घाइते याेद्धालाई गिरफ्तार गर्न एम्बुलेन्स प्रयोग !

काठमाडाैं, २८ पुष । नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सदस्य इश्वरी पाण्डेलाई एम्बुलेन्समा गएकाे प्रहरी टाेलीले गिरफ्तार गरेको छ । तुलसीपुर ९ शिवपुरबाट अाज बिहान बिरामी बाेक्ने सन्जीवनी एम्बुलेन्समा गएको प्रहरी टाेलीले पाण्डेलाई गिरफ्तार गरेको बताइएको छ । बिरामी बाेक्ने एम्बुलेन्समा प्रहरी जस्तो निकाय राजनीतिक पार्टीका सदस्यलाई गैरजिम्मेवार ढंगले गिरफ्तार गरिएको भन्दै ने.क.पा. दाङले घाेर अापत्ति जनाएकाे छ । देश र जनताको मुक्तिका खातिर लागिरहेको घाइते याेद्धा समेत रहेका पाण्डेलाई गिरफ्तार गरिएको भन्दै सम्पूर्ण मानवअधिकारवादी, सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>