वडा अध्यक्षमाथि गरिएको जनकार्वाहीको अनाआवश्यक प्रोपोगाण्डा नगर्न अपिल

२०७७ असार १८ गते, बिहीबार

काठमाडौँ , १८ असार । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्षमाथि गरिएको जनकार्वाहीको विषयलाई अनाआवश्यक प्रोपोगाण्डा नगर्न अपिल गरेको छ । बिहीबार दाङ सेक्रेटरी भगवानराजले प्रेस विज्ञप्ति जारी गर्दै जनविरोधी क्रियाकलाप गर्ने जनप्रतिनिधिमाथि जनताले गरेको कार्वाहीमा आफ्नो समर्थन रहेको भन्दै उक्त विषयलाई अनाआवश्यक रुपमा प्रचारबाजी नगर्न आग्रह गरेका हुन् ।
सेक्रेटरी भगवानराजद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ –‘शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्षले दर्जनौ जनता, शिक्षकलाई कुटपिट गरेको र प्रहरी प्रशासनलाई प्रभावमा पारी केस नहेरेको र सामुदायिक बन, विद्यालयमा अस्वभाविक हस्तक्षेपको भूमिका खेली जनप्रतिनिधि कहलाउँदै जुवातास खेल्ने, खेलाउने जस्ता सामाजिक विकृतिका क्रियाकलाप गरेकोले जनप्रतिनिधि गुण्डा, जुवाडे, भ्रष्टचारीको रुपमा परिचित वडा भित्रको विकासे बजेटहरुमा आफ्ना मान्छेलाई जिम्मा दिने, जनतासँग विभिन्न बहानामा कमिसन माग्ने गरेकोले जनताले कार्वाही गरेका हुन् ।’
प्रेस विज्ञप्तिमा सेक्रेटरी भगवानराजले आफ्नो पार्टीका नेताकार्यकर्ता तथा शुभचिन्तकहरु होम क्वारेन्टाइनमा बसेको बेला घर गई आतंकित पारी विना कारण इन्द्रबहादुर ओली, अर्जुन शाही रेशम विकलाई गिरफ्तार गरी झुटा मुद्दा लगाएको उल्लेख गरेका छन् । साथै विनाकारण गरिएको प्रहरी दमन भन्दै प्रहरी दमन र झुटा मुद्दा लगाउने कार्य बन्द गर्न आग्रह गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु