ट्रम्पद्धारा विश्व स्वास्य संगठनलाई दिईदै आएको सहयोग रोक्का

२०७७ बैशाख ३ गते, बुधबार

काठमाडौं, ३ वैशाख । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई दिईदै आएको सहायेग रोक्का गरेका छन् । ह्वाईट हाउसको नियमित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस नियन्त्रणमा सही व्यवस्थापन नगरेको आदि कारण देखाउदै सहयोग रोक्न निर्देशन दिएको बताए ।
यस अघि ट्रम्पले कोरोना भाईरस पछि विश्व स्वासथ्य संगठन चीन पक्षधर भएको भन्दै कडा आलोचना गरेका थिए । जसको स्वास्थ्य संगठनले खंडन गरेको थियो । डब्लुएचओलार्ई अमेरीकाले बार्षिक ४० करोड डलर सहयोग दिदै आएको छ । यो विश्वका अरु देशको तुलनामा सबै भन्दा बढी हो ।
ट्रम्पले डब्लुएचओको गल्तीकै कारण विश्वमा सबै भन्दा धेरै मानिसको यो भाईरसले मृत्यु भएको जिकिर गरेका छन् ।
यस विषयमा समीक्षा गरेको र डब्लुएचओले राम्रो काम नगरेको ट्रम्पको प्रतिकृया छ ।
अन्तराष्ट्रिय सार्वजनिक निकायमा अमेरीकाले अनुदान ठूलो मात्रामा रोक्का गरेको पहिलो पटक हो । यस बिषयमा अन्तराष्ट्रिय क्षेत्रमा समेत विवाद र विरोध हुन सक्ने अनुमान गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु