मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौं, १२ साउन । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गर्नुभएको छ । प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उहाँले जहाँबाट जसरी हुन्छ त्यसैगरी इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गर्नुभएको बताइएको छ ।
इरानी जनताको जमघटलाई राजधानी तेहरानमा सम्बोधनगर्दै खामेनीले उक्त सन्देश दिनुभएको समाचारमा जनाइएको छ । उहाँले भन्नुभयो “इश्लामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ सङ्घर्ष गर भनेको छ ।”
आजका दिनमा यहुदी शासन विरुद्धकोे लडाई मुसलमानको अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ भन्दै खामेनीले इश्लामिक राष्ट्रबीचको एकता अपरिहार्य भएकोमा पनि जोड दिनभएको समाचारमा उल्लेख छ ।
खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेस्टिनी जनताको समर्थनमा हुने गरेका जुलुसहरुमा सहभागी भएर पनि यो दबाब सिर्जना गर्न उक्त समारोहमा आग्रह गर्नुभयो ।
हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधी नारा लगाउँदै इजरायलद्वारा निरन्तर प्यालेस्टिनी भू–भागमा कब्जा गरी बस्ती बसालेकोमा निन्दा गर्दै आएका छन् ।
उहाँले सो ¥यालीमा लाग्न पनि सबैलाई आग्रह गर्नुभएको तेहरानबाट प्राप्त समाचारमा जनाइएको छ । – रासस÷सिन्ह्वा

प्रतिक्रियाहरु