कोरोनाबाट १९ सयको मृत्यु , तीन हजार स्वास्थ्यकर्मी सहित ७३ हजार बढी संक्रमित

काठमाण्डौं , ६ फागुन । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय पुगेको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको छ । अन्य २६ देशमा पनि कोरोना फैलिएको छ । कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीनको भ्रमण गरेर फर्किएका नागरिकलाई कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् ।
त्यसैगरी चीनसँगका सीमानाकाहरुमा पनि चेकजाँचमा कडाइ गर्नुका साथै आवागमनमा रोक लगाइएको छ । त्यसैगरी नयाँ वर्ष मनाएर बेइजिङ फर्कने नागरिकलाई पनि अनिवार्य दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको छ । कोरोनाको संक्रमणबाट ७३ हजार चार सय भन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण तीन हजार भन्दा बढी स्वास्थ्यकर्मी पनि प्रभावित भएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले चीनमा देखिएका संक्रमितमध्ये ८० प्रतिशतको स्वास्थ्यमा सुधार आएको छ । -एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>