समाज

असम्बन्धित व्यक्तिलाई विदेश पठाउने युवक पक्राउ

काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र)का सांसदलगायत विभिन्न विशिष्ट व्यक्ति तथा सांसदको विदेश भ्रमणसम्बन्धी कार्यक्रममा अन्य असम्बन्धित व्यक्ति समावेश गरी विदेश पठाउने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिबाट आर्थिक लाभ लिएर सांसदको निजी सहयोगीको रुपमा कीर्ते कागजात तयार पारी युरोपका विभिन्न देशमा पठाउने कार्यमा संलग्न गोठाटार घर भई हाल […]

२०७३ श्रावण ३१ गते, सोमबार

६६ किलो गाँजा बरामद

काठमाडौ, ३० साउन । प्रहरीले जनकपुर उपमहानगरपालिका–२५ लक्ष्मिनिया चोकस्थित ढल्केर–जनकपुर सडक खण्डबाट बा११च ३६०६ नम्बरको कारबाट अन्दाजी ६६ किलो लागू औषध गाँजा बरामद गरेको छ । ढल्केबरबाट जनकपुरतर्फ आइरहेको उक्त कारलाई आइतबार प्रहरीले रोकी चेकजाँच गर्न खोज्दा कार चालक फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले कारको डिकीबाट ११ पोकामा रहेको उक्त गाँजा बरामद गरेको […]

२०७३ श्रावण ३० गते, आईतवार

सेफ्टी ट्याङ्कीले ज्यान लियो !

काठमाडौ, ३० साउन । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर–८ स्थित विष्णु रस्तोगीको घरमा निर्माण भैरहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु भएको छ । निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीको ढलान गरिएको ढक्कन हटाउने क्रममा शनिबार धधवार गाविस वार्ड नं. ८ विजयनगर निवासी गणेश थारु र चुकुन्दर थारुको मृत्यु भएको हो । अक्सिजनको […]

२०७३ श्रावण ३० गते, आईतवार

गोसाईंकुण्ड मेला सुरू

काठमाडौ, ३० साउन । हरेक बर्ष जनैपूर्णिमाको अवसर पारेर रसुवाको गोसाईंकुण्डमा लाग्ने मेला आजदेखि सुरू भएको छ । मेला भर्नका लागि विभिन्न ठाउँबाट भक्तजन रसुवा पुग्न थालेका छन् । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का अवसरमा साता व्यापी रूपमा लाग्ने मेला सुरू हुन लागेको हो । यसपटक मेलामा १५ हजार तीर्थ यात्री आउने अनुमान गरिएको […]

२०७३ श्रावण ३० गते, आईतवार

उपत्यकाका नदीबाट चौध मेट्रिक टन फोहर संकलन

काठमाडौँ, २९ साउन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १७० औँ हप्तामा आज त्रिपुरेश्वर विश्वनिकेतन उच्च माध्यमिक विद्यालय पछाडिको बागमती क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर संकलन गरियो । ललितपुरको गुसिङ्गालक्षेत्रमा अव्यवस्थितरुपमा राखिएको होर्डिङ बोर्डलाई व्यवस्थित गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास […]

२०७३ श्रावण २९ गते, शनिबार

संरक्षण अभावमा मेटिँदै कला इतिहास

काठमाडौँ, २९ साउन । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ रहेका अमूल्य कलाकृति पनि बिग्रने अवस्थामा पुगेका छन् । करोडौँ मूल्य बराबरको इतिहास बोकेका २२० वटा कलाकृतिलाई अहिले […]

२०७३ श्रावण २९ गते, शनिबार

दिउँसै चोरको बिगबिगी

काठमाडौँ, २९ साउन । काठमाडौँ उपत्यकामा आर्थिक वर्ष ०७१/०७२ को तुलनामा आव ०७२/०७३ मा चोरीका घटना कम भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव ७१/०७२ मा २२५ चोरी भएकोमा २०७२/०७३ मा १३८ चोरीका घटना भएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक प्रेम बस्नेतले भन्नुभयो, “प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यस वर्ष चोरीका घटनामा […]

२०७३ श्रावण २९ गते, शनिबार

बाढी पहिरो पीडित भन्छन् : गास भन्दा बास चाहियों

काठमाडौँ , २८ साउन । प्युठानका बाढीपहिरो पीडितले गास भन्दा पनि तत्काल बासको माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुश्किल भएकोले तत्काल अस्थायी बासको व्यवस्थापन गरिदिन सबैको ध्यानकर्षण गराएका छन् । उनीहरुले भनेका छन् , गाऊघरमा साउने मकै छन् । खानालाई कुनै समस्या छैन तर बास भत्कीएर बसीनसक्नु भएको छ । […]

२०७३ श्रावण २९ गते, शनिबार

मालपोत प्रमुखमाथि मानहानि मुद्दा

काठमाडौँ, २८ साउन । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गरेकी हुन् । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ । सो मुद्दाउपर […]

२०७३ श्रावण २८ गते, शुक्रबार

जलवायु परिवर्तनको जोखिममा गण्डक जलाधार क्षेत्र

काठमाडौँ, २८ साउन । जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पारेको असर र त्यसबाट जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरणका लागि अध्ययन सुरु गरिएको छ । तिब्बतबाट उत्पत्ति भई नेपाल हुँदै भारततर्फ बग्ने गण्डकी नदी तराई, शिवालिक, पहाड, तल्लो हिमालय, उच्च हिमालय र ट्रान्स हिमालय क्षेत्रमा फैलिएको छ । नेपालभित्र १९ जिल्लाका करिब ३२ हजार वर्ग किमी क्षेत्रफल […]

२०७३ श्रावण २८ गते, शुक्रबार