पद सम्हाल्दै मानवअधिकार आयोगका पदाधिकारी

२०७१ कार्तिक ३ गते, सोमबार


काठमाडौ, ३ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगमा सिफारिस भएका पदाधिकारीले आज पद तथा गोपनियताको शपथग्रहण गरेपछि आ-आफ्नो पद सम्हाल्ने भएका छन् ।राष्ट्रपति डा रामबरण यादवले आज दिउँसो शितल निवासमा पद तथा गोपनियताको पद तथा सपथ गरुाउने कार्यक्रम रहेको छ । गएको असोज ३१ गते सबै नाम संसदीय समितिले अनुमोदन गरेको थियो ।
सपथग्रहण दिउँसो दुई बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुनेछ । संवैधानिक परिषदबाट सिफारिस गरिएका अध्यक्ष अनुपराज शर्मा, सदस्यहरु प्रकाश वस्ती, मोहना अन्सारी, गोविन्द पौडेल र सुदीप पौडेलले आज पद तथा गोपनियताको सपथग्रहण गरेपछि कार्यभार सम्हाल्ने छन ।
झण्डै १६ महिनादेखि राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारी विहीन रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु