ओबामा मलाई छोरी देउ, म ५० गाइ दिन्छु : केन्यालि वकिल

२०७२ जेष्ठ १४ गते, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामासँग एक केन्याली वकिलले ज्वाइँ बन्नका लागि अनौठो प्रस्ताव गरेका छन् । केन्याली वकिल फेलिक्स किपरोनोले ओबामाकी ठूली छोरी मालियालाई विहे गर्न पाएमा आफू ५० वटा गाइ, ७० भेँडा र ३० वटा बाख्रा दिन तयार रहेको बताएका हुन् ।
नैरोवीको एक पत्रिकामा प्रकाशित एक समाचारमा किपरोनोको प्रस्ताव छापिएको छ । किपरोनोले आफ्नो उमेर नबाएपनि ओबामाकी १६ वर्षकी छोरी विवाह गर्न चाहेको बताएका हुन् ।उनले आफूलाई सन् २००८ देखि नै ओबामाकी छोरी मन परेको र आफूले ओबामाकी छोरी पाएमा कहिल्यै पनि धोका नदिने समेत बताएका छन् ।मालियाको एक तस्विर एक महिना अघि इन्टरनेटमा भाइरल बनेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु