रातारात करोडपति बन्न बिरामीलाई झोला भरि औषधि

२०७३ भाद्र १० गते, शुक्रबार

काठमाडौ, १० भदौ । तपाईलाई टाउको दुख्यो या ज्वरो आयो भने तपाई कहाँ जानुहुन्छ ? औषधि पसलमा जानुहुन्छ अनि मेडिकलवालाले दिएको औषधि पैसा तिरेर लिनुहुन्छ र खानुहुन्छ तर तपाईले कहिल्यै सोच्नु हुन्न कि औषधि पसलेले विशेषज्ञ डाक्टरको स्वीकृति विना औषधि बेच्न पाउदैन भन्ने कुरा ।
तपाई विशेषज्ञ डाक्टरकोमा स्वास्थ्य परीक्षण गर्नुभन्दा पहिले औषधि पसलेको मै गएर औषधि खानुहुन्छ र यसबाट निको भएन भने मात्र विशेषज्ञ डाक्टर खोज्नुहुन्छ । यो बानी तपाईको मात्र नभएर अधिकांश सर्वसाधारण नेपालीको बानी हो । औषधि पसलेहरु सर्वसाधारणको सोझोपनको फाईदा उठाएर झोला भरि अनावश्यक औषधि थमाउदै आफू रातारात करोडपति बनेका छन् ।
आफ्नो स्वास्थ्य जस्तो संवेदनशील कुरामा सर्वसाधारणले वेवास्ता गरेको पाइन्छ भने औषधिवालाले सोही वेवास्ताको फाईदा लिन सर्वसाधारण विरामीलाई झोलाभरि नचाहिदो औषधि भरिदिन्छन् । पर्वत जिल्ला अस्पतालका डाक्टर सरोजचन्द्र दाहालले पनि औषधि विक्रीवालाहरुले नचाहिदो औषधिले विरामीको झोला भरिदिने गरेको कुरालाई स्वीकार गर्छन् ।
‘मुनाफा कमाउने उद्देश्य रव्यापारीकरणक कारण मेडिकलवालाल विरामीको स्वास्थ्यलाई ख्याल नै नगरी झोलाभरी अनावश्यक औषधि राखिदिने गरेको पाइएको छ’– डा. दाहालले भने । डा.दाहालले भने–‘गाउँबाट विरामीले विमार निको नभएपछि झोलाभरि औषधि लिएर अस्पताल आउदा उनीहरुले खाँदै गरेको तर नचाहिदो औषधि मैले फ्याक्नु परेको छ ।’
औषधि स्टाण्डर्ड ट्रिटमण्ट प्रोटोकल(एसटिपी)का अनुसार एउटा विरामीलाई तीनथरी औषधिभन्दा बढी औषधि खुलाउन नपाईने नियम छ बढी खुलाउनु हानिकारक हुन जान्छ । त्यस्तै कुनै पनि फार्मेसी पढेर औषधि पसल राखेको व्यक्तिले डाक्टरको पे्रस्क्रिप्सन बेगर औषधि बिक्रि गर्न पाउदैन । यदि विक्री ग¥यो कानूनी कारवाहीमा पर्छ । फार्मेसी पढेको व्यक्तिले औषधि व्यवस्था विभागबाट लाईसेन्स प्राप्त गरेपछि मात्र औषधि विक्री गर्न पाउँछ तर डाक्टरको प्रेस्क्रिप्सन विना औषधि दिने र विरामी चेकजाँच गर्ने अधिकार उसलाई हुँदैन । स्वास्थ्य ऐनमा प्रष्ट उल्लेख भएपनि कानून विपरित औषधि विक्री गर्ने र रातारात करोडपति बन्ने धन्दा बजारमा मौलाउदो छ । बजारमा ब्रगेल्ती खुलेका औषधि पसलले विरामीको स्वास्थ्य र स्वास्थ्य ऐननियमको धज्जी उडाउदै जथाभावी औषधि विक्री गर्ने र औषधि पसलमै विरामी चेकजाँच गर्ने गरेको पाइन्छ । कानून विपरित औषधि विक्री गर्ने र विरामी चेकजाँच गर्ने औषधि व्यापारीहरुलाई कारवाही समेत भएको छैन । औषधि पसलमा अनुगमन र नियमन गर्ने निकायले पनि कुनै चासो दिएको छैन । कुश्माकै एउटा मेडिकलहलमा दुर्लुङ स्थायी घर भएका एक व्यक्ति विरामी भई चेकजाँच गर्दा मेडिकलवालाले ईन्जेक्सन लगाएको केही बेरमै बेहास् भई ढलेको र पछि जिल्ला अस्पतालमा लग्दा मृत्यु भएको विषयले केही दिन पहिले चर्चा पाएको थियो । यो बारे कुनै खोजी र अनुसन्धान भने हुन सकेको छैन ।कतिपय औषधि पसलेलाई कुन विमारीमा कुन औषधि दिने भन्ने समेत ख्याल छैन तर जथाभावी औषधि विक्री गरेको पाईएको छ । यतिखेर फैलिएको भाईरल ज्वरोका विरामीहरुलाई ब्रुफिन मिसिएको सिटामोल दिए हुनेमा औषधि पसलेहरुले सिफोडोक्सिन, सिफोसिन लगायत अन्य औषधि समेत दिने गरेको पाइएको छ । यो त एउटा सानो उदाहरण मात्र मान्छन् जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु । जथाभावि औषधि खाएर थप समस्यामा परेको भन्ने सर्वसाधारणको गुनासो बढ्दो छ । विरामीलाई साइड ईफेक्ट भई थप स्वास्थ्य समस्या हुने कुरालाई औषधि व्यवसायीहरुले ख्याल नै नगरेको जिल्ला अस्पताल पर्वतका प्रशासकीय अधिकृत पोषनाथ शर्मा बताउँछन् ।अधिकृत शर्माको आफ्नै छोरालाई भाईरल ज्वरो आएपछि उनले विशेषज्ञ डाक्टर सरोजचन्द्र दाहाल, डा. सुनिल आचार्य लगायतसँग परामर्शपछि ब्रुफिन सिटामोल खुलाएका थिए तर अन्य औषधि खुलाउन नपरेको उनको दावी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार