बिश्व

सिरियामा एकतर्फी युद्धविराम

काठमाडौं, २३ असार । सिरियामा सरकारले ७२ घण्टाका लागि एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिमहरुको पवित्र धार्मिक चाड ईदका अवसरमा सिरियाई सेनाले एकतर्फी युद्ध विरामको घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो । यो युद्धविराम शुक्रबारको मध्यरातसम्म लागु हुने जनाइएको छ । ईद उल फित्रका अवसरमा गरिएको यस युद्धविरामको आफूहरुले पनि सम्मान गर्ने विभिन्न […]

२०७३ असार २३ गते, बिहीबार

सेल्फी मोहले ज्यान गयो

काठमाडौं, २३ असार । भारतको मध्यप्रदेशको रिवा जिल्लामा बर्षाका बिच सेल्फी लिने क्रममा पुरवा फलमा ५ जना युवा बगेका छन् । बगेका मध्ये एक जनाको शव फेला परेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटना बुधबार साँझ भएको बताइएको छ। बेपत्ता सबै युवाको उमेर १५ देखि १६ […]

२०७३ असार २३ गते, बिहीबार

मेसीलाई २१ महिना कैद !

काठमाडौँ, २२ असार । अर्जेन्टिना र बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई स्पेनमा कर छलेको आरोपमा २१ महिना कैद सजाय सुनाइएको छ। लियोनल मेसी र उनका वित्तीय विभाग हेर्ने उनकै पितामाथि सन् २००७ र २००९ का बीच स्पेनमा ४५ लाख डलर कर छलेको आरोप छ। अधिकारीहरुका अनुसार दुवैले इमेज राइटबाट हुने आम्दानी लुकाउनका लागि बेलिज र […]

२०७३ असार २२ गते, बुधबार

साउदी अरबको मदिनामा भएको विस्फोटको सर्वत्र निन्दा

काठमाडौं, २२ असार । साउदी अरबको मदिनामा भएको विस्फोटको सर्वत्र निन्दा भएको छ । इरान जवाद जरीफले घटनाको निन्दा गर्दै शिया सुन्नी समुदाय एकजुट नभएसम्म विश्वमा यस्ता घटना दोहोरिरहने भन्दै दुबै समुदायलाई एकजुट हुन अपील गरेका छन् । उता इजिप्टको बिदेश मन्त्रालयले विज्ञप्ती प्रकाशित गरी आतंकवादीहरु धर्म, आस्था र मानवता बिरोधी रहेको भन्दै घटनाको निन्दा […]

२०७३ असार २२ गते, बुधबार

इस्तानबुलको विमानस्थल आक्रमणमा ‘११ जना रसियाली नागरिक पनि संलग्न’

काठमाडौँ, २१ असार । गत मंगलबार टर्कीको इस्तानबुलमा भएको आतंककारी हमलामा रसियाली नागरिकको पनि हात रहेको जनाइएको छ । इस्तानबुल प्रहरीले गरेको अनुुसन्धानमा उक्त आक्रमणमा रसियालीको पनि संलग्नता रहेको पाइएको जानकारी दिइएको छ । मंगलबार सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवदेनमा हालसम्म प्रहरीले गरेको अनुसन्धानबाट प्रत्यक्षरुपमा संलग्नता रहेका ३० जना पाइएको जनाइएको छ । त्यसमा ११ […]

२०७३ असार २१ गते, मंगलवार

हजारौ नागरिक खान नपाएर मर्ने अवस्थामा

काठमाडौं , २० असार । संयुक्त राष्ट्रसंघले सिरियाको चार शहरमा फसेका करिब ६२ हजार नागरिक खान नपाएकै कारण मृत्युको मुखमा पुगेको जनाएको छ। संयुक्त राष्ट्रसंघका सिरिया संयोजक याकुब अल हिलोले उनीहरुलाई उक्त क्षेत्रबाट बाहिर निकालेर मानवीय सहयोग उपलव्ध गराउन अपिल गरेका छन् । यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिले गत वर्ष डिसेम्बरमा आफूलाई इस्लामिक स्टेट बताउने समूहको […]

२०७३ असार २१ गते, मंगलवार

भारतमा युरोपमाजस्तै हमला गर्न अल कायदाको निर्देशन

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अल कायदा’ ले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ । युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरुलाई अल कायदाले निर्देशन दिएको बताइएको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार अल कायदाको भारतीय उपमहाद्वीपका प्रमुख असीम उमरले सन्देश जारी गर्दै भारतमा हमला गर्न आह्वान गरेका हुन् । […]

२०७३ असार २० गते, सोमबार

मेसीद्वारा सन्यास फिर्ता

काठमाडौं, २० असार । लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएका छन । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका छन् । आगामी नोभेम्बरबाट हुने विश्वकप क्वालिफाइ चरणका […]

२०७३ असार २० गते, सोमबार

इराकमा तीन दिने राष्ट्रिय शोक

काठमाडौं, २० असार । इराकमा आतंकवादी आक्रमणमा १ सय २५ जना मारिएपछि तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । इस्लामिक अतिवादी समूह आईएसले श्रृंखलावद्ध रुपमा विष्फोट गराएको क्षेत्रको अवलोकन गरेपछि प्रधानमन्त्री हैदर अल अवादीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका हुन् । रमदान सकिएको अवसरमा बजारमा सामान खरिद गर्न सर्वसाधारण निस्केको समयमा राजधानी बग्दादमा […]

२०७३ असार २० गते, सोमबार

बगदादमा बम हमला , दर्जनौको मृत्यु

काठमाडौँ, १९ असार । इराकको राजधानी बगदादमा बम हमला भएको छ । सो बम हमलामा परि कम्तिमा ८० जनाको मृत्यु भएको खबर छ । बगदादस्थित करादा इलाकामा भएको सो कम आक्रमणको जिम्मा चरमन्थी समूह स्लामिक स्टेट आइएसले लिएको छ । सो आक्रमणमा परि एक सय ३३ जना घाइते भएका बगदाद प्रहरीले जनाएको छ । एउटा […]

२०७३ असार १९ गते, आईतवार