा रहने गरेका छन् ।

-लेखक जनजिब्रो साप्ताहिकका सम्पादक एवं क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु