बिश्व

गाजा क्षेत्रमा भोकमरीको समस्या विकराल

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले हमास नियन्त्रित क्षेत्र गाजामा बालबालिका भोकमरीको शिकार भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा गाजाको अल अवडा र कमल अडवान अस्पतालका १० जना बालबालिकाको हालैका दिनमा भोकमरीका कारण मृत्यु भएको र सयौं भोकमरीको शिकार भइरहेको भन्दै भविष्यमा अनिकाल आउन सक्ने चेतावनी दिएको छ ।डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयसका अनुसार […]

२०८० फाल्गुन २२ गते, मंगलवार

इजरायल हमाससँग युद्धविराम गर्न सहमत

काठमाडौँ । इजरायल हमाससँग ६ साताका लागि युद्धविराम गर्न सहमत भएको छ भने हमासले भने कुने जवाफ दिएको छैन । कतारको मध्यस्थतामा हमास र इजरायलबीच बारम्बार छलफल भइरहँदा हमास पनि केही हदसम्म युद्धविरामका लागि लचक भए पनि कुनै जवाफ भने दिएको छैन । अमेरिकी अधिकारीहरुका अनुसार इजरायलले आफनो नियन्त्रणमा रहेका प्यालेष्टेनीहरु रिहा गर्न पनि सहमत […]

२०८० फाल्गुन २० गते, आईतवार

अफगानिस्तानमा हिमपात : १५ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानका विभिन्न प्रान्तमा भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् । बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै टोलोन्यूजले भारी हिम वर्षाका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग दस हजार जनावरहरू मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सर(ए(पुलका […]

२०८० फाल्गुन १९ गते, शनिबार

डब्लूएचओद्वारा सोमालियामा हैजा रोक्न थप कोषको खोजी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमालियामा हैजा नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ। डब्ल्यूएचओले प्रकोप नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधि कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ लागेपछि सोमालियामा दुईहजार ९४३ हैजाका नयाँ बिरामी फेला परेका छन्। २६ जनाको मृत्यु भएको छ। डब्लूएचओले मुख्यतया साबेले […]

२०८० फाल्गुन १८ गते, शुक्रबार

रुसी राष्ट्रपति पुटिनद्वारा परमाणु हतियार प्रयोग गर्ने चेतावनी

काठमाडौँ । राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएका छन । राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूको सहयोगको आलोचना गदै आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मा रुसले नलिने चेतावनी दिंदै रुस, युक्रेन युद्ध जित्ने योजनामा मात्र केन्द्रित रहेको भन्दै युरोपमा आक्रमण […]

२०८० फाल्गुन १८ गते, शुक्रबार

गाजामा युद्धविराम हुन सक्ने !

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडनले सोमवारसम्म गाजामा इजरायल र हमासबीच युद्धविराम हुन सक्ने आशा रहेको बताएका छन्।विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल र हमासका अधिकारीहरूबीच जारी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जारी वार्ताकोबीच उनको यो वक्तव्य आएको हो। अब हुने युद्धविरामको क्रममा गाजामा राहत सामग्रीको वितरण र गत ७ अक्टुबरमा हमास आक्रमणको क्रममा बन्धक बनाइएका […]

२०८० फाल्गुन १६ गते, बुधबार

अमेरिकी सैनिकद्वारा वासिङ्टनस्थित इजरायली दूतावास अगाडि आत्महत्या

काठमाडौँ । अमेरिकी वायुसेनाका एक सैनिकले वासिङ्टनस्थित इजरायली दूतावास अगाडि आत्महत्या गरेका छन । उनलाई आगो लागेको अवस्थामा आइतबार अस्पताल भर्ना गरिएको थियो जहाँ उनको मृत्यु भएको थियो । आफूलाई आगो लगाउनु अघि, एयरम्यानले “नरसंहारमा भाग नलिन” अपील गरेका थिए।टेक्सासको एन्टोनियो सिटीका बासिन्दा २५ वर्षीय एरोन बुसनेलको अमेरिकी वायुसेनाका पाइलटको रूपमा पहिचान भएको छ । […]

२०८० फाल्गुन १५ गते, मंगलवार

जलवायु परिवर्तनको असर : अन्टार्कटिकामा बरफ कम हुन थाल्यो !

काठमाडौँ । वैज्ञानिकहरूले अन्टार्कटिकामा कहाँ र कहिले बरफ पग्लिन थाल्छ भन्नेबारे पहिलाभन्दा राम्रो र धेरै जानकारी पाउन सकेको बताएका छन् । उनीहरुले बरफको सतहमा ढिक्काको आकार परिवर्तन भएर हिमनदी बन्ने ठाउँमा चिन्ह लाग्ने कुरा पत्ता लगाएको दाबी गरेका छन्।आधा शताब्दीअघि बरफ जमेको ठाउँहरू वा चिन्ह भएका ठाँउमा धेरै परिवर्तन भएको पाइएको छ ।सन् २००० देखि […]

२०८० फाल्गुन १५ गते, मंगलवार

विश्व व्यापार सङ्गठनका सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौँ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप दिएको बताएको छ । डब्लुटिओका ७५ प्रतिशत सदस्यद्वारा हस्ताक्षरित विकासका लागि लगानी सहजीकरण ९आइएफडी० सम्झौतालाई संस्थाको नियमानुसार औपचारिकरूपमा समावेश गर्नुअघि पूर्ण सहमति आवश्यक […]

२०८० फाल्गुन १४ गते, सोमबार

रुस र युक्रेन युद्ध तेश्रो वर्षमा प्रवेश

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध ३ वर्षमा प्रवेश गर्दा झन्डै ५० हजार सर्वसाधारण मारिएको युक्रेनले जनाएको छ । युक्रेनले सार्वजनिक गरेको तथ्यांक अनुसार झन्डै ५० हजार सर्वसाधारण मारिएको हो । तथ्यांकमा रुस र युक्रेन सैनिकको मृत्यु र घाइतेको संख्या समावेश गरिएको छैन । रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेपछि […]

२०८० फाल्गुन १३ गते, आईतवार