हेवा–ए जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौं, ९ भदौ । पाँचथरमा निर्माणाधीन १४ दशमलव ९ मेगावाट क्षमताको ‘हेवा ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीले आयोजनाको काम ९९ प्रतिशत पूरा भएको जनाएको छ । निर्माण शुरू भएको ५ वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले बताए ।
आयोजनाबाट यही भदौ १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । सानिमा बैंकको नेतृत्वमा ११ वटा बैंकले लगानी गरेको आयोजनाको कुल लागत २ अर्ब १६ करोड रुपैयाँ अनुमान गरिए पनि नाकाबन्दी, स्थानीयको अवरोधलगायत कारणले समय र लागत बढेको आयोजनाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु